Saturday, January 24, 2009

यी हुन् संसारका मोस्टवान्टेड








मोहन ढुंगेल
विभिन्न गम्भीर अपराधमा संलग्न भएवापत विश्वमा सर्वाधिक खोजी गरिएका मोस्ट वान्टेड व्यक्ति को होलान् तपाईलाई थाहा छ
थाहा छैन भने त्यस्ता मोस्ट वान्टेडमध्येका पहिलो नम्बरमा अन्तराष्ट्रिय आतंकवादी साजाल अल कायदाका प्रमुख ओसामा विन लादेन हुन् । झण्डै एक दशकदेखि विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिका स्वयम्ले पनि अझै फेला पार्न नसकेको लादेनमाथि सन् १९९८ मा दारेसलाम नैरोवी तान्जानिया र केन्यामा रहेका अमेरिकी दूतावासमा वम विष्फोट गराएर सयौंको ज्यान लिएको गम्भीर अभियोग छ । ती विष्फोटहरुमा २ सय भन्दा बढी मारिएका थिए । मारिनेमा अमेरिकी नागरिक र अधिकारीहरुको संख्या अधिक थियो । उनीमाथि अन्य आतंकवादी आक्रमण गराउन मूख्य भूमिका निभाएको अभियोग पनि छ ।
सेख ओसामा दि पि्रन्स दि आमीर अबु अब्दुल्लाह मुजाहिद सेख हाजी र दि डिरेक्टर जस्ता उपनामका लादेनबारे सूचना मात्र दिने व्यक्तिलाई अमरिकाको संघीय जाँच ब्यूरो एफबीआईले दुई करोड ५७ लाख अमेरिकी डलर पुरस्कारवापत दिने घोषणा गरेको छ । सो पुरस्कार राशीमध्ये २० लाख डलर विभिन्न हवाई कम्पनिका कर्मचारीका लागि हो ।
एफबीआईका अनुसार खैरो कपाल र खैरो आँखाका लादेनको उचाई ६ दशमलव ४ देखि ६ दशमलव ६ सम्म छ । सन् १९५७ मा साउदी अरेवियामा जन्मेका लादेन विशेषगरी पास्तुन भाषा बोल्छन् । उनी आफूसँग जहिले पनि एउटा बाँसको लटठी टेकेर हिँडछन् त्यो पनि देब्रे हातले समातेर ।
एमान अल जवाहिरीको टाउकाको मूल्य पनि ओसामा बिन लादेनकै हाराहारीमा छ । उनको स्थिति बारे सूचना दिने जोकोहीले पनि दुई करोड ५० लाख अमेरिकी डलर पाउनेछन् ।
भूमिगत भएका अन्य व्यक्तिहरु जस्तै जवाहिरीका पनि अनेक नाम छन् । उनलाई अबु मोहम्मद अबु फतिमा मोहम्मद इब्राहिम अबु अब्दुल्लाह अबु अल मुज दि डक्टर नूर उस्ताज अबु मोहम्मद नूर अल दिन अब्देल मुज डक्टर एयाम अल जवाहिरी जस्ता नामले पनि संबोधन गर्ने गरिन्छ ।
१९ जुन १९५१ मा इजिप्टमा जन्मेका जवाहिरी अरबिक र प्रुेन्च भाषामा दक्ष मानिन्छन् । इजिप्ट इस्लामिक जिहाद नामको धार्मिक सशस्त्र संगठनका संस्थापकसमेत रहेका उनी एक कुशल फिजिसियन हुन् । सो संगठन इजिप्टलाई धर्मनिरपेक्ष राज्य बनाउने उद्धेश्य राखेर स्थापना भएको हो । जवाहिरीले आफ्नो नेतृत्वको संगठनलाई सन् १९९८ मा अलकायदामा विलय गराएका हुन् । उनी हाल अलकायदाका दोस्रो शीर्ष नेता मानिन्छन् ।
जवाहिरीमाथि पनि सात अगस्ट १९९८ मा दारेसलाम तान्जानिया नैरोवी र केन्यामा रहेका अमेरिकी दूतावासमा विष्फोट गराएको अभियोग छ ।
दारेसलाम नैरोवी तान्जानिया र केन्यामा रहेका अमेरिकी दूतावासमा वम विष्फोटमा संलग्न रहेको आरोपमा अमेरिकाले अब्दुल्लाह अहमद अब्दुल्लाहमाथि पाँच लाख अमेरिकी डलरको मूल्य तोकेको छ ।
अबु मोहम्मद अल मस्री सलेह र अब मरियम जस्ता नामले बोलाइने अब्दुल्लाह हाल पाकिस्तानको कराँचीमा रहेको बताइएको छ । इजिप्ट नागरिक उनी सोही देशको डार्क भन्ने ठाउँमा सन् १९६३ मा जन्मेका हुन् । उनको कालो रङको कपाल छ भने आँखा पनि कालै छ । पाँच दशमलव आठ इाचका अब्दुल्लाहको तौल चाहिँ एफबीआईको सूचिमा समावेश गरिएको छैन । उनको तल्लो ओठको दायाँपट्टि दाग छ भने उनी जुँगा पाल्छन् ।
अबु सैयब अल अमि्रकी अबु सुहिल अल अमि्रकी अबु सुहायब यिहा मजदिन अदाम्स अदाम पियरलमेन एयाज अजाम दि अमेरिकन र अजाम अल अमि्रकी उपनाम गरेका अदाम याहिए गदन पनि अलकायदा साजालकै एक प्रमुख व्यक्ति हुन् । एफबीआईमार्फत् अमेरिकी गृहमन्त्रालयले उनको टाउकाको मूल्य १० लाख डलर तोकेको छ । अर्थात उनी कहाँ छन् भन्ने सूचना दिने व्यक्तिले सो पुरस्कार रकम पाउनसक्छन् ।
१ सेप्टेम्बर १९७८ मा अमेरिकाको हाजेल प्रान्तमा जन्मेका गदन पाँच दशमलव ११ इाच अग्ला छन् । द्ई सय १० पाउन्डका उनको छातीमा खत रहेको एफबीआईको सूचिमा उल्लेख छ । गदनमाथि अलकायदालाई सैन्य सामग्री उपलब्ध गराएको र क्यालिफोर्नियाको केन्द्रीय जिल्लामा आतंक फैलाएको अभियोग छ ।
साउदी अरेवियामै जन्मेका अब्देल करीम हुसेन मोहम्मद अल नसिर पनि मोस्ट वान्टेडको सूचिमा रहेको अर्को नाम हो । उनको टाउकाको मूल्य ५० लाख अमेरिकी डलर तोकिएको छ । कालो कपाल खैरो आँखा पाँच फुट आठ इाच अग्ला र एक सय ७० पाउन्ड तौलका नसिर कुन देशका नागरिक हुन् भन्ने अझै यकिन छैन । उनी साउदी हिज्बुल्लाह नामको आतंकवादी संगठनमा आवद्ध छन् ।
उनले २५ जुन १९९६ मा अमेरिकाको भर्जिनिया राज्यमा आतंकवादी आक्रमण संलग्न रहेको र साउदीस्थित खोबरमा रहेको अमेरिकी सेनाको आवास क्षेत्रमा बम विष्फोट गराएका थिए ।
पचास लाख अमेरिकी डलरकै पुरस्कार राखिएका फिलिपिनो नागरिक इस्निलाने टोटोनी हेपिलोन नाम गरेका अर्का मोस्ट वान्टेडमाथि पनि आतंकवादी आक्रमणमा संलग्न रहेको अभियोग छ । उनलाई चिन्नेहरुले अबु मुसब सोल अबु टुअन इस्निलोन सलाउद्धिन दि डेपुटी डेपुटी आमीर जस्ता नामले बोलाउने गर्छन् । १८ मार्च १९६६ मा जन्मेका हेपिलोन खैरो कपाल खैरो आँखा पाँच दशमलव ६ इाच उचाइ र एक सय २९ पाउन्ड तौलका छन् । पातलो शरीरका उनी तुसुग तागालोग अंग्रेजी र यकन भाषा बोल्न सक्छन् । उनको अनुहारमा जन्मजात अनावश्यक दाग छन् । उनी हाल साउदी र मलेसियामा आउने जाने गरेको एफबीआई रिपोर्टमा उल्लेख छ ।
हेपिलोनले कोलम्बियामा अमेरिकी नागरिकहरुको हत्या गरेको अभियोग छ । उनी फिलिपिन्समा भएका आतंकवादी गतिविधिमा संलग्न रहेको बताइएको छ । हेपिलोन अर्को अन्तराष्ट्रिय आतंकवादी संगठन अबु सैयफ ग्रुपमा आवद्ध छन् ।
अमर मन्सुर बुस्लिन हसन रोस्तम सलिम जस्ता नामधारी अलि अत्वा पनि संसारका मोस्ट वान्टेडको सूचिमा छन् । १४ जुलाई १९८५ मा अमेरिकी नागरिकहरु सवार एक अमेरिकी विमान अपहरण गरेपछि उनको चर्चा सुरु भएको हो । उनीमाथि अमेरिकी नागरिकहरुको हत्याको अर्को अभियोग पनि छ ।
अत्वाको यकिन जन्म मिति सूचिकृत नगरिएपनि उनी सन् १९६० ताका लेबननमा जन्मेको अनुमान एफबीआई अधिकारीहरुको छ । कालो केश खैरौ आँखा पाँच फुट आठ इन्च उचाइ र एक सय ५० पाउन्ड तौलका उनी लेबननको सशस्त्र संगठन हिज्बुल्लाहसँग आवद्ध छन् । अमेरिकी गृहमन्त्रालयले उनको टाउकाको मूल्य ५० लाख राखेको छ ।
लामो दाह्री पालेका लिबियाली नागरिक अनास अल लिबी हाल संयुक्त अधिराज्य बेलायत मा भूमिगतरुपले बसेका छन् । अनास अल साबई अनास अलि लिबी नाहिज अल राघी नाजि अब्दूल हमिद अल राघी जस्ता नाम बदलेर हिँड्ने लिबीको अनुहारको बायाँ पट्टि खत छ । एफबीआईले आफ्नो सूचिमा उनलाई बेलायतमा राजनीतिक संरक्षण प्राप्त रहेको उल्लेख गरेको छ । ५० लाख अमेरिकी डलर तोकिएका उनी पनि सात अगस्ट १९९८ को बम काण्डका मूख्य आरोपी हुन् ।
टेक्सी ड्राइभरदेखि प्रोफेसरसम्म
संसारका चर्चित मोस्ट वान्टेडको सूचिमा सामान्य ट्याक्सी चलाउनेदेखि संसारकै गिनेचुनेका विश्वविद्यालयमा पढाउने प्रोफेसरसम्म छन् ।
यमनको सडकमा ट्याक्सी दोडाइरहेका यमनी नागरिक जबिर ए एल्बाने त्यस्तै एक मोस्ट वान्टेड हुन् । उनका बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलर दिइने घोषणा भए पनि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन । एलबाने अलकायदा साजाललाई सैन्य र अन्य भौतिक सामग्रीको व्यवस्था मिलाउने गर्छन् । उनी सन १९६६ मा जन्मेका हुन् । उनी कहिले सेल्समेनका रुपमा पनि एक देशबाट अर्को देश जाने-आउने गर्छन् ।
मोस्ट वान्टेड सूचिमा रहेका दुई प्यालेस्टिनी प्राध्यापक हुन्-रमदान अब्दूल मोहम्मद सलाह र अब्दूल अल अजिज अद्वा । उनीहरु दुवै अमेरिकको ५० लाख मूल्य आपुनो टाउकोमा बोकेर अमेरिकाविरुद्ध लडिरहेका छन् । सलाह त अर्थशास्त्र र बैंकिङ विषयका विद्यावारिधी पीएचडी हुन् । उनले प्यालेस्टिनी इस्लामिक जेहाद नामको सशस्त्र संगठन खडा गरेपछि अमेरिकी आँखामा परेका हुन् । त्यसअघि उनी अमेरिकाकै पुलोरिडा बेलायतको लन्डन प्यालेस्टाइनको गाजापट्टी र इजिप्टको कायरोलगायत स्थानमा रहेका ठुलाठुला विश्वविद्यालयमा पढाउँथे । उनी हाल प्यालेष्टाइन इस्लामिक जेहादका महासचिव छन् । सो संगठनको हेडक्वाटर सिरियाको दमास्कसमा छ ।
त्यस्तै सलाहकै संगठनका महत्वपूर्ण सदस्य अद्वा पनि गाजापट्टीमा रहेको विश्व विद्यालयमा पढाउँदै इजरायल र अमेरिकासँग लडाई लडिरहेका छन् ।
केन्याका फहिद मोहम्मद अलि मस्लाम हतियार उठाउनुअघि कपडा व्यापारी थिए । उनी कहिले नक्कली दाह्री लगाएर त कहिले सफाचट बनेर हिँडने गर्छन् भने इन्डियानाका अब्दुल्लाह रहमान यासिन मानसिकरुपमा विक्षिप्त व्यक्ति हुन् । उनलाई कसैले चित्त नबुझ्ने कुरा गरिदियो भने तत्काल झगडा गर्न त_िम्सन्छ ।
अमेरिकाले ५० लाख अमेरिकी डलरको मूल्य तोकेका मोस्ट वान्टेडमा कन्याका फजल अब्दूल्लाह मोहम्मद र मस्लाम लेबननका हसन इज अल दिन र मोहम्मद अलि हम्देइ इजिप्टका अहमद मोहम्मद हमिद अली लेबननका इमाद फैज मुग्नियाह केन्याका शेख अहमद सलिम इन्डियानामा जन्मेर अमेरिकी नागरिकता लिइसकेका यसिन साउदी अरेबियाका अहमद इब्राहिम अल अलि सइद बिन एल हुरी इब्राीहम सलिह मोहम्मद अल याकुब इजिप्टका सैफ अल अदेल लेबननका मोहम्मद अलि हम्देइ र यमनका जमिल अहमद मोहम्मद अलि अल बेदावी पनि छन् ।
यीमध्ये इजिप्टका अदेल अलकायदाका वरिष्ठ सदस्यमा पर्छन् भने साउदीका याकुब साउदी हिज्बुल्लाहका प्रमुख नेता तथा लेबननका हम्देई लेबनन हिज्बुल्लाका संस्थापक हुन् ।
साउदीको अल दिबदिबियाका हुरीको अनुहारमा दागैदाग छ । उनी साउदी हिज्बुल्लाका वरिष्ठ नेता हुन् ।
उनीहरुमध्ये अधिकांश ७ अगस्ट १९९८ मा तान्जानिया केन्या नैरोबी र दारेसलामस्थित अमेरिकी दूतावासमा भएका बम विष्फोटमो संलग्न रहेको अभियोग छ भने केही १४ जुन १९८५ मा गरिएको एक अमिेरिकी विमान अपहरण र अमेरिकी नागरिकको हत्या २५ जुन १९९६ मा साउदी अरेबियाको खोबारस्थित अमेरिकी सेनाको सुरक्षा बेस क्याम्पमा आक्रमण र १२ अक्टोबर २००० मा यमनको एडेन भन्ने ठाउँमा स्थापित अमेरिकी सैनिक अखाडामा आक्रमण गरेको अभियोग छ ।
यिनको मूल्य एकलाख
जर्ज अल्बर्टो लोपेज आरोज्कोमाथि ुफस्र्ट डिग्री मर्डरु को अभियोगमा सर्वाधिक खोजी गरिएको छ । २२ अपि्रल १९७६ मा जन्मेका उनी मे_िक्सकोका नागरिक हुन् ।
गल्फ खेलसम्बन्धी सामग्रीको व्यापार गरेर बसेका जेसोन डेरेक ब्राउनले सन् २००४ को नोभेम्बरमा अमेरिकाको एरिजोनाको फोनिक्स भन्ने ठाउँमाएक कार गार्डलाई कारेर उसँग भएका रुपैया र सामान लुटेकाले उनी अहिले मोस्ट वान्टेड बनेका हुन् । वाणिज्य शास्त्रमा मास्टर डिग्री गरेका उनी अमेरिकी नागरिक हुन् । उनी एक उत्कृष्ट गल्फ खेलाडी पनि हुन् ।
अमेरिकाको क्यालिफोर्नियाका ३८ वर्षीय इमिग्डियो प्रेसिडोले पाँच सेप्टेम्बर २००० मा लस एन्जलसको एक डिपार्टमेन्ट स्टोरमा २१ राउण्ड फायर गरेको र दुई व्यापारीको हत्या गरेका थिए ।
अपि्रल १३ १९६१ मा न्यूयोर्कको ब्रोक्लिनमा जन्मेका रबर्ट विलियम फिसर पनि एकलाखे मोस्टवान्टेड हुन् । उनी आफ्नी पत्नी र दुई छोराछोरीको हत्या गरी अपि्रल २००१ देखि फरार छन् ।
न्यूयोर्कका मेकानिक्स भिक्टर म्यानुएल जेरेनाले २५ वर्षअघि एक सेक्यूरिटी कम्पनीबाट ७० लाख डलर डकैती गरेपछि हालसम्म फरार छन् । उनको टाउकाको मूल्य भने १० लाख अमेरिकी डलर छ ।
त्यसैगरी अमेरिकाको फ्लोरिडा राज्यका ग्लेन स्टेवार्ट गोडविनमाथि लागूपदार्थ ओसारपसार कार्यमा संलग्न रहेको अभियोग छ । ओक्लोहामाका ३७ वर्षीय जोन सवरिनो चिल्याक्ट पनि एक लाखे मोस्ट वान्टेड हुन् । कम्प्यूटरका विशेषज्ञ मानिएका उनी साहित्य र मानवशास्त्रका स्नातकोत्तर पनि हुन् । उनीमाथि एक युवासँग यौनदूराचार गरेका अभियोग छ ।
अर्का मोस्ट वान्टेड अपि्रुकी मुलुक होन्डुरसका ३३ वर्षीय एलेक्स फ्लोरेजमाथि फिलाडेल्फियाकी एक पाँच वर्षीया बालिकाको अपहरण र हत्याको अभियोग छ । पुलोरेजले ती बालिकालाई आठ वर्ष अघि हत्या गरेका थिए । हाल फ्लोरेज फरार छन् ।






No comments:

Post a Comment