Monday, March 30, 2009

बुढाहरुको राज
























मोहन ढुंगेल



कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला ८४ वर्ष नाघे । तर कांग्रेसभित्र कोइरालाजस्ता सर्वसम्मत नेता अहिलेसम्म कोही छैनन् । उनको विकल्प खोज्ने प्रयास भने नभएको होइन । तर ती सबै प्रयास असफल भए । कांग्रेसकै अर्का नेता शेरबहादुर देउवाले कोइरालाको विकल्प खोज्ने क्रममा पार्टी नै फुटाए । तर पनि देउवाको प्रजातान्त्रिक कांग्रेस टिक्न सकेन । अन्ततः मूल कांग्रेसमै फर्कनुपर् यो देउवाले ।
कांग्रेस संसदीय दलको हालै सम्पन्न बैठकमा पनि कोइरालाको विकल्पमा कोही उभिन सकेनन् । त्यसैले अहिले कोइराला नै संसदीय दलका नेता छन् । २० फेब्रुअरी १९२५ मा जन्मिएका कोइराला पटक-पटक प्रधानमन्त्री बनिसकेका छन् ।
एक छोरी दुई नाति-नातिनाका धनी भइसकेका उनी लामो समयदेखि छातीको समस्याबाट पीडित
छन् । तर उनमा राजनीतिक जोश भने युवावस्थाकै जस्तो छ । गत जनवरीमा उनमा छातीको गम्भीर समस्या देखिएपछि उनी केही थलिएका भने थिए । त्यसबेला उनी प्रधानमन्त्रीको कुसर्ीमा थिए । प्रधानमन्त्रीको धपेडीसमेत थपिएपछि चिकित्सकहरुले उनलाई दुई सातासम्म ुबेडरेस्टुमा राखिदिए ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि कोइराला लगातार सत्ताको उचाइमा उक्लेका हुन् । त्यसबेला उनी कांग्रेसको महामन्त्री थिए । संसदीय लोकतन्त्र पुनर्बहालीपछिका करिब १८ वर्षसम्म लगातार उनी नेपालको राजनीतिमा केन्द्रीय भूमिकामा छन् । उनी लगातार ६ दशक राजनीतिमा सकि्रय छन् ।
सात संसद्वादी दल र तत्कालीन विद्रोही माओवादीबीच ७ मंसिर २०६२ मा भएको १२ बुँदे समझदारीपछि भने उनी नेपाली राजनीतिको केन्द्र नै बनेका थिए । कोइराला ३१ साउन २०६५ देखि मात्र सो जिम्मेवारीबाट मुक्त भएका छन् ।
जनआन्दोलन-२०४६ पछिका अधिकांश सरकार कोइरालाकै नेतृत्वमा चले । पटक-पटक बनेका बहुमतीय संयुक्त र सहमतीय स्वरुपका सरकारको नेतृत्व गर्दै उनी करिब आठ वर्ष सत्तामा रहे । कोइराला पहिलोपटक २०४८ मा कांग्रेसको बहुमत सरकारको प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०५५ वैशाखमा माले र मंसिरमा एमालेसँग मिलेर बनेको संयुक्त सरकार तथा २०५६ चैतमा कांग्रेसको बहुमत सरकारको नेतृत्व पनि उनैले गरे । २०६३ वैशाखमा गठित सातदलीय संयुक्त सरकार र त्यसपछि सोही साल माघदेखि माओवादीसहितको सहमतीय सरकारको नेतृत्व पनि कोइरालाले नै सम्हाले ।
राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा देशको प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि त्यसविरुद्धको आन्दोलनबाट कोइरालाको सर्वस्वीकार्य राजनीतिक छवि बनेको हो । कोइरालाकै सकि्रयतामा सातदल र माओवादीबीच १२ बुँदे समझादारी भएको थियो । जसले नेपाललाई गणतन्त्रात्मक राज्यमा रुपान्तरण गरेको हो ।
१२ बुँदे समझदारीकै प्रतिफल चैत २२ २०६२ बाट सुरु भएको माओवादीसहितको आठदलीय संयुक्त आन्दोलनपछि १५ वैशाखमा सातदलको सर्वसम्मतिमा प्रधानमन्त्री बनेका कोइराला करिब २७ महिना सत्तामा बसे । कोइरालाकै नेतृत्वको सरकारले माओवादीसँग युद्धविराममात्र गरेन त्यसलाई चिरकालसम्म कायम गर्न आचारसंहिता तयार पार् यो विस्तृत शान्ति सम्झौता गर् यो । हतियार तथा लडाकू व्यवस्थापन सम्झौता भयो । अन्तरिम संविधान बनायो र अन्तरिम व्यवस्थापिका गठन गर् यो । अन्तरिम व्यवस्थापिका संसद्ले पुनः कोइरालालाई नै प्रधानमन्त्री चयन गर् यो भने सोही सालको १८ चैतमा माओवादीसहितको आठदलको सरकार गठन भएको थियो । २८ चैत २०६४ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो ।
निर्वाचन परिणामअनुसार कोइराला नेतृत्वको दल कांग्रेसले समानुपातिक र प्रत्यक्ष प्रणालीमा गरी संविधानसभामा एक सय १० सिटमा चित्त बुझाउनुपर् यो भने माओवादीले दुवै तर्फगरी दुई सय २० सिट ल्याएर सबैभन्दा ठूलो दलको हैसियत पायो । कोइरालाको नेतृत्वमा रहेको सरकारकै पालामा १५ जेठ २०६५ मा संविधानसभाले नेपाललाई लोकतान्त्रिक संघीय गणतन्त्रात्मक राज्य घोषणा गर्दै राजा ज्ञानेन्द्रलाई नारायणहिटी छाडेर सामान्य नागरिक बन्न बाध्य गरायो । बुढुैली उमेरका बाबजुद कोइराला विश्वका सकि्रय दस राजनेतामा गनिन्छन् ।
त्यसो त सत्तामै नभए पनि नेपाली राजनीतिमा सूर्यबहादुर थापाको भूमिका महŒवपूर्ण छ । पाचायतकालदेखि प्रजातन्त्रोत्तर कालसम्म सत्तामा छाएका थापा ८२ वर्षमा हिँड्दै छन् । २१ मार्च १९२८ मा जन्मेका उनी पाँचपटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । बुढुैली उमेरमा उनी राष्ट्रिय जनशक्ति पार्टी खोलेर बसेका छन् । उनी पनि मुटुसम्बन्धी समस्याबाट पीडित छन् ।
कांग्रेसभित्र पनि ७३ वर्षीय नेता कुलबहादुर गुरुङले ऐतिहासिक संविधानसभाको अध्यक्षता गर्न पाए । ज्येष्ठ सभासद्को हैसियतले उनले नै सभासद्हरुलाई शपथ खुवाए । ९ साउनमा सुवास नेम्वाङ अध्यक्ष निर्वाचित भएपछि मात्र उनले बिदा पाएका हुन् । त्यस्तै एमाले पूर्वअध्यक्ष साहना प्रधान पनि अझै राजनीतिमा सकि्रय नै छन् । यद्यपि पार्टीमा उनको भूमिका भने खास छैन ।
बदलिँदो राजनीतिमा हैसियत गुमाए पनि दुई बूढा नेता तुलसी गिरी र कीर्तिनिधि बिष्टको चर्चा सेलाएको छैन । गिरी थापाभन्दा दुई वर्ष जेठा र बिष्ट एक वर्ष जेठा हुन् । गिरीले शाहीकालमा उपाध्यक्षसहित चारपटक सत्ताको शीर्ष नेतृत्व गरिसकेका छन् भने बिष्ट पनि एकपटक उपाध्यक्ष र तीनपटक मन्त्रिपि®षद्को अध्यक्ष प्रधानमन्त्री बनिसकेका छन् । सत्ताको शीर्ष पद सम्हाल्ने नेपाली बूढा नेताको सूचीमा स्व।मनमोहन अधिकारीको नाम पनि छ । उनी नेपालको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीसमेत हुन् । जुन १९२० मा जन्मेका अधिकारीको निधन अपि्रल १९९९ मा भएको हो ।
विश्व परिवेश
८५ वर्षका रोबर्ट मुगाबे हाल जिम्बाबेका राष्ट्रपति छन् । जिम्बाबेको औसत आयु ६० वर्ष छ । २१ फेब्रुअरी १९२४ जन्मेका मुगावे १९८७ देखि निरन्तर २८ वर्ष शक्तिमा छन् । उनी १९८० देखि ८७ सम्म जिम्बाबेका प्रधानमन्त्री रहिसकेका छन् । उनी दुई छोरा एक छोरीका पिता हुन् । जिम्बाबे भने असफल एक सय ७७ राष्ट्रको ुकि्रटिकलु सूचीमा छ । उनकी पत्नीका अनुसार मुगाबे हरेक बिहान ४ बजे उठ्छन् व्यायाम गर्छन् ।
२००५ मा एकपटक उनलाई हृदयाघात भए पनि उनका प्रवक्ताका अनुसार हाल उनी नवयुवक जस्तो स्वस्थ छन् । सन् २००० मा उनी मलेसियामा लडेपछि उनको आँखाको माथिल्लो भागमा चोट लागेको थियो । जिम्बाबेमा यही मार्च २९ मा राष्ट्रपतीय निर्वाचन हुँदै छ । मुगाबेलाई पूर्वअर्थमन्त्री सिम्बा माकोनी र विपक्षी नेता मोर्गान स्भाङ्गिराइले चुनौती दिने निर्णय गरिसकेका छन् ।
अगस्ट १९२४ मा जन्मेका साउदी राजा अब्दुल्लाह २००५ देखि सो पदमा छन् । उनले राजाका रुपमा सत्ता चलाएको १२ वर्ष भयो । ३० भन्दा बढी पत्नीका धनी अब्दुल्लाहका २० छोरी र १५ छोरा छन् । नातिनातिना कति छन् भन्ने खुलेको छैन । उनी मुटुको समस्याबाट पीडित छन् ।
अर्का बूढा ुबाघु होस्नी मुबारक १९८१ देखि इजिप्टको राष्ट्रपति छन् । ४ मे १९२८ मा जन्मेका उनी ८० वर्षका भए । अक्टोबर १९८१ मा तत्कालीन राष्ट्रपति अनवर सादातको हत्यापछि उनी लगातार २६ वर्ष सत्तामा छन् । तर उनको कार्यकालमा इजिप्ट असफल राष्ट्रको ुखतराु सूचीमा छ । गत सेप्टेम्बरमा उनको स्वास्थ्यस्थिति गम्भीर रहेको समाचारपत्रहरुले लेखेको थिए । तर मुबारककी पत्नीले तत्कालै दुबईको एक टेलिभिजनलाई अन्तवार्ता दिँदै आफ्ना पतिको स्वास्थ्यस्थिति ठीक रहेको प्रतिकि्रया दिएकी थिइन् ।
कुबेतका अमिर सबाह अल अहमद अल जबेर अल शाह पनि बूढा शासकमा पर्छन् । ६ जुन १९२९ मा जन्मेका राजा हाल ७९ वर्षका भए । उनले २००६ देखि राजगद्दी सम्हालेका हुन् । यद्यपि सत्ताको अनुभव भने पाँच वर्षअघिकै हो । तत्कालीन प्रधानमन्त्री सेख सादको स्वास्थ्यस्थिति बिग्रेपछि २००३ मा उनी प्रधानमन्त्री बनेका थिए । जनवरी २००६ मा तत्कालीन अमिर सेख जबरको स्वास्थ्यस्थिति नाजुक भएपछि उनी अमिर घोषित भएका हुन् ।
उनका कति सन्तान छन् भन्ने कसैलाई थाहा छैन । एकपटक एउटी छोरीको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । कुबेतको राजपरिवारका सदस्यहरुको स्वास्थ्यस्थितिबारे कमैमात्र जानकारी बाहिर आउँछ । समाचारअनुसार उनलाई मुटुसम्बन्धी रोग छ । उनमा ुपेसमेकरु प्रत्यारोपण गरिएको छ । हाल कुबेत पनि असफल राष्ट्रको ुबोर्डर लाइनु मा छ ।
दाइ फिडेल ब्यास्ट्रोका कारण ओझेलमा रहेका राउल क्यास्ट्रो क्युबाको राष्ट्रपति बनेपछि संसारसामु देखिए । ३ जुलाई १९३१ मा जन्मेका राउल गत वर्षको फेब्रुअरीबाट सत्तामा आएका हुन् । तर कामु राष्ट्रपति भने जुलाई २००६ देखि नै थिए । क्युबाका तत्काली राष्ट्रपति फिडेललाई स्वास्थ्यले साथ नदिएपछि राउललाई सो जिम्मेवारी आइपरेको हो । राउल तीन छोरी र एक छोराका पिता हुन् । उनका आठ नातिनातिना पनि छन् । राउल अत्यधिक मदिरापान गर्ने नेतामध्ये पर्छन् । मियामी विश्वविद्यालयका अनुसन्धानकर्ता बि्रयन लेटेलका अनुसार उनले युवावस्थादेखि नै पिउन थालेका हुन् । क्युबा पनि विश्वका असफल राष्ट्रको ुबोर्डरलाइनु मा छ ।
सेनेगलका राष्ट्रपति अब्दुल्लाह वेद अर्का बूढा बाघ हुन् । २००० देखि उनले सेनेगलको राष्ट्रपति पद सम्हालेका हुन् । २९ मे १९२६ मा जन्मेका वेद आठ वर्षयता लगातार सत्तामा छन् । तथापि सेनेगललाई उनले असफल राष्ट्रको बोर्डरलाइनबाट पार लाउन सकेका छैनन् । एक छोरा र एक छोरीका पिता वेदका तीन नातिनातिना पनि छन् । आफ्नो उपनाम ुगर्गीु अर्थात् बूढो मान्छे राखे पनि उनमा कुनै स्वास्थ्य समस्या छैन ।
केन्याका राष्ट्रपति मवी किवाकीको २००२ डिसेम्बरमा सवारी दुर्घटनामा परी उनको एउटा खुट्टा पनि भाँच्चियो । २००३ को जनवरीमा उच्चरक्तचापका कारण उनलाई अस्पताल भर्ना गरियो । तर उनमा राजनीतिको सोख अझै गएको छैन । १५ नोभेम्बर १९३१ मा जन्मेका उनी डिसेम्बर २००२ देखि लगातार सत्तामा छन् । केन्या हाल असफल राष्ट्रको ुखतराु सूचीमा छ । आधिकारिक पत्नीका तर्फबाट तीन छोरा एक छोरीका पिता उनका ६ नातिनातिना छन् । तर अर्की अवैध पत्नीबाट कति सन्तान छन् भन्ने खुलेको छैन । किवाकी परिवारले साचारमाध्यमहरुलाई त्यसबारे उल्लेख नगर्न भन्दै आएको छ ।
भारतका प्रधानमन्त्री मनमोहन िसंह पनि बूढाकै सूचीमा पर्छन् । उनको जन्म २६ सेप्टेम्बर १९३२ मा भएको हो । संसदीय निर्वाचनपछि मे २००४ मा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । त्यसअघि उनी अर्थमन्त्री थिए । िसंहका तीन छोरी र तीन नाति छन् । उनी २००४ सेप्टेम्बरदेखि नै मुटुको समस्याबाट पीडित छन् ।
बर्माका सैनिक शासक थान स्वे ७६ वर्ष पुगे । २ फेब्रुअरी १९३३ मा जन्मेका उनी हाल बर्माको शान्ति तथा विकास परिषद्को अध्यक्ष छन् । अपि्रल १९९२ मा सैनिक शासन लागू भएयता उनी लगातार १६ वर्ष सत्तामा छन् । बर्मा असफल राष्ट्रको ुखतराु सूचीमा छ । तीन छोरी एक छोराका पिता स्वेका तीन नातिनातिना पनि छन् ।
स्वे डायबिटिज र हाइपरटेन्सनका रोगी हुन् । उनमा मुटुको समस्या पनि छ । जनवरी २००७ मा उनी दुई सातासम्म िसंगापुरको अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उनलाई क्यान्सर भएको आशंका गरिएको छ । तर त्सबारे यथार्थ जानकारी बाहिर ल्याइएको छैन । सोही कारण पहिलोपटक उनले स्वतन्त्रता दिवसका अवसरमा आयोजित समारोहमा भाग
लिन पाएनन् ।
बूढा शासकको सूचीमा फिजीका राष्ट्रपति जोसेफ इलोइलो पनि छन् । ८८ वर्षीय उनी २००७ बाट सो पदको जिम्मेवारी लिएका हुन् । त्यस्तै सेन्ट किट्स एन्ड नेभीका गर्भनर जनरल कुथवर्ड सेबास्टियन ८७ वर्ष पुगे । २२ अक्टोबर १९२१ मा जन्मेका उनी १९९६ देखि सो पदमा छन् । इजरायलका राष्ट्रपति सिमोन पेरेज पनि बूढा भए । २ अगस्ट १९२३ मा जन्मेका उनी हाल ८५ का भए ।
१९९९ देखि िसंगापुरको राष्ट्रपति बनेका सेल्लापन रमन्थान ८४ वर्षका छन् भने मरिससका राष्ट्रपति अनिरुद्ध जगन्नाथ ७८ वर्षका । जगन्नाथ २००३ मा राष्ट्रपति बनेका हुन् । बंगलादेशका राष्ट्रपति जिलुर रहमान ७९ वर्षका भए । २००९ देखि उनी सो पदमा छन् । त्यसैगरी गि्रसका राष्ट्रपति कार्लोस पपुलियस २००६ देखि सो पदमा छन् । उनको जन्म जुन ४ १९२९ मा भएको हो ।
डिसेम्बर १९२४ मा जन्मेका गिर्मा वल्ड गिर्गिस इथियोपियाका राष्ट्रपति हुन् उनी २००१ देखि सो पदमा छन् भने ८३ वर्षीय जर्जियो नेपोलीटानो २००६ देखि इटालीका राष्ट्रपति छन् ।



बेलायतकी महारानी एलिजावेथ द्वितीय पनि बुढुैलीका शासन चलाउने मध्येकी हुन् । ८२ वर्षीया उनी १९५२ देखि महारानी छिन् । उनको जन्म २१ अपि्रल १९२६ मा भएको हो । ८२ वर्षका क्लिफोर्ड हस्बेन्ड हाल बारबाडोज गभर्नर जनरल छन् । उनी १९९६ देखि सो पदमा छन् । लिथ्वानियाका राष्ट्रपति वाल्डास एडम्कुस पनि २००४ देखि सत्तामै छन् । ३ नोबेम्बर १९२६ मा जन्मेका उनी हाल ८२ वर्षका भए । १६ अपि्रल १९२७ मा जन्मेका भ्याटिकन सिटीका पोप बेनेडिक्ट सोह्रौंको महŒव अझै छ । ८१ वर्षीय उनी २००५ देखि पोप भएका हुन् ।
थाइल्यान्डका लोकपि्रय नेता मानिने भुमिबोल अदुल्यादेज ८१ वर्षका छन् । १९४६ देखि नरेश बनेका उनी ५ डिसेम्बर १९२७ मा जन्मेका हुन् । महाशक्तिशाली अमेरिकासँग टक्कर लिइरहेको उत्तर कोरियाका उपप्रमुख किम योङ नाम पनि ८१ वर्षका छन् । त्यस्तै बाहमासका गभर्नर जनरल आर्थर दियोन हाना पनि ८० वर्षका भए । सन् २००६ देखि उनी सो पदमा छन् ।
पद नभए पनि सकि्रय
सुरिनामका पूर्वराष्ट्रपति जोन फेरियरको कार्यकाल १९८० मै सकियो तर उनी अहिले पनि राजनीतिमा सकि्रय छन् । उनी १९१० मा जन्मेका हुन् । १९११ मा जन्मेका पिएरर हर्मेल बेल्जियमका प्रधानमन्त्री रहिसकेका छन् । १९६५ देखि ६६ सम्म उनी सो पदमा थिए । उनको सकि्रयता अझै सकिएको छैन । १९६३ देखि ६६ सम्म सिरियाको राष्ट्रपति बनेका अमिन अल हफिज हाल ९७ वर्षका छन् भने १९१३ सालमा जन्मेका सेन्सु ताबोनेले माल्टाको राष्ट्रपति छाडेपनि उनको भूमिका त्यहाँ महŒवपूर्ण मानिन्छ । उनले १९८९ देखि १९९४ सम्म राष्ट्रपतिको भूमिका निभाएका थिए ।
घेओर्घ एपोस्टल अहिले ९५ वर्षका भए । उनी अझै रोमानियन वर्कस्र पार्टीमा प्रभावशाली मानिन्छन् । यद्यपि उनी १९५४ देखि १९५५ सम्म मात्र सो पदमा थिए । १९८७ देखि १९९२ सम्म भियतनामका राष्ट्रपति बनेका वो चि कोङको जन्म १९१३ मा भएको हो भने नेदरल्यान्डका प्रधानमन्त्री पेट डे जोङ सय वर्ष पुग्न ६ वर्षमात्र बाँकी छँदा पनि राजनीतिमा उत्तिकै सकि्रय छन् ।
१९५८ देखि ६२ सम्म कोस्टारिकाको राष्ट्रपति रहिसकेका मारिया इचान्डी जिमेनेज ९३ वर्षमा पनि युवकजस्ता छन् रे † १९८३ देखि ८४ १९८६ देखि १९९२ सम्म दुई कार्यकाल इजरायलका प्रधानमन्त्री रहिसकेका इत्ज्याक समिर पनि ९३ वर्षकै भए । ९३ वर्षकै होवार्ड कुकले जमैकाका गभर्नर जनरल थिए । १९९१ देखि २००६ सम्म उनी सो पदमा रहे ।
त्यसो त मलावीका पूर्वराष्ट्रपति हेस्टिन बान्डाले ९६ वर्षको उमेरमा पनि सत्ता चलाएका थिए । उनी सन् १९९४ को निर्वाचनमा पराजित भएपछि सकि्रय राजनीतिबाट बाहिरिए । निर्वाचनमा पराजित भएपछि डोमिनिकन रिपब्लिकका राष्ट्रपति जाओक्विन बल्गरले पनि सकि्रय राजनीति छाडे । सन् १९९६ मा भएको निर्वाचनमा उम्मेदवार हुँदा उनी ९० वर्षका थिए । ९० वर्षमै सकि्रय राजनीतिक जीवन छाड्नेमा आयरल्यान्डका राष्ट्रपति इमोन डे भेलरा र जमैकाका गभर्नर जनरल होवार्ड कुक पनि हुन् । भेलराको सन् १९७३ मा र कुकको २००६ मा पदावधि सकिएको हो ।
इटालीका राष्ट्रपति सेन्ड्रो पर्टिनी र टोंगाका राजा ताउफा हउ तुपऊ चौथोले ८८ वर्ष उमेरसम्म सत्ता चलाए । पर्टिनीले १९८५ मा राजीनामा दिएर पदबाट मुक्त भए भने राजा तुपउको २००६ मा मृत्यु भयो । कोलम्बियाका राष्ट्रपति मेनुएल एन्टोनियो सान्च्लेमेन्टले पनि ८६ वर्ष पार भएपछि सन् १९०० मा पदबाट राजीनामा दिएका थिए ।
टपटेन बुढा
बुढुैली उमेरसम्म पनि सत्ता चलाएर विश्वमा प्रसिद्धी पाएका टपटेन व्यक्तित्व पनि छन् । तर उनीहरु अहिले यो संसारमा छैनन् । केवल उनीहरुले नाम छाडेर गएका छन् । विक्कीपेडियामा अंकित त्यस्ता व्यक्तित्वमध्ये पहिलो नम्बरमा छन् टर्कीका पूर्वराष्ट्रपति केलाल बायर । १८८३ मा जन्मिएका बायरको निधन १९८६ मा भएको थियो । सन् १९३७ देखि ३९ सम्म टर्कीको प्रधानमन्त्री र त्यसपछि १९५० देखि ६० सम्म उनी राष्ट्रपति बनेका थिए । उनी एक सय तीन वर्ष ९८ दिनसम्म बाँचेका थिए ।
सन् १९५२ देखि एक वर्ष प्रुान्सको प्रधानमन्त्री चलाएका एन्टोनी पिने पनि एक सय दुई वर्ष तीन सय ४८ दिनसम्म बाँचे । सन् १९४५ मा जापानको प्रधानमन्त्री बनेका राजकुमार हिगासिकोनी नरुहिको एक सय दुई वर्ष ४८ दिनसम्म जीवित थिए । उनी सन् १८८७ मा जन्मेका थिए । चार पटकसम्म सिरियाको प्रधानमन्त्री चलाएका हसन अल हाकिमले एक सय दुई वर्षको उमेरमा मात्र संसार छाडे । उनलाई विक्कीपेडियाले बढी समयसम्म बाँच्ने विशिष्ट व्यक्तिको चौथो सूचीमा रोखेको छ ।
त्यस्तै पाँचौं सूचीमा नेदरल्यान्डका प्रधानमन्त्री विलियम ड्रेस छन् । सन् १८८६ मा जन्मेका ड्रेसले १९४८ देखि १० वर्ष प्रधानमन्त्रीका रुपमा शासन चलाएका थिए । एक सय एक वर्ष तीन सय १४ दिनमा उनको मृत्यु भयो । गि्रसका पूर्वप्रधानमन्त्री सेनोफोन जोलोटासले एक सय वर्ष ७७ दिनसम्म संसार देखे । सोही देशका राष्ट्रपति मिचाइल स्टेसिनोपउलसको निधन ९९ सय वर्ष ९६ दिनमा भयो । १९०३ मा जन्मेका उनी सन् १९७४ देखि ७५ सम्म राष्ट्रपति थिए ।
सन् १९६४ देखि दुई वर्ष मलावीका प्रधानमन्त्री तथा त्यसलगत्तै राष्ट्रपति बनेर १९९४ सम्म सत्ता चलाएका हेस्टिङ बान्डा ९९ वर्ष दुई सय ७० दिनसम्म जीवित थिए । छिमेकी भारतका प्रधानमन्त्री गुल्जारीलाल नन्दा पनि ९९ वर्ष एक सय ९५ दिनसम्म बाँचेका थिए । १८९८ मा जन्मेका नन्दा सन् १९६४ र ६६ मा दुईपटकसम्म भारतको प्रधानमन्त्री भएका थिए । सन् १९७१ देखि ७४ सम्म माल्टाको गर्भनर जनरल र ७४ देखि ७६ सम्म राष्ट्रपति बनेका एन्थोनी मामोले ९९ वर्ष एक सय १३ दिनसम्म संसार देखे ।



राजधानी दैनिकमा प्रकाशित

दौरा-सुरुवाल जोगाउन शिखरतिर




मोहन ढुंगेल

पोहोर साल रहरै-रहरमा लाक्पाले दौरा-सुरुवाल लगाएर सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमे । उनको सो सफलताले उनलाई लोकतान्त्रिक गणतान्त्रिक नेपालमा राष्ट्रिय पोसाक लगाएर सगरमाथाको सफल आराहण गर्ने पहिलो नागरिकको उपाधि पनि दिलायो । तर यसपटक भने उनले दौरा-सुरुवाल जोगाउन विशेष अभियान नै थालेका छन् ।
४१ वर्षीय लाक्पा रंडु शेर्पाको सो अभियान बिहीबारबाटै सुरु भएको छ । बिहीबार नै दौरा-सुरुवालमा ठाँटिएर उनी जन्मघर सोलु हानिए । यसपटक भने एकै सिजनमा दौरा-सुरुवालमा दुईपटक सगरमाथाको शिखर आरोहण गरेर नयाँ कीर्तिमान बनाउने उनको लक्ष्य छ । दुई छोरा र एक छोरीका पिता लाक्पाले राजधानीसँग भने ुनेपाली राष्ट्रिय पोसाक लोप हुन लाग्यो त्यसैले दौरा-सुरुवाल जोगाउने अभियान मनमा आयो ।ु
सोलुखुम्बुको सोताङ-६ तालाखर्कामा जन्मिएका लाक्पालाई उपराष्ट्रपति परमानन्द झाले शपथ लिँदा दौरा-सुरुवाल नलगाएकोमा त्यति नै बेला दिक्क लागेको थियो । उनले त्यसबेला उपराष्ट्रपतिविरुद्धको अभियानलाई आफ्नो तहबाट साथ पनि दिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले दौरा-सुरुवाल नलगाई शपथ लिए । उनको असन्तोष झनै चुलियो ।
ुहुँदा-हुँदा दौरा-सुरुवाललाई राष्ट्रिय पहिचान बनाउने कार्यमा सहयोगी बन्दै आएको नेपालको राजघरानाले समेत त्यो पहिरन त्यागेको देखियोु केही साताअघि भारतको निजी भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्रप्रति लक्षित उनको टिप्पणी थियो । पूर्वराजा टाइसुटमा ठाँटिएर भारततर्फ गएको तस्बिर पत्रपत्रिकामा छापिएको देखेपछि लाक्पाको मन झनै कुँडिएर आयो रे †
ुअब चाहिँ राष्ट्रिय पोसाक जोगाउने काम हाम्रै पो हो कि जस्तो भयोु सगरमाथा जाने अघिल्लो दिन बुधबार उनले भने ुत्यसैले त्यही दिनदेखि मैले अठोट गरेँ सगरमाथालाई जितेँ भने दौरा-सुरुवालमै फर्कन्छु हारेँ भनेँ दौरा-सुरुवालमै निदाउँछु ।ु
आफ्नो अभियान साचालन गर्नका लागि उनले करिब चार हजार रुपैयाँ तिरेर सेतो रंगको दौरा-सुरुवाल र कालो इस्टकोटसमेत सिलाइसकेका छन् । नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल र भादगाउँले टोपी लगाएर यसपटक अधिकतम २४ घन्टा ४५ मिनेटमा चुचुरोमा पुग्ने उनको लक्ष्य छ । ुसाथमा राष्ट्रिय झन्डा त छँदै छु उनले भने । राष्ट्रिय झन्डा पनि साथै लैजानुपर्ने कारण खोल्दै उनले थपे ुसुन्दै छु झन्डा फेर्ने तयारी पनि कताकति हुँदै छ रे † चन्द्र सूर्य अंकित अहिलेको जस्तो राम्रो झन्डा अरु हुनै सक्दैन ।ु
दौरा-सुरुवाल र नेपाली टोपी लगाएर तीनपटक सगरमाथाको सफल आरोहण गरेर स्पिड काजीको कीर्तिमानसमेत भंग हुने दाबी उनको छ । स्पिड काजीले एकपटक मात्र दौरा-सुरुवाल लगाएर सगरमाथा आरोहण गरेका थिए ।
पहिलोपटक विदेशी आरोहीलाई चुचुरोमा पुर् याएर फर्काइसकेपछि उनले दोस्रो आरोहण गर्नेछन् । २४ घन्टा ४५ मिनेटको दोस्रो आरोहणलाई उनले दुई भागमा बाँडेका छन् । पहिलो भागअन्तर्गत आधार शिविरबाट चुचुरोसम्म पुग्न लाक्पाले १७ घन्टा छुट्टुएका छन् भने त्यहाँबाट पुनः आधार शिविर आइपुग्न सात घन्टा १५ मिनेट लगाउने लक्ष्य राखेका छन् । यो समयभित्र शिखरमा ३० मिनेट बिताउने योजना पनि उनको छ ।