Thursday, April 16, 2015

तीन राजाका तीन शैली

महेन्द्रसँग पहिलो भेट
मैले अलाहावाद यूनिभसर्िटीमा ग्रेजुएट गरेको हुँ । त्यसभन्दा अगाडि १९९३÷९४ सालतिर काठमाडौंमा आएर पढेको थिएँ । यहीँबाट एसएलसी पास गरेर अलाहावाद गएको हुँ । त्यहाँबाट आएपछि गाउँमै बस्ने विचार गरेँ । गाउँमै सामाजिक काम गर्ने उद्धेश्यले मेरो जन्मथलो धनकुटाको मुगामा करिब ३-४ वर्ष बसेँ । त्यसैबेला राजा महेन्द्रको पूर्वी भ्रमण हुने भयो । त्यो पैदल भ्रमण धुलिखेलबाट सुरु भएर धनकुटामा सकिने थियो ।

मेरो घरबाट करिब एक घण्टामाथि आएपछि पाखि्रबास भन्ने भन्ज्याङबाट हिले हुँदै धनकुटा झर्ने सवारीको रुट थियो । पाखि्रबास त्यसबेला मुगा गाउँ पाचायतमै पथ्र्यो । पछि मात्र मुगा र फाङ्दुवा गाउँ पाचायत अलग गरिएको हो । मैले मेरो गाउँको तर्फबाट पाखि्रवासमा राजालाई स्वागत गर्ने अभिभारा उठाएँ । मैले तयारी पनि भव्य गरेँ । माच पनि ज्यादै भव्य थियो । दुईवटा ढोका त्यस्तै थिए । लेकको ठाउँ झ्याउ जति भने पनि पाइने । त्यही झ्याउ र बाँसको प्रयोग गरेर मैले बनाएको रेलिङ भएको खरको छानोको त्यो माच अन्यत्रको भव्य थियो ।

तल लेगुवा घाटबाट आउँदा उकालो सकिने ठाउँमा मैले माच बनाएको थिएँ । त्यहाँबाट बेलुकाको राजाको बास अलि पर १५-२० मिनेट पैदल दुरीमा पर्ने फाङ्दुवा भन्ने ठाउँमा थियो । अपरान्हतिर राजाको सवारी भयो । हाम्रो माचमा अभिनन्दनपत्र चढाउने र स्वागत गर्ने काम सकियो ।

नगेन्द्रप्रसाद रिजाल पनि धनकुटाकै । उहाँले हिलेमा स्वागत गर्ने जिम्मेवारी लिनुभएको थियो । नगेन्द्रजी हामीभन्दा आर्थिकरुपमा सम्पन्न र गाउँमा नाम चलेको पनि तर हिले र पाख्रीबासको माचको तुलना हुँदा मेरै राम्रो ठहरियो । मैले र मेरो काका मिलेर जुन ढंगको स्वागत गर् यौ त्यस्तो हिलेमा भएनछ भन्ने मलाई पछि थाहा भयो ।

भ्रमण दलमा सामेल राजाका सचिवहरु आर्मी अफिसस्रहरु प्रभावित भएछन् । राति क्याम्पमा पुगेपछि स्थानीय मानिसलाई भेट दिने चलन थियो । स्वाभाविकरुपमा पनि म त्यसमा परेँ । राजासँग पहिलो प्रत्यक्ष चिनाजानी त्यहीँ भयो । मेरो घर परिवार र पढाइको बारेमा मौसुफले जिज्ञासा राखिबक्स्यो । मेरो माच सजावटबाट पनि मौसुफ प्रभावित होइबक्सेको रहेछ । त्यसमाथि म गे्रजुएट अलिअलि भारतको राजनीति पनि बुझेको काठमाडौंसँग पनि अनभिज्ञ नरहेका कारण शायद राजा मबाट प्रभावित होइबक्सेको हुनसक्छ । मलाई राजाले ुतिमी काठमाडौं आउँछौु भनेर सोधनी भयो । मैले भने ुआउँछु सरकार ।ु राजाबाट ुकाठमाडौं आएका बेला खबर गर्नु म तिमीलाई भेट्छु भनिबक्स्यो । केही समयपछि म काठमाडौं आएँ र दरवारमा खबर गरेँ । दोस्रो पटक राजासँग भेट भयो ।

जिम्मेवारीको क्रम

काठमाडौंमा आएपछि राजासँग अलि विस्तृत कुराकानी भयो । यकिन तिथिमति त थाहा भएन तर त्यसबेला टंकप्रसाद आचार्य प्रधानमन्त्री हुनुहुन्थ्यो १७ सालभन्दा अघिकै कुरा हो ।

गाउँमा भिजेको हुनाले सल्लाहकारको चुनावमा भाग लिएर मैले जितेँ । विभिन्न इक्वेसनले गर्दा म सल्लाहकार समितिको अध्यक्ष पनि भएँ । त्यसपछि त राजासँग पदीय सम्बन्ध पनि बढ्यो । एउटा त राजाको दृष्टिकोणमा परेको व्यक्तिमध्ये म पनि थिएँ । त्यसपछि संसद्को चुनाव भयो । माथिल्लो सदन बन्ने भयो । त्यसलाई महासभा भनिन्थ्यो । त्यसमा १७-१८ जना मनोनित भए । म पनि मनोनितमा परेँ । राजाले मलाई नसोधिकन महासभा सदस्य मनोनित गरिबक्सेछ । मैले नस्वीकार्ने कुरै भएन ।

त्यसपछि मात्र मैले मेरो योग्यता र क्षमता देखाउने मौका पाएँ । त्यसबेला वीपी कोइराला प्रधानमन्त्री सुवर्ण शमशेर उपप्रधानमन्त्री र सूर्यप्रसाद उपाध्याय गृहमन्त्री हुनुहुन्थ्यो । राजाबाट मनोनित भएकाहरु सरकारको विरोध गर्नुपर्छ भन्नेमा थिए । एक किसिमले भन्दा उनीहरु प्रतिपक्ष जस्तो भूमिकामा देखिए । त्यसको नेतृत्व दिलबहादुर श्रेष्ठ र भरतमणिले लिएका थिए । मनोनित जस्तो विरोधमा त्यसबेलाको विपक्षी पार्टी गोर्खा परिषद पनि थिएन ।

मैले सोचेँ-यो त भएन । मैले जानेको राजनीतिशास्त्रअनुसार त मनोनितहरु पार्टीका कार्यकर्ता जस्तो देखिनु राम्रो होइन । हाम्रो काम त वस्तुवादी भएर पक्ष र विपक्षमा उभिनुपर्ने हो । मनोनितहरुको मिटिङमा पनि मैले यो कुरा उठाएँ । उनीहरुले मलाई अनेक मनाउने प्रयास गरे तर मैले मानिन । मेरो तर्क थियो ुराजा त कुनै पार्टीको पक्षधर होइन निश्पक्ष हुनुपर्छ । अनि हामी मनोनित किन एकपक्षीय हुने त्यसको सिधा असर त राजालाई पर्ने भो ।ु हामी त व्यक्तिगत प्रतिनिधित्व गर्ने विशेषज्ञ पो हौं त भन्ने मान्यता मेरो थियो । मैले पूर्वाग्रबिना ठीकलाई ठीक भनेर समर्थन गर्ने र बेठीकको विरोध गर्ने भूमिका निभाउने नीति लिएँ ।

मैले त्यसबेला खुबै पढेँ पनि । बिहान या बेलुका साइकल लिएर महासभामा प्रस्तुत गरिएका विधेयक लिएर चिनेका न्यायाधीशको घरमा पुग्थेँ । र उनीहरुबाट सल्लाह लिन्थेँ । त्यही कुरा महासभा बैठकमा उठाउथेँ । त्यसले गर्दा मेरो क्षमता पनि बढ्यो । मेरो बहस तयारीसहितको र प्रभावकारी पनि हुन्थ्यो ।

एकपटक महासभामा करसम्बन्धी एउटा प्रस्ताव आयो सरकारका तर्फबाट । अरु कसैले पत्ता लाउन सकेनन् । मैले गल्ती पक्रेँ । यदि त्यो विधेयक फेल भएको खण्डमा पहिले लिएका सबै कर फिर्ता गर्नुपर्ने स्थिति आउने थियो । मैले त्यो विषय उठाएँ विधेयक त्रुटीपूर्ण छ भनेर । होराप्रसाद जोशी गृह सहायकमन्त्री ले मलाई विरोध नगर्न दवाव दिन थाले । मैले पनि उनलाई र् याखर् याख्ती पारेँ । संसद्मै उभिएर मेरो प्रश्नको जवाफ एक÷दुई दिनपछि दिन्छु भन्न जोशी बाध्य भए ।

त्यसको दुई-तीन घण्टापछि मलाई प्रधानमन्त्री बस्ने संसद्को च्याम्बरमा बोलाइयो । िसंहदरवारमा रहेको अहिलेको संसद् त्यसबेला ग्यालरी बैठक भनिन्थ्यो को पछाडिपट्टि प्रधानमन्त्रीको च्याम्बर थियो । त्यहाँ प्रधानमन्त्री उपप्रधानमन्त्री र गृहमन्त्री बसेका रहेछन् । मलाई प्रधानमन्त्री विपी ले भन्नुभयो ुतपाईले संसदमा उठाएको कुरा सही छ हामीले गल्ती गरेछौं तर तपाईले भनेबमोजिम गर्दा विधेयक फेल हुन्छ विधेयक फेल हुँदा राज्यले उठाएका सबै कर फिर्ता गर्नुपर्ने हुन्छ । अब तपाई नै भन्नुस् के गरौं ु

मैले पनि यसो सम्झेँ ुसरकारको नियत खराब त होइन कहिले काहीँ काम गर्दै जाँदा गल्ती हुन्छ ।ु मैले आउँदा दिनमा यस्ता गल्ती नदोहोर् याउनु होला भनेर विरोध नगर्ने वचन दिएँ । त्यसपछि त विधेयक पनि पास भयो । कसैको विरोध पनि रहेन ।

अर्को विवादस्पद विषय संसद्मा आयो । भारतसँग डाल्डा आयात गर्ने विषय । त्यसमा चाहिँ मैले मानिन र सरकारले त्यो विधेयक फिर्ता लानु पर् यो । मेरा यी सबै कामका विषयमा राजालाई जानकारी नहुने कुरै भएन । प्रधानमन्त्री उपप्रधानमन्त्री र सरकारका अरु मन्त्री तथा राजाबाटै मनोनित महासभा सदस्यहरुले त मेरो कुरा पुर् याइहाल्थे । राजाको आफ्नै स्रोतबाट पुग्ने सूचना त छँदैथियो ।

विशेषगरी प्रधानमन्त्री र उपप्रधानमन्त्रीले मेरोबारेमा पोजिटिभ कुरा लाँदा रहेछन् । मनोनित अरु विपक्षी जस्तो व्यवहार गर्छन् तर सूर्यबहादुर एकजना चाहिँ ुअब्जेक्टिभु छ भन्ने जानकारी सरकारमा बसेकाहरुले दिँदा रहेछन् । मलाई उनीहरुले धेरै मेहनत गर्ने सदस्य भनेर तारिफ पनि गर्दा रहेछन् ।

मैले राजासँग भेट्दा मनोनितको पाजिसन क्लियर गर्नुपर्छ भने । हर कुरामा विरोध गर्दा राजा तटस्थ छैनन् भन्ने सन्देश जान्छ । सिद्धान्ततः पनि मनोनितहरु अब्जेक्टिभ हुनुपर्ने हो भनेपछि राजाको सहमति रह्यो । हेड अफ द स्टेटले मनोनित गरेका सदस्यहरु त तटस्थ नै हुनुपर्छ भन्ने राजाको भनाइ थियो ।

मनोनितहरुले चाहिँ मेराविरुद्ध उजुरी गरेका रहेछन्-सूर्यबहादुर कांग्रेसतिर ढल्क्यो भनेर । राजाबाट मलाई अरु मनोनितलाई सम्झाउन हुकुम पनि भयो तर मैले ुसरकार स्वयम्ले सम्झाइबक्सनु पर्छु भनेँ ।

म काम गर्ने र मेहनती मान्छे हुँ भन्ने यिनै कुराले राजामा पर् यो । मप्रति राजामा पहिलो प्रभाव धनकुटा सवारीमा भएको रहेछ र दोस्रो पार्लियामेन्टको फंक्सनका क्रममा भएको थियो ।

पाचायत सूरु भयो । मलाई पुनः मन्त्रीका लागि बोलाइयो । २०१७ सालको घटनालगत्तै बनेको पहिलो मन्त्रिपरिषद्मा म सामेल भएँ ।

अब प्रश्न उठ्छ म कसरी त्यसमा सामेल भएँ नेताहरु सबै पक्राउ परिसकेका थिए । मेजर एक्सन भइसकेपछि एकदिन म डेरा बसेको ठाउँ बालुवाटार मा एकजना जर्नेल आए । उनले मलाई ुतपाई अन्डरएरेस्ट हुनु भयो मसँग हिँड्नुस्ु भने । अलि पर गएपछि मैले ुगलबन्दी बिसे्रंछु भनेँ । उसले अर्को सिपाहीलाई मेरो गलबन्दी लिएर आउन अह्रायो तर मलाई छाडेन ।

बेलुकाको समय थियो । मलाई कहाँ लाने पनि भनिएन । मलाई लाग्यो ुथुनामा परेँु । तर नक्साल नागपोखरीबाट आर्मीको जबरजस्त चेकपोस्ट हुँदै मलाई जीपमा हालेर नारायणहिटीतिर पो लगियो । ुकिन यताु भनेको त स्वाट्टै दरवारभित्र हुल्यो । मेरो चिन्ता अलि हलुका भयो । किनभने मैले निश्चित गरिसकेको थिएँ मलाई थुन्न लगेको चाहिँ होइन रहेछ । तर यसबेला दरवार किन लगियो भन्ने खुल्दुली चाहिँ थियो ।

सिधा एक नम्बर बंगलोमा लगेर मलाई राखियो । त्यहाँ राजा महेन्द्र होइबक्सँदो रहेछ । मलाई ुबसु भन्दै हुकुम भयो ुतिमीलाई लिन जानेले मिसबिहेभ त गरेन हैन ु मैले छैन सरकार भनेँ । फेरि राजाबाट हुकुम भयो ुतिमी मसँग बसेर काम गर्नुपर्छ के भन्छौं ु मैले साथ दिनु जाति हुन्छ भन्ठानेर सक्दो सेवा गर्न तयार छु भनेँ । त्यति भनिसकेपछि अरुसँग पनि सल्लाह गरेर म त्यसको प्रबन्ध गर्छु भन्ने हुकुम राजाबाट भयो । त्यहाँ गएपछि मात्र मैले डा। तुलसी गिरीले पनि राजालाई समर्थन गरेका रहेछन् भन्ने थाहा पाएँ ।

त्यसको भालिपल्ट म पुनः दरवार गएँ । डा। गिरीलाई पनि ल्याइएको रहेछ । त्यही दिन परिवर्तित राजनीतिक सन्दर्भमा म नेपालको पहिलो मन्त्री बन्ने मौका पाएँ ।

मलाई लिन आर्मीको जर्नेललाई किन पठाइयो होला भन्नेमा मेरो अनुमान के छ भने त्यसबेलाको राजनीतिक परिस्थितिमा मलाई इम्प्रेस्ड गर्न त्यसो गरएको हो कि जस्तो लाग्छ । त्यसलाई म मनोविज्ञान पक्ष पनि मान्दछु ।

राजा महेन्द्रको शैली

राजा महेन्द्रसँग मैले जे जति करिब ८-१० वर्ष काम गरँे धेरै जान्ने बुझ्ने मौका पाएँ । मैले विशेषगरी अध्ययन गरेर तयारी भएपछि मात्र काममा हात हाल्नुपर्छ भन्ने ज्ञान महेन्द्रबाट पाएँ । राजा आफै ज्यादा मेहनती होइब_िक्सन्थ्यो ज्यादै चलाख पनि । अध्ययन नगरी क्याबिनेटमा जाँदा पक्राउ परिहालिन्थ्यो । मन्त्रिपरिषद्का सदस्यले तर्क गरुन् भन्ने अपेक्षा राजामा थियो । मलाई कन्भिन्स गरुन् भन्ने चाहना पनि थियो । तर त्यसका लागि त अध्ययन गर्ने पर् यो । हामीले तर्क गरेर राजालाई कन्भिन्स गराउँदा तत्काल मानिबक्सन्थ्यो । राजा महेन्द्रमा डिटेलमा हर्ने र त्यसको अरु पक्षबाट भेरिफाइ पनि गर्ने बानी थियो । तर त्यो मेजर विषयमा मात्र ।

राजा विरेन्द्रसँग संगत

राजा विरेन्द्रको ज्यादातर कार्यकालमा म सरकारमा बसिन । बाहिरै थिएँ । जनमत संग्रहमा मात्र म प्रधानमन्त्री भएको थिएँ । २०५४ या ५५ सालमा कांग्रेससँगको संयुक्त सरकारमा म करिब ६-७ महिना प्रधानमन्त्री भएँ । पाचायत छँदै राजा विरेन्द्रको कार्यकालमा पाचबिच पक्ष र विपक्ष जस्तो स्थिति आइसकेको थियो । त्यसबेला म र दरवारबिच असमझदारी छ भन्ने प्रचार पनि बाहिर आयो । तर त्यस्तो होइन । हो विशेषगरी लोकेनजी लोकेन्द्रबहादुर चन्द को आफ्नै कार्यशैली थियो मेरो आफ्नै थियो । त्यसमा मेल खानुपर्छ भन्ने कुरा पनि होइन ।

म पाचायतको सुरुदेखि नै उदार विचार लिएर हिँडेको थिएँ । त्यसको विपक्षमा हिँड्ने साथीहरुले विवाद भएको जस्तो पनि देखाएका थिए । तर लोकेनजी र मेरो व्यक्तिगत विवाद थिएन । लोकेनजी बहुत भद्र मान्छे । वादविवाद गर्ने मान्छे नै होइन । केवल राजनीतिक धार बेग्लै थियो । पाचायतको विभिन्न तहमा रहेका मान्छे कोही मतिर हुन्थे कोही उहाँतिर । त्यो काम गर्ने शैली र विचारका कारण भएको थियो । त्यसमा राजाको प्रत्यक्ष भूमिका थिएन ।

त्यसबेला राजा विरेन्द्र नवयुवक होइबक्सन्थ्यो राजाको सोच पनि उदार प्रकृतिकै थियो । राजा महेन्द्र जस्तो सबैलाई एउटै धारमा लिएर जाने सोच भने विकसित भइसकेको थिएन । विकासको क्रममा थियो । दरवारको दायाँ बायाँ बस्ने सचिवहरु केही राजनीतिज्ञले राजालाई प्रभाव पारेका थिए त्यो अस्वाभाविक पनि थिएन । त्यसले गर्दा राजनीतिक निर्णय र राजनीतिक बाटो पक्डिँदा फरक देखिन्थ्यो । ठाडै हस्तक्षेप गरेको अनुभव भने मैले गर्न पाइँन ।

जब म प्रधानमन्त्री भएँ राजा विरेन्द्रलाई पनि तर्कले चित्त बुझाउनुपर्दोरहेछ भन्ने थाहा पाएँ । मैले कुनै प्रस्ताव राख्दा हर ऐंगलले कन्भिन्स गराउनु पथ्र्यो । मैले बिपि्रुङ गर्नुभन्दा अघि नै राजाले आफ्ना सल्लाहकार र सचिवहरुसँग डिटेलमा बुझ्ने काम हुन्थ्यो ।

भूमिगत गिरोहको प्रसंग

पाचायतकालमा बनेका नीति र कानुनको तहमा जाने एउटा हुन्थ्यो भने त्यसको पृष्ठभूमिमा अर्को कन्डक्टेड प्रेसर पनि थियो । जस्तो प्रधानमन्त्रीले एउटा बाटोबाट जान्छु भन्दा अर्को पक्षको इन्ट्रेस्ट देखिन्थ्यो । त्यस्ता व्यक्ति राजाको नाममा व्यक्तिगत स्वार्थ पुरा गर्ने प्रयासमा पनि रहन्थे । उनीहरु त्यस्तो परिस्थितिमा आफ्ना कुरा राख्थे कि प्रधानमन्त्री या अरु कुनै निर्णयक तहमा रहेका पदाधिकारीले त्यो कुरा मान्दिनु पर्ने । उनीहरुको पनि दैनिक राजासँग सम्पर्क थियो । तर उनीहरुलाई त्यस्तो गर्न राजाबाट प्रेरित गरियो भन्ने चाहिँ म भन्न सक्दिन । त्यस्तो होइन नै भन्छु अहिले पनि ।

सरकारलाई आफ्नो इच्छाबमाजिम साचालन गर्ने प्रवृत्ति विकास हुन थालेपछि मैले पनि सहन नसकेको हुँ । त्यसो हुँदा प्रधानमन्त्री र उसको नेतृत्वमा रहेको सरकार मेसिन जस्तै हुन्छ । सरकारको काममा इन्टरफेयर भएपछि मैले भूमिगत गिरोह भन्दै सार्वजनिकरुपमा विरोध जनाएको हुँ । त्यस्तो समूहमा दरवार नजिक र बाहिरका राजनीतिक व्यक्ति पनि थिए । उनीहरुको नाम चाहिँ म भन्न सक्दिान ।

उनीहरु मसँग आमने सामने कुरा गर्दैनथे । बाहिर बाहिर मात्र त्यस्ता गतिविधि हुन्थे । त्यो थाहा पाएपछि मैले राजासँग त्यसबारे कुरा पनि गरेँ । तर राजा विरेन्द्र ज्यादै भद्र । त्यसको फाइदा उनीहरुले उठाए । राजा महेन्द्रले त ुत्यस्तो कुरा मेरा अघिल्तिर उभिएर भन बाहिर होइनु भनिबक्सन्थ्यो । विरेन्द्रमा त्यस्तो थिएन । त्यसले राजाको पस्रनालिटीलाई नै असर पाथ्र्यो ।

त्यति हुँदा पनि राजा विरेन्द्रसँग मेरो टसल कहिलै भएन । मेरो विचार के थियो भने या त्यस्तो सिस्टममा पस्नै हुँदैन । पसेपछि केही कुरा थाँती पनि राख्न सक्नुपर्छ । त्यो रियालिटीलाई पनि बुझ्नुपर्छ । कन्प्रुन्टेसन लिएर कतिन्जेल हिँडन सकिन्छ राजाका अगाडि समस्या खडा गरेर ुमेरो यो कुरा मान्नुपर् यो नत्र बस्दिन भन्नु त भएन । हो जसले गलत गरिरहेको छ त्यसको आफ्नै ढंगले प्रतिकार गरेर जानुपर्छ । त्यसलाई पब्लिक्ली पनि काउन्टर दिनुपर्छ भन्ने मान्यता मेरो थियो ।

त्यो घटनाले मलाई अर्को पाठ पनि सिकायो । मेरा पछाडि कोही छ भने त्यसले मेरो कमजोरीमाथि प्रहार गर्छ । त्यसैले मैले कुनै गल्ती गर्नुहुन्न । औलो उठाउन दिनुहुन्न । राज्य चलाउन वस्तुगत हुनुपर्छ । पक्षपात गर्नुहुन्न र आत्मबल पनि हुनुपर्छ ।

ज्ञानेन्द्रसँगको संगत

मान्छेले राजा ज्ञानेन्द्रका पालामा कन्प्रुन्टेसनका कारण मैले प्रधानमन्त्री छाड्नुपरेको अनुमान गर्छन् । त्यो एकदम गलत हो । म जहिले पनि कन्साइन्स क्लियर भएर मात्र काम गर्ने मान्छे हुँ । भन्ने एउटा र गर्ने अर्कै किसिमको मेरो चरित्र नै हैन । राजा ज्ञानेन्द्रका पालामा पनि त्यही भएको हो । कैयौं कुरामा राय नमिल्न सक्थ्यो । सूर्यबहादुरले यो मन पराउँदैन भन्ने हरेक राजालाई थाहा छ । मलाई मन नपरेको कुरा म जोसँग पनि खुलस्त भन्छु । यदि कुनै विषयमा मेरो राय मिलेन भने फिलिङ लिएर बस्नु हुन्न भन्ने मेरो मान्यता छ ।

हो मैले चाँडै सरकारको नेतृत्व छाडेँ । त्यसमा मेरो विमती छैन । तर म प्रधानमन्त्री कसरी बनेँ मूख्य प्रश्न यो हो । म राजाले बोलाएर राजाबाटै मनोनित भएर प्रधानमन्त्री बनेको थिएँ राजाकै इच्छामा । राजा ज्ञानेन्द्रले मलाई बोलाएर ुम तिमीलाई लिन चाहन्छु के गर्छौु भन्दा मैले हुन्छ भनेको थिएँ । अब बदल्न चाहन्छु भन्दा ुकिन कसरीु भन्ने ठाउँ रहँदैनथ्यो । राजाको इच्छामा प्रधानमन्त्री बनेँ र राजाकै इच्छामा छाडेँ । ठुलो कुरा भएन । अपि्रय कुरा भएर हटेको होइन ।

मैले किन समय नपुग्दै हटाइयो भनेर सोधिन पनि । राजाले पनि त्यसबारे केही एक्सप्लेन गरिबक्सेन । ुस्टेपडाउन गरिदिनु पर् योु भन्ने कुरा आयो मैले सहज ढंगले छाडिदिएँ त्यत्ति हो । राजा ज्ञानेन्द्रको मनसाय बुझेलगत्तै मैले जिरह गर्न मिल्थ्यो होला । तर फाइनल वर्ड नै निस्किसकेपछि मैले बोल्नु उचित ठानिन । मात्र ुहस्ु भनेँ । त्यसको असर के भयो भन्ने कुरा इतिहासले भन्ला ।

शैली अलग अलग

अरु राजा र ज्ञानेन्द्रमा तात्विक फरक छ । राजा महेन्द्रमा ठुल्ठुला विषयमा मात्र इन्टरभेन गर्ने स्वभाव थियो विकल्पसमेत दिएर । स-साना कुरामा ुउसले भनिहाल्यो होस् न त भनिबक्सन्थ्योु । ुतिमीहरुले विचार गरेर ल्याएको कुरा भोलि त्यसको पक्ष विपक्ष आए तिमीहरुले नै ब्योहर्नुपर्छ गरु राजा महेन्द्रको भनाइ रहन्थ्यो ।

राजा विरेन्द्रमा स-साना कुरामा चासो राख्ने स्वभाव थियो । एकाधबाहेक उचित सुपर तर्क गरिसकेपछि मात्र राजाबाट फाइनल हुन्थ्यो । तर राजा ज्ञानेन्द्र त्यो भन्दा पनि डिटेलमा हेर्ने । राजा नभएका बेला राजप्रतिनिधि परिषद्को सदस्यका हैसियतले मैले ज्ञानेन्द्रसँग निकै सम्पर्क गरेको छु । परिषद्को बैठकमा क्याबिनेटका प्रस्ताव लिएर म निकै पटक गएको छु । ती प्रस्तावमा रातो हरियो चिन्ह लगाइएका हुन्थे । त्यसको अर्थ के हो भने ज्ञानेन्द्रमा विस्तृत अध्ययन गर्ने स्वभाव राजा हुनुभन्दा अघि नै थियो । प्रस्ताव पढ्ने मात्र होइन मन्त्रालयमा बुझ्नेसमेत काम पहिल्यै भइसकेको हुँदोरहेछ । त्यसले गर्दा ज्ञानेन्द्रमा ुमैले गरेको र मैले सोचेको ठीकु भन्ने स्वभाव पलाएको होला । धेरै पटक वादविवाद गरेपछि कुनै कुनै विषयमा मात्र ुहोस् न त प्रधानमन्त्रीले भनको कुरा उसले गरेको कुरा ठीकै छु भन्ने भनाइ आउँथ्यो । तर त्यस्तो समय कमै हुन्थ्यो । लिँडेढीपी चाहिँ नगर्ने तर्क चाहिँ दह्रो राख्ने ।

हरेक मन्त्री र प्रधानमन्त्री राजाको स्वभाव जान्दा जान्दै पनि पुरा तयारी गरेर जान्छ नै भन्ने छैन । झन् प्रधानमन्त्री त यति ओभरलोड हुन्छ कि अरु मन्त्रालयका बारेमा थाहा हुने कुरै भएन । निर्णय गर्ने बेला राजा ज्ञानेन्द्र हावी हुने कारण त्यही थियो ।

राजाका रुपमा ज्ञानेन्द्र असफल हुनुमा समयको सही मूल्यांकन नगर्नु नै हो । ओभरटेक माघ १९ को घटना गरिबक्सनु अघि मैले सल्लाह टक्रयाएको हुँ ुत्यस्तो गर्नु हुन्न ।ु मैले यो गर्दा यस्तो हुन सक्छ भन्ने तर्क पनि राखेको थिएँ । पछि ओभरटेक भइसकेपछि मैले वक्तव्य दिएँ ुयो कदमले राजतन्त्र र प्रजातन्त्रलाई क्षति पुर् याउँछ ।ु

सोच विचार अध्ययन गर्ने र अखबार पढ्ने कुरामा अरु राजाभन्दा बढी एक्टिभ । त्यसमा कमी होइन । काम गर्न सक्ने क्षमता पनि हो । राजा महेन्द्रले ज्ञानेन्द्रलाई व्यवहारपट्टि बढी तालीम दिइबक्सेको हो । ज्ञानेन्द्रलाई घरकाजको व्यवस्थापनको जिम्मा दिइएको थियो । विरेन्द्रलाई राजकाजमा । विरेन्द्रलाई त कहिलेकाहीँ महेन्द्र सरकारले क्याबिनेटमै ल्याएर राखिबक्सन्थ्यो । सिस्टम बुझाउन ।

अहिले ज्ञानेन्द्रकै पालामा राजतन्त्र गएपछि ओरालो लागेको मृगलाई खेदेको जस्तो भएको मात्र हो । यति चाहिँ हो इतिहास र परिस्थितिको जजमेन्ट भएन भने कुनै पनि व्यक्तिको सोचले पूर्णता पाउँदैन ।

राजा महेन्द्रको पालामा जस्तो नेपालको परिस्थिति थिएन राजा ज्ञानेन्द्रको समयमा । जनताको चेतनास्तर विश्व परिदृश्य सबै बदलिइसकेको थियो । नयाँ परिस्थिति बुझ्न नसक्दा आज यस्तो स्थिति आयो । अरु कुनै कारणले होइन ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँगको कुराकानीमा आधारित
राजधानी दैनिकको कात्तिक २८ गते सौजन्यमा प्रकाशित

Saturday, September 5, 2009

ुसानाुको सत्ता



मोहन ढुंगेल
दोस्रो जनआन्दोलनलगत्तै विघटित प्रतिनिधिसभा पुनस्रथापित गरियो विघटन हुनुअघिको प्रतिनिधिसभामा निर्वाचित शाही सत्तालाई समर्थन गर्ने केही बाहेक अन्य सबै संसद्लाई पुनस्रथापित प्रतिनिधिसभामा प्रवेश दिने निर्णय तत्कालिन सात दलले गरे पुर्नस्थापित संसद्मा एक जना निर्वाचित नभएको नयाँ सांसद्को प्रवेश भयो राप्रपाले प्रस्तुत गरेका ती सांसद् थिए २५ वर्षीय अभिषेकप्रताप शाह कपिलवस्तुबाट निर्वार्चित उनका पिता अजयप्रताप शाहको निधन भएपछि पिर्ताको विरासत थाम्न राप्रपाले उनलाई सांसद् बनाएको थियो

तर संविधानसभा निर्वाचनको मुखैमा उनी मधेशी जनअधिकार फोरममा प्रवेश गरे निर्वाचन पनि जिते संसद्मा पहिलो पटक पाइला राख्दा नेपाली साचारमाध्यममा उनको खुबै चर्चा भयो सबैभन्दा कलिलो सांसद्का रुपमा तर संविधानसभा निर्वाचनमा प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली अंगीकार गरिएपछि २५ वर्षका सभासद् उनी मात्र रहेनन् अहिले त्यो विषय सामान्य झै बन्यो

नेपाली राजनीतिमा सानै उमेरमा सत्ता चलाउनु जस्तो चुनौतिपूर्ण काममा वंश परम्पराका राजाहरुबाहेक सामान्य नागरिकको संख्या औंलामा गन्ने मात्र त्यो पनि इतिहासको पानामा मात्र सन् १९५९ मा जन्मेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले ३५ वर्षको उमेरमा संसद्को सभामुखको जिम्मेवारी कुसलतापूर्वक निभाएका थिए भने कांग्रेसका अर्का संस्थापक बीपी कोइरालाले ३७ वर्षको उमेरमा राणाकालको अन्त्य प्रजातन्त्रकालको सुरुवातको संक्रमणकालमा गृहमन्त्रालय हाँकेका थिए कोइराला प्रधानमन्त्री बन्दा भने ४५ वर्ष कटिसकेका थिए ४५ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री सम्हाल्ने सूर्यबहादुर थापा अहिले पनि नेपाली राजनीतिका ुबाघु मानिन्छन्

राजा महाराजको विषयलाई तान्ने हो भने पहिलो नम्बरमा आउँछन् नागरिक बनिसकेका तत्कालीन राजा ज्ञानेन्द्र उनले तीन वर्षको उमेरमा नेपालको राजगद्धीमा बस्नुपरेको थियो यद्यपि त्यो स्वेच्छाले भने थिएन राणा शासनप्रति विद्रोह गरेर तत्कालीन राजा त्रिभुवन सपरिवार दिल्ली गएपछि ज्ञानेन्द्र मात्र नेपालमा रहेकाले राणाहरुले उनलाई सन् १९५० मा राजा घोषित गरेका थिए दुई महिनासम्म राणाहरुकै इशारामा राजकाज चलाएका ज्ञानेन्द्रको नाममा त्यसबेला मुद्रासमेत निकालिएको थियो

विश्व राजनीतिमा भने ४४ वर्षमुनिका युवाहरुले देशको सर्वोच्च राजनीतिक निकाय राष्ट्रपति प्रधानमन्त्री चलाएका प्रशस्तै उदाहरण छन् अहिले पनि ४४ वर्ष मुनिका २० नेताले -आफ्नो देशको सत्ता बागडोर हाँकिरहेका छन्

तीमध्ये कोही वंश परम्परालाई धान्दैछन् भने कोहीले चाहिँ आफ्नै बाहुबलमा सत्ता प्राप्त गरेका हुन् भुटानका राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुक अहिले २९ वर्षका छन् २१ फेब्रुअरी १९८० मा जन्मेका उनलाई सो जिम्मा पिता जिग्मे िसंगे वाङचुकले दिएका हुन् जिग्मेकी तेस्री पत्नी छिरिङ याङडनका जेठा छोरा उनी अविवाहित नै छन् संयुक्त अधिराज्यको अक्सफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उनले विद्यालय शिक्षा भने अमेरिकाको म्यसेचुसेट्सस्थित फिलिप्स एकेडेमीबाट पुरा गरेका हुन्

राजा हुनुअघि केशरले भुटानको राजसंस्थाबाट विश्वका विभिन्न स्थानमा आयोजित सांस्कृतिक शैक्षिक आर्थिक माचहरुमा प्रतिनिधित्व गरेका थिए

जर्जियाका प्रधानमन्त्री ३४ वर्षीय निकोलस गिलाउरी भने आन्दोलनमार्फत् सत्तामा आएका हुन् १४ फेब्रुअरी १९७५ मा जन्मेका उनी गत फेब्रुअरीमा प्रधानमन्त्री पदमा आसिन भएका हुन् निक्काको नामले समेत चिनिने उनले त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको अनुभव हासिल गरिसकेका थिए

अमेरिकाको फिलाडेल्फियास्थित टेम्पल विश्वविद्यालयबाट इन्टरनेश्नल बिजनेश म्यानेजमेन्ट विषयमा स्नातकोत्तर उनले उर्जा दूरसाचार विद्युतसम्बन्धी परियोजनाहरुमा नेतृत्वदायी पदमा रहेर अनुभव बटुलिसकेका छन्

जर्जियामा २००३ मा भएको शान्तिपूर्ण ुरोज रिभोलुसनु अर्थात गुलाबी क्रान्तिपछि गिलाउरी पहिलो पटक सरकारमा सामेल भएका हुन् सो आन्दोलनले तत्कालीन राष्ट्रपति एडुअर्ट सेभार्जनाजलाई पदच्यूत गरेको थियो आन्दोलनलगत्तै मिखाइल साकास्भिलीको नेतृत्वमा बनेको सरकारमा १७ फेब्रुअरी २००४ मा गिलाउरी उर्जामन्त्री बनेका हुन् उनी मन्त्री बनेलगत्तै जर्जियामा भएको गम्भीर लोडसेडिङ हटाउन अजरबैजान इरानबाट ग्यास आपूर्ति गर्न सफलता हात पारे त्यसअघि रसिया सरकारले जर्जियामा उर्जा आपर्तिमा प्रतिबन्ध लगाएको थियो गिलाउरीको सो कामले नै उनलाई सफलताको सिडी चढ्न मद्धत गर्यो उनी जनताको नजरमा लोकपि्रय उमेर सानो भएपनि परिपक्व नेता ठहरिए

गि्रगोल सरकारलाई संसद्मा विश्वासको मत दिलाउन गिलाउरीको ुरोगजारीु योजनाले महत्वपूर्ण भूमिका निभाएको थियो

रेडियो प्रस्तोताबाट ३५ वर्षको उमेरमै मडागास्करका राष्ट्रपति बनेका

एन्ड्री निरिना राजोएलिन गत मार्चमा सेनाको सहयोगमा सत्तामा आएका हुन् जनवरी १९७४ मा जन्मेका उनी त्यसअघि अन्तानानारिभो नगरका मेयर थिए उनले तत्कालीन राष्ट्रपति मार्क राभालोमानानाविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए उनी स्वयम् पनि सैनिक परिवारका सदस्य हुन् उनका पिता सेनाको कर्नेल थिए

२० वर्षको उमेरसम्म एन्ड्री अन्तानानारिभो नगरका विभिन्न क्लब तथा बारहरुमा नाचगान गर्थे पछि उनले आफ्नै लगानीमा भीभा रेडियो स्थापना गरे रेडियोलाई व्यापार दिलाउन उनले आफ्नै विज्ञापन एजेन्सी पनि खोलेका थिए

उनको नेतृत्वमा स्थापित ुसक्षम युवाु नामको संस्थालाई उनले आफ्नै रेडियोबाट जनमानसमा स्थापित गराए पछि सोही संस्थालाई अघि सारेर राष्ट्रपति मार्ककै सहयोगमा १२ डिसेम्बर २००७ मा उनी मेयर बन्न सफल भए

डोमिनिकाका प्रधानमन्त्री रुज्भेल्ट स्केरिट भने ३२ वर्षमै सो पदमा पुगेका हुन् जुन १९७२ मा जन्मेका उनले सन् २००४ देखि प्रधानमन्त्री पद सम्हालेका हुन्

पोर्टसमाउथ सेकेन्डरी स्कूलबाट अक्षराम्भ गरेका रुजभेल्ट मिसिसिपी विश्वविद्यालयबाट अंग्रेजी मनोविज्ञान विषयमा स्नातक हुन् विद्यालय तहबाटै राजनीतिमा चाख राख्ने उनी पोर्टसमाउथ स्कूलका विद्यार्थी परिषद्का अध्यक्ष बनेका थिए न्यू मे_िक्सको विश्वविद्यालयमा प्रमाणपत्र तह अध्ययन गरेका बेला उनी डोमिनिका विद्यार्थी संघको अध्यक्ष भए त्यसैबेला उनी डोमिनिका पि्रुडम पार्टीका युवा विभागको प्रमुखसमेत बने डोमिनिका लेबर पार्टीको सदस्य भएपछि उनी स्वदेश फर्किए केही समय क्याम्पसमा प्राध्यापनपछि सन् २००० मा भिल्ले केस निर्वाचन क्षेत्रबाट उनी संसद सदस्य चुनिए शिक्षा खेलकूद तथा युवामन्त्री बनेपछि चिनको समर्थक बनेका उनी जनवरी २००४ मा तत्कालीन प्रधानमन्त्री पिएरर चाल्स्रको मृत्युको तेस्रो दिन सो पदमा आसिन भएका हुन् उनलाई विश्वका सबैभन्दा कान्छा प्रधानमन्त्रीका नामले समेत संबोधित गरिन्छ

२००५ मा सम्पन्न आमनिर्वाचनमा उनको दलले ५२ प्रतिशत मत प्राप्त गर्दै संसदमा १२ सिट कब्जा गरेको थियो विपक्षी दल युनाइटेड वक्स्र पार्टीले ४४ प्रतिशत मत ल्याएर स्थान सुरक्षित गरेको थियो

उनलाई क्यूबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रो भेनेज्युएलाका राष्ट्रपति ह्यूगो चावेजका समर्थक मानिन्छ फेब्रुअरी २००७ मा क्यारेबियन डेभलोपमेन्ट रिसर्च इन्टिच्यूटले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्री रुजवेल्टले ५८ प्रतिशत मत प्राप्त गरेका थिए

प्रतिभामा पाका तर उमेरमा कान्छा राजनेतामा आइभरीकोस्टका प्रधानमन्त्री गुलियम सोरो पनि पर्छन् मे १९७२ मा जन्मेका सोरो तीन वर्ष अघिबाट आइभरीकोस्टको सत्तामा छन् उनी हाल ३६ वर्षका भए

सशस्त्र विद्रोह सकिएर जनवरी २००३ मा शान्ति सम्झौता भएपछि सोरो साचारमन्त्री बने सरकारमा सामेल भएको सात महिना नबित्दै सोरोसहित ुनयाँ शक्तिुका मन्त्रीहरुले राजिनामा दिए सडक संघर्ष सुरु गरे तर पछि विपक्षीले ुकु गर्न खोजेको भन्दै सोरो अगस्ट २००४ मा सरकारमा फर्के त्यसलगत्तै प्रधानमन्त्री चाल्स्र कोनान बन्नीले उनलाई पुननिर्माणमन्त्री बनाए उनलाई मन्त्रिपरिषद्मा दोस्रो वरियता पनि दिइयो

मार्च २००७ मा सोरोले प्रधानमन्त्रीको पद सम्हाले आन्दोलन निस्तेज पारेको भन्दै आक्रोशित विपक्षीले २९ जुन २००७ मा सोरो चढेको विमानलाई लक्षित गरेर रकेट प्रहार गरेका थिए तर सौभाग्यवश सोरो घाइते मात्र भए विमानमा रहेका चारजना मारिए भने अन्य दस घाइते बने सो घटनामा सशस्त्र संघर्षका बेला सोरोसँग एकसाथ काम गरेका गिब्यागोको हात रहेको आरोप लगाइएको थियो तर ३० जुलाईमा गिब्यागो सोराबिच शान्ति सम्झौता भएको थियो



३७ वर्षका जोसेफ कबिला सन् २००१ देखि लगातार प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति छन्

जन्म जुन १९७१ जन्मेका उनी पिता कानाम्बे मजिरीको हत्याको १० दिनपछि सो पदमा पुगेका हुन् २७ नोभेम्बर २००६ मा भने उनले निर्वाचन जिते

जन्मथलो दक्षिणी किभु तान्जानियाको दारएसलाम मेविया गरी तीन ठाउँ चाहारेर उनले प्रारम्भिक शिक्षा पुरा गरेका हुन् उनले हाइस्कुलमै सैनिक शिक्षा लिएका थिए युगान्डाको माकेरेरे विश्वविद्यालयमा पढ्दै गर्दा उनका पिताले तत्कालीन मोबुटु सत्ता फाल्न चालेको सशस्त्र संघर्षमा उनी होमिए संघर्षमा लडाकू कमान्डर हुँदा उनी २५ वर्षका थिए

मोबुटुको हारपछि उनका पिताले कंगोको सत्ता चलाए जोसेफ भने तालीम लिन चीनको बेइजिङस्थित नेश्नल डिफेन्स युनिभसर्िटी कलेजमा भर्ना भए तालीम सकेपछि उनलाई सेनाको मेजर जनरल बनाइयो उनले कंगो आम्ड फोस्रको उपप्रमुखको जिम्मेवारी पनि सम्हाले दुई वर्षपछि सन् २००० मा उनी प्रमुख भए सन् १९९८ देखि २००३ सम्म कंगोमा चलेको सशस्त्र युद्ध नियन्त्रणमा खटिएको सरकारी सेनाका उनी प्रमुख कमान्डर थिए

पिताका हत्यापछि उनको राष्ट्रपतित्वकालमा सशस्त्र संघर्ष अन्त्य विदेशी सेना फिर्ता जस्ता महत्वपूर्ण कार्य गरे सत्ता सम्हाल्दा उनी २९ वर्षका मात्र थिए संघर्ष अन्त्य गर्न उनले विद्रोही दुई नेतालाई उपराष्ट्रपति बनाएका थिए

कबिलाको कार्यकालमा पूर्व राष्ट्रपति मोबुटु सेसेसे सेनाका मेजर इरिक लेन्जजस्ता हस्तीले विद्रोह गरेका थिए डिसेम्बर २००५ मा सम्पन्न जनमतसंग्रहले कंगोको नयाँ निर्माणको आदेश दिएपछि ३० जुलाई २००६ मा राष्ट्रपतीय निर्वाचन भयो पहिलो चरणको निर्वाचनमा कबिला प्रतिद्वन्द्वी जीन पिएररे बेम्बाले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो पटक निर्वाचन गर्नुपर्यो पहिलो निर्वाचनमा बेम्बाले २० कबिलाले ४५ प्रतिशत मत प्राप्त गरेकोमा तेस्रा भएका एन्टोनी गिजेंगाको सहयोगले दोस्रो चरणमा कबिलालाई ५८ दशमलव ०५ प्रतिशत मत पर्यो त्यही गुन तिर्न उनले एन्टोजीलाई प्रधानमन्त्री नियुक्त गरे

मेसेडोनियाका प्रधानमन्त्री निकोला ग्रुवस्की गत ३१ अगस्टमा ३९ वर्ष पुरा गरेर ४० वर्षमा टेके निकोला तीन वर्षअघि अर्थात ३१ अगस्ट १९७० मा सो पदमा पुगेका हुन् सन् २००२ मा ल्जुब्को जर्जीवस्की नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रुपमा उनको सत्ता यात्रा सुरु भएको हो

ग्रीक गृहयुद्धका बेला ग्रुवस्कीका हजुरबा मारिएपछि हजुरआमाले उनका पिता दुई काकालाई जोगाउन युगोस्लाभिया लगेकी थिइन् उनका पिताले एक मेसेडोनियाली युवतीसँग विवाह गरेपछि ग्रुवस्की जन्मेका हुन् तर आमाबाबुको पारपाचुके भएपछि उनलाई आमाले पालनपोषण गरेकी हुन् सन् २००६ मा भएको संसदीय निर्वाचनमा ग्रुवस्की नेतृत्वको पार्टीले बहुमत हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका हुन्

जुन २००८ मा भएको संसदीय निर्वाचनमा पनि उनी संसद्को आधाभन्दा बढी सिट जित्न सफल भए यद्यपि सो निर्वाचन शान्तिपूर्ण भने हुन सकेन

अर्को देश नाउरोका राष्ट्रपति मार्कस स्टेफेन पनि सन् २००७ मा ३९ वर्षकै उमेरमा सो पदमा पुगेका हुन् स्टेफेन एकताका प्रसिद्ध भारोत्तोलक थिए सोही प्रतिभाले उनलाई राजनीतिमा स्थापित गराएको हो स्टेफनेका पिता ल्वरेन्स स्टेफेन सन् १९७१ देखि ७७ १९८० देखि ८६ सम्म नाउरोका संसद् सदस्य थिए १९९७ मा भएको संसदीय निर्वाचनमा इवा-एनेटन क्षेत्रबाट निर्वाचित भएपछि उनी राष्ट्रपति रेन ह्यारिसको कार्यकाल अगस्ट २००३ देखि २२ जुन २००४ मा शिक्षा अर्थमन्त्री बने

अक्टोबर २००४ २००७ मा भएको निर्वाचनमार्फत् उनी पुनः संसद्मा आए २८ अगस्टमा भने उनले राष्ट्रपतिमा उम्मेदवारी दिए लर्डविङ स्कुटीले निर्वाचन जिते करिब तीन महिनापछि राष्ट्रपति स्कुटी संसद्मा प्रस्तुत अविश्वास प्रस्तावमा पराजित भएपछि स्टेफेनका लागि बाटो खुल्यो

स्टेफेनका राष्ट्रपतीय कार्यकाल सहज भने रहेनन् विरोधीले साचालन गरेको आन्दोलन संसद् त्यहाँको अदालतका विभिन्न अवरोधको सामना गर्नुपरेको थियो द्वेध नागरिकताको मुद्धामा १० अपि्रल २००८ मा नाउरोको संसद्ले राष्ट्रपति स्टेफेनसहित उनका आठ सहयोगीलाई निलम्बन गर्यो

त्यसको एक सातापछि उनले देशभर संकटकाल घोषणा गरे २६ अपि्रलका लागि निर्वाचनको मिति तोकिदिए सो निर्वाचनबाट उनी उनको समूहले १८ सदस्यीय संसद्मा बहुमत हासिल गर्यो

दक्षिणवर्ती अपि्रुकाको सानो देश स्वाजिलेन्डका राजा मास्वाती तेस्रा पनि ुसाना शासकुको कोटीमा गनिन्छन् मास्वाती १८ वर्ष दिनमा युवराज घोषित भएका थिए उनका १५ रानी छन् पछिल्लो पटक सेप्टेम्बर २००८ मा उनले कान्छी रानी छनोट गरेका हुन् त्यहाँका राजाले देशका सबै सम्प्रदायका युवतीसँग बिहे गर्ने प्रचलन त्यसो गर्दा सबैसँग राम्रो सम्बन्ध हुने विश्वास राजघरानाको मास्वातीका २३ सन्तान छन् उनलाई सन् २००९ मा प्रकाशित प्यारेड म्यागजिनले संसारका खराब निरंकुश राजाको सूचीमा राखेको

लिस्टेन्सेनका प्रधानमन्त्री क्लाउस ट्युस्चर अहिले ४१ वर्ष पुगे उनी यसैवर्ष त्यहाँको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् उनी कानुन विषयमा विद्यावारिधि हुन् त्यस्तै सोही देशका राजा अर्थात् पि्रन्स अलोइसको उमेर पनि ४० नै

लात्भियाका प्रधानमन्त्री भेल्डिस डोम्ब्रोवस्कीस् पनि ३७ वर्षका छन् उनी यसैसाल देशको प्रधानमन्त्री बनेका हुन्

अन्तराष्ट्रिय मापदन्डअनुसार ४४ वर्षमुनिका लाई युवा मान्दा गत वर्षमात्र माल्दिभ्सका बाघ मानिने मोमुन अब्दुल गयुमलाई हराएर राष्ट्रपति पद सम्हालेका मोहम्मद नसिद ४१ वर्षका छन्

त्यस्तै रोमानियाका प्रधानमन्त्री इमिल बोक टोगोका राष्ट्रपति फाउर ग्नासिग्वे बुल्गेरियाका प्रधानमन्त्री सर्गेइ स्टेनिसेव ४२ वर्षमा हिँडदैछन्

रुसका राष्ट्रपति दिमित्री मेडभेडेव सिरियाका राष्ट्रपति बसार अल असद स्वीडेनका प्रधानमन्त्री फेडरिक रेनफिल्ड काजकस्तानका प्रधानमन्त्री करिम मसिमोभ गाम्भीयाका राष्ट्रपति एहया जमी ४३ वर्ष पुगेका छन् भने एल साल्भाडोरका राष्ट्रपति एन्टोनियो साका मडगास्करका प्रधानमन्त्री मोन्जा रोइन्डेफो ४४ मा दौडदैछन्

दौडमा यी पनि थिए

जोर्डनका राजा हुसेन प्रथम अहिले बुढा भए तर उनले अत्यन्तै कलिलो उमेरमा राजकाज सम्हालेका हुन् उनले राजकाज सम्हाल्दा मात्र १६ वर्षका थिए १६ वर्षको उमेरमा राजकाज सम्हाल्ने अर्का राजा हुन्-भुटानका जिग्मेिसंग वाङ्चुक अहिले भने छोरालाई गद्धी जिम्मा लगाएर फुस्रदमा छन् स्वाजिलेन्डका राजा मास्वाती तेस्रा गद्धीमा बस्ने बेला १८ वर्षका मात्र थिए भने थाइलेन्डका राजा भूमिबोल अदुल्यादेजले पनि १८ वर्षकै उमेरमा गद्धी सम्हालेका थिए

पिताको मृत्यु भएलगत्तै हाइटीका जीन क्लाउड डुभालियरले विरासतमा देशको राष्ट्रपति सम्हाल्नु पर्यो मात्र १९ वर्षको उमेरमा

त्यस्तै पिताले गद्धी त्यागेपछि बेल्जियमका राजा बाउडोइन प्रथमले २० वर्षमा राजकाज थाम्नुपर्यो

१९ वर्षअघि गुमेको गद्धी सम्हाल्ने क्रममा लेसोथाका राजा मोसोएसोए दोस्राले २१ वर्षको उमेरमा राजगद्धी पाए त्यस्तै पिताले राजिनामा दिएपछि ब्रुनाईका सुल्तान हसनल बोल्किया २१ वर्षमा राजा बनेका थिए भने संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीय पनि २५ वर्षको उमेरमा गद्धीनसिन भएकी थियन्

भेलेन्टाइन स्ट्रसरले २५ वर्षकै उमेरमा सैनिक ुकु गरेर सिएरालिओनको राष्ट्रपति पद हत्याए भने लिबियाका राष्ट्रपति मोमर अल गद्धाफीले त्यहाँको परम्परागत राजतन्त्र समाप्त पारेर पहिलो उच्च नागरिक सम्मान पाउन सफल भएका थिए २७ वर्षमा राजकाज थाम्नेमा स्वीडेनका राजा कार्ल गुस्ताफ सोह्रौं लेसोथोका राजा लेट्साइ तेस्रा पनि हुन् लेट्साइले पिताको पलायनपछि गद्धी थामेका हुन्

लाइबेरियाका राष्ट्रपति सामुएल डोएले पनि २८ वर्षको उमेरमा सैनिक कु गरेर त्यहाँको सत्ता हत्याएभने २८ वर्षमै बहराइनका अमीर इसाइबन सलमान अल खलिफाले सत्ता सम्हालेका हुन्

टोगोका गनािसंबे इयादेमा गाम्बियाका याह्या जमीहले २९ वर्षमै सैनिक ुकु गरेर राष्ट्रपति हत्याए भने बुरुन्डीका राष्ट्रपति जीन बाप्तिस्ते बागाजाले ३० वर्षमा सैनिक ुकु गरेका थिए आफ्नै पितालाई कु गरेर सत्ता आफ्नो हातमा लिएका ओमानका सुल्तान काबोस् बिन सइद अल सइद त्यसबेला २९ वर्षका मात्र थिए

२० भदौ २०६६ मा राजधानी दैनिकको सौजन्यमा प्रकाशित