Wednesday, April 15, 2009

वर्ष ६५ एकपछि अर्को इतिहास



मोहन ढुंगेल

२०६५ साल नेपालको राजनीतिक इतिहासमा नयाँ मोड बनेको छ । यसै सालमा ४७ वर्षदेखि नेपाली जनताले चाहेको संविधान सभाको निर्वाचन मात्र भएन करीब अढाइ सय वर्षदेखि नेपालको राजनीतिमा केन्द्रीय भूमिका निभाइरहेको राजतन्त्रको अन्त्य भयो । नेपालको इतिहासमा पहिलो पटक नेपाल संघीय गणतन्त्रात्मक मुलुकको विजारोपण भएको वर्ष पनि २०६५ नै हो ।
नयाँ वर्ष सुरु हुनु दुई दिनअघि संविधानसभा निर्वाचन सुरु भएपनि यसको परिणाम र त्यसले पारेको ऐतिहासिक प्रभाव २०६५ सालमै देखियो । निर्वाचन आयोगले २६ बैशाख २०६५ मा संविधानसभा निर्वाचनको सबै प्रकि्रया सम्पन्न भएको घोषणा गर् यो । २८ चैत २०६४ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फका संविधानसभासद्का लागि वालिग मताधिकारका आधारमा मतदान भएको थियो । त्यसको २८ दिनपछि समानुपातिकतर्फ विजयी भएका २५ दलका तीन सय ३५ सभासद््को अन्तिम नामावलीसमेत आयोगले सार्वजनिक गर् यो ।
संविधानसभामा ३३ दशमलव २२ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ । यस्तै मधेशीबाट ३४ दशमलव शून्य नौ प्रतिशत दलितबाट आठ दशमलव १७ जनजातिबाट ३३ दशमलव ३९ पिछडिएको क्षेत्रबाट तीन दशमलव ८३ र अन्य समुहबाट ३३ दशमलव ९१ प्रतिशतको प्रतिनिधित्व छ । जनप्रतिनिधिमूलक केन्द्रीय निकायमा भएको यो सहभागिता पनि ऐतिहासिक हो ।
संविधानसभामा नेपाली भाषामै सपथ गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाइएका कारण सभासद्हरुले ४० भाषामा एकैपटक सपथ ग्रहण गरेर अर्को इतिहास बनाए ।
१५ जेठ २०६५ भने नेपालको इतिहासमा प्रमुख दिन बन्यो । सो दिनबाट औपचारिक रुपमा नेपाल लोकतान्त्रिक गणराज्य बनेको हो ।
दुई सय ३९ वर्ष लामो नेपालको शाहवंशीय राजतन्त्रात्मक प्रणालीको विधिवत् अन्त्य भयो ।
जेठ २९ २०६५ को दिन पनि अर्को एतिहासिक महत्वको छ । राजतन्त्र हटाइएको धेरै देशको इतिहास रगतले पोतिएको छ । तर नेपाल भने अपवाद बन्यो । बुधबार परेको सो दिन पूर्व राजा ज्ञानेन्द्रले परम्परागत राजदरवार नारायणहिटी छाडेर बाहिरिए । नेपालको इतिहासमै पहिलो पटक नारायाणहिटी राजदरवारमा पत्रकार सम्मेलन नै गरेर १५ जेठमा बसेको संविधानसभाको पहिलो बैठकको निर्देशन स्वीकार्दै उनले राजगद्धी छाडेको घोषणा गरे ।
१ असार २०६५ मा शाहवंशीय राजाहरुको आवास र कार्यालय रहेको नारायणहिटी दरवार एक सय २२ वर्षपछि जनता मातहत आयो । सो दरवार हाल सर्वसाधारण नागरिकको पहुँचमा पुगेको छ ।
नरायणहिटी दरवारमा भण्डोत्तोलन गर्नुअघि प्रधानमन्त्री कोइरालाले दरवारपसिरमै सैनिक सलामी लिएका थिए । नारायणहिटीमा जनताको छोराले सैनिक सलामी ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।
६ साउन २०६५ पनि नेपालको अर्को ऐतिहासिक दिन हो । कांग्रेस महामन्त्री डा। रामवरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित भए । त्यसअघि ४ साउनमा उपराष्ट्रपति निर्वाचित भएर फोरम उम्मेदवार परमानन्द झाले इतिहास रचिसकेका थिए ।
सभाध्यक्ष निर्विरोध
नयाँ गणतान्त्रिक संविधान निर्माणका लागि जनादेश पाएको संविधानसभाको अध्यक्षमा भने सबै दलबीच एकता देखियो । ९ साउन २०६५ मा एमालेका सुवासचन्द्र नेम्वाङ निर्विरोध अध्यक्ष बने ।
३१ साउन २०६५ मा अर्को इतिहास बन्यो । सो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बने । शसस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएर निर्वाचनका माध्यमबाट प्रधानमन्त्री बन्ने उनी संसारको पहिलो माओवादी नेतासमेत हुन् भने ।
२ भदौमा प्रधानमन्त्री प्रचण्डले शपथ र पदभार ग्रहण गर्दा दौरा सुरुवाल लगाउने यसअघिको परम्परा तोडदै पार्टीलॆ निर्धारण गरेको कोट पाइण्ट र भादगाउँले टोपी लगाएका थिए । २००७ सालयता मुलुकको प्रधानमन्त्रीले राज्यले तोकेको औपचारिक पोशाकभन्दा भिन्न पहिरनमा शपथ लिएको यो पहिलो घटना हो ।
७ भदौमा प्रधानमन्त्री दाहालले यसअघिको परम्परा तोड्दै भारतको सट्टा पहिले चिनको भ्रमण गरे । चीनबाट फर्केपछि २९ भदौमा मात्र प्रचण्ड नयाँ दिल्ली पुगे ।
२४ कात्तिक २०६५ मा भने संविधानसभा बैठकले नयाँ संविधान निर्माणको ढोका खोलिदियो । सो बैठकले करीब साढे पाँच महिनापछि संविधानसभा नियमावलीको टुंगो लगायो ।
अझै त्रास छ दुखद घटनाको
२०६५ एतिहासिक मात्र रहेन् त्रासद पनि बन्यो । २ भदौ राति पूर्वको सप्तकोशी बाँध फ्ट्दा करोडौं क्षति भयो भने मानवीय क्षति पनि त्यत्तिकै हुन पुग्यो । ५ असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीले ६४ जनाको मृत्यु भयो । बाढीले हजारभन्दा बढी विस्थापित भए । कैलालीका दुई नगरपालिका र २५ गाविसमा ५० हजारभन्दा बढी वासिन्दा बिचल्लीमा परे भने २५ हजार भन्दा बढी विस्थापित भए ।
२०६५ सालमा तीन ठुला सवारी दूर्घटना भए । ५ जेठमा दाङमा भएको बस दुर्घटनामा ४५ को मृत्यु भयो । कपिलवस्तुको कृष्णनगरबाट प्युठानको लम्कीतर्फ तीर्थयात्रु लिएर जाँदै गरेको सो बस राप्ती नदीमा खसेको थियो ।
त्यसैगरी १६ साउनमा नेपाली तीर्थयात्री बोकेको एक बस भारतको देहरादुनमा दूर्घटनाग्रस्त हुँदा ३३ जनाको मृत्यु भयो । मृतकमध्ये २५ तीर्थयात्री काभ्रे जिल्ला पनौतीका थिए ।
अर्को हृदय छुने सवारी दूर्घटना नवलपरासीमा भयो । २६ मंसिरमा भएको सो सवारी दूर्घटनामा चितवनका १८ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो ।
बनभोज खाएर रुपन्देहीबाट चितवन फर्कँदै गर्दा सो दूर्घटना भएको थियो । मृतकमा ११ देखि १५ वर्ष उमेर समूहका कलकलाउँदा विद्यार्थी थिए ।
१८ फागुनमा बझाङबाट महेन्द्रनगरतर्फ गइरहेको यात्रुवाहक बस आइतबार बैतडीको सिद्धेश्वरस्थित झौलेकमा दुर्घटनाग्रस्त हुँदा १० यात्रुको मृत्यु भयो ।
२०६५ सालमै दुई पत्रकार जगतप्रसाद जोशी र उमा िसंहको अमानवीय ढंगबाट हत्या गरियो भने आधा दर्जन साचारगृह आक्रमणको तारो बने । जोशी कैलालीका पत्रकार हुन भने िसंह जनकपुरबाट प्रकाशित हुने जनकपुर एफएममा कार्यरत थिइन् ।
कैलालीको मालाखेती गाबिस-३ मालिकाटोल घर भएका जोशी काठमाडौं जाने तयारीमा रहेका बेला २२ असोजमा अत्तरियाबाट बेपत्ता भएका थिए । जोशी र िसंहको हत्याविरुद्ध िसंगो पत्रकार महासंघ आन्दोलनमा होमियो ।
उमाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले उनकी भाउजुलाई पक्राउ गरेका छ ।
६ पुसमा माओवादीनिकट अखिल नेपाल छापाखाना तथा मजदुर संगठनले हिमाल मिडिया प्रालिको कार्यालय तोडफोड गरी सम्पादकसहित आधा दर्जन साचारकर्मी र कर्मचारीलाई कुटपीट गरे । आक्रमणबाट १२ पत्रकार घाइते भएका थिए । माओवादी कार्यकर्ताले आप्का हाउस कान्तिपुर तथा एमाले संवद्ध युथ फोस्रले बीरगाजबाट प्रकाशित हुने अंकुश दैनिकमा आक्रमण गरेका थिए । यसै सरकारले रिपोटस्र क्लबका अध्यक्ष ऋषि धमलालाई हातहतियार खरखजाना र अवैध चन्दा असुलीको अभियोग लगाउँदै पक्राउ गर् यो । उनी २८ चैतमा अदालतको आदेशले तत्कालका लागि थुनामुक्त भए ।

ठुला ठुला विवाद
उपराष्ट्रपतिले दौरा सुरुवाल नलगाई शपथ लिएको पशुपतिनाथमा पुजारी नियुक्ति र नेपाली सेनाको भर्ना विवाद २०६५ सालका चर्चित विवादास्पद घटना बने । त्यसैगरी तत्कालीन भूमिसुधारमन्त्री मातृका यादवले स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेको र मन्त्रीको झन्डा हल्लाउँदै सिरहामा गएर स्थानीयबासीको जग्गा कब्जा गरेको घटनाले पनि ठुलै स्थान पाए ।
सरकारले १३ पुसमा हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरमा ुभट्ट परम्पराु तोड्दै ुपुजारी परम्पराु स्थापित गर्ने निर्णय अन्ततः फिर्ता लिनु पर् यो । सरकारले बासुकीनाथको पूजारीमा शालिकराम ढकाल र पशुपतिनाथ मन्दिरको उत्तर मुख ढोकाको पुजारीमा विष्णुप्रसाद दाहाललाई नियुक्त गरेको थियो । दक्षिण भारतीय भट्टलाई विस्थापित गर्न सरकारले सो निर्णय लिएपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विरोध र सर्वोच्च अदालतले त्यसलाई गलत ठहर गरिदियो ।
त्यसैगरी नेपाली सेनाले गरेको भर्ना छनोटसम्बन्धी विषयलाई लिएर सेना र सरकारबीच द्वन्द्व नै चल्यो । १६ र १७ कात्तिकमा नेपाली सेनाले दुई हजार आठ सय ८४ रिक्त पदपूर्ति प्रकि्रया सुरु गरेको थियो । सोही विवादका कारण आठ सहायक रथिलाई म्याद नथप्ने सरकारको निर्णयलाई चैतको दोस्रो साता सर्वोच्च अदालतले उल्टाइदियो ।
१७ फागुनमा सरकारमा सहभागी पाँचदलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले पुरानो निर्णयलाई मान्यता दिँदै नयाँ सैन्य भर्ना रोक्ने निर्णय गर् यो ।
२० फागुनमा न्ोपाली सेनाले गरेको सैन्य भर्ना प्रकि्रया रोक्ने या नरोक्ने विषयमा अन्तरिम आदेश जारी गर्नेबारे सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझियो । न्यायाधीश वलराम केसीले सैन्य भर्ना प्रकि्रया सम्पन्न भइसकेकाले प्रकि्रया रोक्न यसअघि अदालतले दिएको अन्तरिम आदेश खारेज हुने फैसला सुनाए भने र अवधेशकुमार यादवले सेनाले गरेको भर्ना प्रकि्रया शान्ति सम्झौताविपरीत रहेको ठहर सुनाउँदै यसअघि सर्वोच्चले नै भर्ना रोक्न दिएको आदेश जारी रहने फैसला सुनाए ।
सोही दिनदेखि माओवादी जनसेनाले समेत नयाँ भर्ना सुरु गर् यो । सो विवाद यति संवेदनशील बन्यो कि २५ फागुनमा अमेरिका बेलायत तथा प्रुान्सका नेपालस्थित राजदूतहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग सामूहिक भेटे ।
त्यसलगत्तै बसेको नेपाली सेना र जनसेनाबीच समायोजन गर्न गठित विशेष समितिले दुवै सेनालाई तत्काल भर्ना प्रकि्रया रोक्न निर्देशन दियो । त्यसको पसर्िपल्ट २७ फागुन जनसेनाले सैन्य भर्ना स्थगित गर् यो ।
नेपाली सेनाका आठ सहायकरथीलाई अवकाश दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न ११ चैतमा सर्वोच्च अदालतले आदेश दियो ।सहायकरथीहरुलाई अवकाश दिँदा पदावधि थप नहुने आधार र कारण नखुलाइएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सरकारका नाममा सो अन्तरिम आदेश दिएको थियो ।
सेना-जनसेना विवाद खेल क्षेत्रमा पनि देखियो । राष्ट्रिय खेलकुद प्रतियोगितामा नियमविपरित जनसेनालाई सहभागी गराइएको भन्दै २५ चैतमा नेपाली सेनाको टोलीले ६ खेल बहिस्कार गर् यो ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएर संविधानविपरित कार्य गरेको जिकिर गर्दै त्यसलाई बदर गर्नुपर्ने मागसहित १० साउनमा सर्वोच्च अदालतमा रिट पर् यो । सोही प्रकरणमा आन्दोलन चर्कन थालेपछि नेपालको अन्तरिम संविधानविपरीत विदेशी भाषा प्रयोग गरी शपथ लिएको ठहर गर्दै एमालेले झाको राजिनामा माग्यो । मधेशवादी दलले भने त्यसलाई सही ठहर गरे ।
संविधानसभाकै बैठकमा मधेशवादी र गैरमधेशवादीबीच रस्साकस्सी चल्यो । वरिष्ठ माओवादी नेता डा। वावुराम भट्टराईले उपराष्ट्रपति जस्तो पदमा आसिन व्यक्तिले अन्य भाषामा सपथ लिएर राष्ट्रियता खतरामा पार्ने काम गरेको बताए ।
१३ साउनमा सर्वोच्च अदालतले उपराष्ट्रपति झासँग हिन्दी भाषामा सपथ लिनुपर्नाको कारणसहित लिखित जवाफ माग गर् यो । सोही दिन बसेको व्यवस्थापिका संसदको बैठकले सार्वजनिक सुरक्षा र साप्रदायिक सद्भावका लागि प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिनु पर् यो । त्यसको भोलिपल्ट उपराष्ट्रपति झाले राष्ट्र भाषा नेपालीलगायत सम्पूर्ण राष्ट्रिय भाषाहरुलाई आफूले समान रुपले सम्मान गर्ने वताउँदै विज्ञप्ति जारी गरे ।
सुखद पक्ष पनि छन्
चार वर्षअघि आतंककारी समूहद्वारा इराकमा मारिएका १२ नेपालीका परिवारलाई क्षतिपूर्तिस्वरुप मासिक दुई सय ३३ अमेरिकी डलर आजन्म उपलब्ध गराउन एक अमेरिकी अदालतले ९ जेठमा अमेरिकाको श्रम विभागलाई आदेश दियो । अमेरिकाको प्रशासकीय कानुन अदालतले दिएको आदेशमा बालबच्चा भएका मृतकको परिवारलाई मासिक थप ७५ डलर उपलब्ध गराउन भनिएको छ ।
२० अगस्ट २००४ मा अन्सार अल सुन्ना नामक शसस्त्र इस्लामिक विद्रोही समूहले धनुषाका संजयकुमार थापा ललन िसंह बुधन साह र मनोज ठाकुर उदयपुरका राजेन्द्र श्रेष्ठ ललितपुर लेलेका १९ वर्षीय रमेश खड्कालगायत १२ नेपालीको निर्ममतापूर्वक हत्या गरेको थियो ।
त्यस्तै एक फिलिपिनो महिलाको हत्या गरेको आरोपमा कुवेती जेलमा रहेकी सिन्धुपाल्चोक गुम्बा- ८ घर भएकी २७ वर्षीय डोल्मा शेर्पालाई कुवेती अदालतले ८ पुसमा मृत्युदण्डको सजायबाट मुक्त गर् यो ।
घरेलु कामदारका रुपमा १० नोभेम्बर २००५ मा कुवेत पुगेकी उनी मोहम्मद अब्राहिम मोहम्मद अल्दारीको घरमा घरेलु कामदार थिइन् । उनीमाथि सोही घरमा कार्यरत अर्की एक फिलिपिनो कामदार महिलाको हत्या अभियोग लागेको थियो । गत वर्ष उनलाई सोही अभियोगमा कुवेतको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । उनी करिब डेढ वर्षदेखि कुवेतको जेलमा छिन् ।
सरकारको पहलमा केही महिनाअघि मात्र हत्या भएकी फिलिपिनो महिलाको परिवारले शेर्पाको तर्फबाट १० हजार अमेरिकी डलर ुब्लड मनिु लिएर मुद्दा फिर्ता लिन स्वीकार गरेपछि उनी मृत्युदण्डको सजायबाट बच्ने आधार बनेको थियो ।
बेलायतमा आवासीय अधिकार माग गर्दै दायर गरिएको मुद्धामा त्यहाँको उच्च अदालतले १४ असोजमा पूर्वगोरखा सैनिकको पक्षमा फैसला सुनायो । फैसलापछि सबै गोरखाले अब बेलायत आउने निशुल्क स्वास्थ्योपचार गराउने काम गर्ने र बेलायतमा बसोबास गर्दा मात्र पाउने सरकारी आर्थिक सहायतासमेत पाउने छन् ।
करीब दुई हजार पूर्व गोरखा सैनिकले बेलायतको आवासीय भिसाका लागि काठमाडौैँ मकाउ र हङकङबाट गरेको आवेदनलाई बेलायतले अस्वीकार गरेपछि उनीहरुले कानुनी लडाइँ सुरु गरेका थिए ।
२०६५ सालमै पूर्वी तथा मध्य तराईमा सशस्त्र संघर्षरत् मधेशी भाइरस किलस्र तराई संयक्त जनतान्त्रिक पार्टी नेपाल र जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूह र सरकारबीच वार्ता भयो । सो वार्ताले तराईमा भइरहेका िहंसात्मक गतिविधिमा केही कमी आएको छ ।
९ जेठ २०६५ मा १८औं पटक विश्वको सर्वोच्च शिखर चुमेर ४८ वर्षिय आप्पा शेर्पाले कीर्तिमान थपे भने १२ जेठमा ७८ वर्षीय वृद्ध मीनबहादुर शेरचनले नयाँ विश्व किर्तिमान बनाए । सो विजयसँगै उनी संसारकै सबैभन्दा वृद्ध सगरमाथा आरोही बने । यसअघि ७१ वर्षीय जापानी आरोही कात्सुके यागीसावाले सो किर्तिमान बनाएका थिए ।
विदेशी चासो
वर्ष २०६५ मा नेपाल विदेशीहरुको चासोको केन्द्र बन्यो । १६ कात्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन आएर २२ घण्टा नेपालमा रहे ।
११ मंसिरमा आएका भारतीय विदेश मन्त्री प्रणव मुर्खर्जी तीन दिन भेटवार्तामा व्यस्त बने । २ मंसिरमा भारतका पूर्वराष्ट्रपति डा। एपिजे अब्दुल कलाम आए । उनले ुसमाज रुपान्तरणको गति विज्ञानु विषयक प्रवचन दिए । ९ मंसिरमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको आदिवासी जनजातिको मानवअधिकार तथा मौलिक स्वतन्त्रतासम्बन्धी विशेष प्रतिवेदक एस जेम्स अनाया आइपुगे । त्यस्तै डेनमार्कका विदेशमन्त्री डा। पर स्टीग मोलर पनि नेपाल आएका थिए ।
चिनियाँ विदेशमन्त्री याङ जिची पनि तीन दिने भ्रमणका क्रममा १७ मंसिरमा काठमाडौं आइपुगे । त्यसअघि चीनियाँ जनमुक्ति सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मा जियासियान आएका थिए ।
राष्ट्रसंघीय महासचिव वान कि मुनका बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी विशेष प्रतिनिधि राधिका कुमारास्वामी अघिल्लो दिन नै आइपुगेकी थिइन् ।
२२ माघमा फिनिस वैदेशिक व्यापार तथा विकासमन्त्री डा। पाभो भेरिनेन आए ।
२९ माघमा अर्को शक्तिराष्ट्र अमेरिकाका सहायक विदेश मन्त्री रिचर्ड बाउचरले नेपाल भ्रमण गरे ।
६ फागुनमा दुई दिवसीय नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव शिवशंकर मेनन काठमाडौं आइपुगे ।
१९ फागुनमा श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे तीनदिने नेपाल भ्रमणमा आए । तर पाकिस्तानको लाहोरमा श्रीलंकाली राष्ट्रिय कि्रकेट टोलीका खेलाडीहरुमाथि आतंकवादी आक्रमण भएपछि राष्ट्रपति राजपाक्षे भ्रमण अवधि छोट्याएर भोलिपल्टै स्वदेश फर्किए । गणतन्त्र स्थापना भएपछि नेपाल भ्रमणमा आउने राजपाक्षे पहिलो राष्ट्राध्यक्ष हुन् ।
५ चैतमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नवनिथम पिल्लेको आगमन भयो ।
१८ चैतमा बेलायतका अन्तर्राष्ट्रिय विकास मन्त्री माइक फोस्टर तीन दिने नेपाल भ्रमणका क्रममा मंगलवार काठमाडौं आए ।

काम एक नाम अलग
नयाँ वर्ष संसारभर मनाइन्छ । तर यसका नाम र मिति भने हरेक देशमा अलग अलग छन् । नेपालमा विक्रम संवतको सुरुआतलाई नयाँ वर्षको रुपमा मनाइन्छ भने अधिकांश देशले इस्वी सन्का आधारमा नयाँ वर्ष गणना गर्छन् ।
नेपालमा पनि लोकतन्त्र आएपछि नयाँ वर्ष परिवर्तन गर्ने चर्चा चले पनि त्यसप्रति आममानिसको सहमति बन्न सकेको छैन । वर्तमान माओवादी नेतृत्वको सरकारले इश्वी सन्का आधारमा नयाँ वर्ष सुरुवात गर्ने प्रस्ताव गरेको थियो । संस्कृतिमन्त्री गोपाल किरातीको सो प्रस्तावलाई राज्य संयन्त्र र ज्योतिषविद्हरुले अस्वीकार गरेपछि त्यो चर्चा सेलाउँदै गएको हो ।
मन्त्री किरातीको प्रस्तावलाई देशको आर्थिक नीति निर्माण गर्ने अर्थ मन्त्रालयले नै अस्वीकार गरेको थियो । नेपालमा असारसकिएपछि आर्थिक वर्ष सुरु हुन्छ । इस्वी संवत् कार्यान्यन गर्दा आर्थिक वर्ष प्रभावित हुने तर्क गर्दै अर्थ मन्त्रालयले सो प्रस्ताव अस्वीकार गरेका हो ।
यद्यपि नेपालका विभिन्न जाति तथा समूदायले भने आफ्नै तरिकाले अलग नयाँ वर्ष मनाउँदै आएका छन् । सरकारी क्यालेन्डरमा १ बैशाखलाई नयाँ वर्ष मानिएपनि नेवार समूदायले नेपाल संवत्का आधारमा नयाँ वर्षको गणना गर्छन् भने शेर्पा समूदाय ल्होछारलाई नयाँ वर्षको सुरुवात भन्छन् ।
नयाँ वर्षका उपलक्ष्यमा एकले अर्कालाई शेभकामना दिने भाषा पनि देशअनुसार अलग छ । नेपाली भाषीले ुनव वर्षको शुभकामनाु भनेर नयाँ वर्षको आगमनप्रति हर्ष मनाउँछन् भने अंग्रेजी बोल्ने देशमा ुह्याप्पी न्यू ईयरु भनिन्छ । चिनियाहरुले ुसिन येन हाओु भन्छन् भने ल्याटिन अमेरिकी देशहरुमा ुवी आउस अनुस सिबुसु भनेर नयाँ वर्षको अभिवादन साटासाट गरिन्छ ।
तामील भाषीहरुले चाहिँ ुवधु वर्ष वाफम्ु भन्छन् भने फारसी भाषीले ुसालेनो मुवारक वासदु उच्च्ाारण गर्छन् । त्यसैगरी भारतको गुजरातीहरुले ुनउ वर्ष सफल थाओु भनेर नयाँ वर्षलाई स्वागत गर्छन् । बंगालीहरुले ुसुखी नूतन वन्सरु भन्छन् भने जर्मनहरुले ग्लूक िसंच न्यू जाहर भनेर नयाँ वर्ष आगमनको सूचना दिन्छन् । प्रुेन्चहरुले ुन्यू होरा वाओु अरबीहरुले आल साले नै बोखरेवल मिलन आई दिनु भनेर शुभकामना साट्छन् ।
नेपालमा नेवारी समूदायले ुन्हूगु दँया भिन्तुनाु भन्छन् भने संस्कृत भाषामा यसलाई नूतन वर्षमम् सुखम भवन्ति भनिन्छ ।

तरीका फरक फरक
विभिन्न देशमा आ-आफ्नो संस्कृति र परम्पराअनुसार नयाँ वर्ष मनाउने तरीका पनि फरक फरक छ । ती सबै शैलीमा एउटै विषयमा मात्र समानता पाइन्छ त्यो हो-नयाँ वर्षको आगमन भनेको खुसियाली हो । यस अवसरमा दीर्घ जीवन दीर्घ शान्ति र सुखमय जीवनको कामना गरिन्छ । नयाँ वर्षको उपलक्ष्यमा आफन्तलाई उपहार दिने प्रचलन पनि अधिकांश मुलुकमा छ ।
भारतमै पनि नयाँ वर्ष मनाउने शैलीमा एकरुपता छैन । १ जनवरीलाई भारतीयहरुले नयाँ वर्षको रुपमा मनाएपनि कुमाउ-गढवालमा पहेँलो लुगा लगाएर आफन्तलाई उपहार दिइन्छ । आसाममा भने पशुबलीको प्रचलन छ । नयाँ वर्षका अवसरमा आसाममा धुमधामसँग पुजाआजा गर्ने प्रचलन छ ।
भारतकै पाजाव प्रान्तमा झाँगड नृत्य देखाइएन भने नयाँ वर्ष आएको मानिँदैन । राजस्थानमा मीठा मीठा परिकार बनाएर खाने ख्वाउने गरिन्छ । बिहारमा भने नयाँ वर्षको बाहनामा वर्षमा एक पटक भएपनि महिलाको महत्व स्थापित गरिएको छ । त्यहाँ नयाँ वर्षका दिन महिलाहरु अन्नको माला र बाला हातमा लगाउने परम्परागत चुरा लगाएर सामूहिक गीत गायनमा सहभागी हुन्छन् ।
नयाँ वर्षको दिन अर्थात् १ जनवरीमा भारतक मूम्बई पुग्ने जोकोहीले पनि त्यहाँका हरेक घरको छतमा रंगीबिरंगी ध्वजापताका देख्न सक्छन् । नयाँ वर्ष आएको सूचित गर्न मूम्बईबासीले आफ्नो घरको छत रेशमी ध्वजापताका र रंगीबिरंगी फुलले सजाउँछन् । बंगालमा चाहिँ देवी देवताको पुजाअर्चना र नाचगान गरेर नयाँ वर्ष मनाइन्छ ।
नयाँ वर्षका दिन बेलायतमा सेता परेवा उडाएर विश्व शान्ति र भातृत्वको कामना गरिन्छ भने भ्याटिकन सिटीमा चर्चको हातामा आयोजित विशेष समारोहमार्फत् ठुलो केक काटेर बाँडिन्छ । कोरियालीहरुमा नयाँ वर्षले आयु थप्ने विश्वास छ । नयाँ वर्ष मनाउँदा हरेक कोरियालीको एक वर्ष आयु थपिन्छ भन्ने जनविश्वासका आधारमा त्यहाँ नयाँ वर्ष मनाउन बाँकी कोही रहँदैन ।
१ जनवरीमा नयाँ वर्ष मनाउन कोरिया सरकारले अघिल्लो र पछिल्लो दिन गरी तीन दिन सार्वजनिक बिदासमेत दिन्छ । नयाँ वर्षमा कोरियालीहरुले चामलको रक्सी र तम्बुका नाम गरेको परम्परागत रोटी खाने चलन छ ।
पोचूगलमा नयाँ वर्षको उपलक्ष्यमा साँढे जुधाएर मनोरन्जन गर्ने प्रचलन छ । सो भीडन्तमा जसको साँढेले जित्छ उसलाई पुरस्कृत गरिन्छ । नयाँ वर्षमा साँढे जुधाएर पुरस्कार पाउन पोर्चूगलबासीले एक वर्षअघिदेखि साँढेको पालनपोषणमा विशेष ध्यान दिन्छन् ।
नयाँ वर्ष मनाउने अपि्रुकीहरुको शैली भने अचम्मको छ । त्यहाँ नयाँ वर्षका दिन सामूहिक विवाह गरिन्छ । त्यसदिन बिहे गर्दा दाम्पत्य जीवन सुखमय रहन्छ भन्ने जनविश्वास अपि्रुकीहरुमा छ । इन्डोनेसियामा ुगोलुलमु भनिने नयाँ वर्षमा नयाँ लुगा लगाउने मीठो खाने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । म्यान्मारमा भने नयाँ वर्षलाई ुविजानु भनिन्छ । विजानका अवसरमा त्यहाँ बुद्धको विशेष पुजा गरिन्छ । वर्षैदेखि सेनिक तानशाही र राज्यिहंसाबाट आक्रान्त बर्मेलीहरु नयाँ वर्षमा विश्व शान्तिको कामना गर्छन् । थाइलेन्डबासीहरु नयाँ वर्षको दिन बिहानैदेखि घर र टोलको सरसफाइमा जुट्छन् र दिउँसो बुद्धको पुजा गर्छन् । साँझ भने दिपावली गर्ने प्रचलन छ ।
अष्ट्रेलियामा भने सामूहिक भोजको आयोजना गरिन्छ । त्यहाँ दिनभर शुभकामना साटासाट गरेर नयाँ वर्ष मनाइन्छ । जर्मनीमा भने नयाँ वर्षका दिन भविष्य हेरिन्छ । सो परम्परा वर्षौदखि प्रचलनमा रहेको छ । जर्मन नागरिकहरु नयाँ वर्षको दिन बिहान पानीले भरिएको धातुको भाँडामा मुद्रा खसाएर आफ्नो भविष्य हेर्छन् । त्यहाँ पहिले काठको टुक्रामा शुधकामना लेखेर आफन्त तथा साथीभाइलाई बाँडिन्थ्यो भने पछि कागज प्रयोग गर्न थालियो । अहिले भने कार्ड छपाएर शुभकामना साटासाट गरिन्छ ।
मंगोलियामा रातभर जाग्राम गरेर नयाँ वर्षको स्वागत गरिन्छ । भोलिपल्ट मान्यजनबाट आर्शिवाद ग्रहण गरेपछि नयाँ वर्ष सकिन्छ । खाडी राष्ट्र कुवेतमा दीपावली र नाचगान गरिन्छ । जापानीहरु भने त्यसदिन हरियालीको विशेष अभियान नै चलाउँछन् । एक व्यक्ति कम्तीमा एक रुख भन्ने मान्यताअनुरुप जापानीहरु त्यसदिन बिरुवा रोप्छन् । बुद्धको पुजा चंगा उडाउने र फूल सजाउनेमा पनि जापानीहरुबीच तँछाडमछाड चल्छ ।
क्यानडामा रंगिचंगी पहिरन लगाएर नाचगान र दीपावली गरिन्छ । चीनमा भने नयाँ वर्षलाई प्रेम दिवसका रुपमा पनि मनाइन्छ । त्यसदिन चिनिया युवायुवतीहरु सुनौलो रुपमामा शुभकामना लेखेर एकअर्कालाई दिन्छन् र प्रेमको प्रस्तावसमेत राख्छन् । पहिले त्यस्तो शुभकामना तामाको सिक्कामा कुँदिन्थ्यो । इजिप्टमा पनि नयाँ वर्षलाई प्रेमको प्रतीक मानिन्छ । इजिप्ट युवायुवतीहरु त्यसदिन दुई वटा पात गाँसेर त्यसमा शुभकामना लेख्छन् र आपसमा साटासाट गर्छन् । पहिले भने वास्नादार अत्तरको सिसिमा शुभकामना लेख्ने चलन थियो । संयुक्त राज्य अमेरिकामा चाहिँ यसलाई राष्ट्रिय पर्व नै मानिन्छ । त्यसदिन राष्ट्रपतिले नागरिकका नाममा विशेष संबोधन गर्छन् ।
नयाँ वर्ष कसको कहिले
भारत
पन्जाब-१३ वा १४ अपि्रल
आसाम र बंगाल-१४ वा १५ अपि्रल
गुजरात-कात्तिक शुक्ल प्रतिपदा
आन्ध्र प्रदेश र कर्नाटका-चैत्र शुक्ल प्रतिपदा
सिक्किम-१०औं महिनाको १८औं दिन
महाराष्ट्र-१ चैत
तमिलनाडु-१३ र १४ अपि्रल
इन्डो-यूरोपेली भाषी-१ नोभेम्बर
बाही भाषी-२१ मार्च
इजिप्ट-७ जनवरी
स्कटल्यान्ड-११ जनवरी
पूर्वी अर्थोडक्स-१४ जनवरी
तिब्बत-जनवरीको अन्त्य वा फ्ब्रुअरीको पहिलो साता
भियतनाम-१७ जनवरीदेखि १९ फेब्रुअरीको बीचमा
इरान-२१ मार्च
श्रीलंका-१४ अपि्रल
कम्बोडिया र थाइल्यान्ड-१३ देखि १५ अपि्रल
अर्मेनिया-९ जुलाई
मलाया-अगस्टको पूर्णचन्द्रका दिन
अर्थोडक्स कि्रस्चियन-१ सेप्टेम्बर
अपि्रुका-१० सेप्टेम्बर
इथियोपिया-११ सेप्टेम्बर
मोरक्को-३ अक्टोबर

journalistmohan@yahoo.com