Thursday, April 16, 2015

तीन राजाका तीन शैली

महेन्द्रसँग पहिलो भेट
मैले अलाहावाद यूनिभसर्िटीमा ग्रेजुएट गरेको हुँ । त्यसभन्दा अगाडि १९९३÷९४ सालतिर काठमाडौंमा आएर पढेको थिएँ । यहीँबाट एसएलसी पास गरेर अलाहावाद गएको हुँ । त्यहाँबाट आएपछि गाउँमै बस्ने विचार गरेँ । गाउँमै सामाजिक काम गर्ने उद्धेश्यले मेरो जन्मथलो धनकुटाको मुगामा करिब ३-४ वर्ष बसेँ । त्यसैबेला राजा महेन्द्रको पूर्वी भ्रमण हुने भयो । त्यो पैदल भ्रमण धुलिखेलबाट सुरु भएर धनकुटामा सकिने थियो ।

मेरो घरबाट करिब एक घण्टामाथि आएपछि पाखि्रबास भन्ने भन्ज्याङबाट हिले हुँदै धनकुटा झर्ने सवारीको रुट थियो । पाखि्रबास त्यसबेला मुगा गाउँ पाचायतमै पथ्र्यो । पछि मात्र मुगा र फाङ्दुवा गाउँ पाचायत अलग गरिएको हो । मैले मेरो गाउँको तर्फबाट पाखि्रवासमा राजालाई स्वागत गर्ने अभिभारा उठाएँ । मैले तयारी पनि भव्य गरेँ । माच पनि ज्यादै भव्य थियो । दुईवटा ढोका त्यस्तै थिए । लेकको ठाउँ झ्याउ जति भने पनि पाइने । त्यही झ्याउ र बाँसको प्रयोग गरेर मैले बनाएको रेलिङ भएको खरको छानोको त्यो माच अन्यत्रको भव्य थियो ।

तल लेगुवा घाटबाट आउँदा उकालो सकिने ठाउँमा मैले माच बनाएको थिएँ । त्यहाँबाट बेलुकाको राजाको बास अलि पर १५-२० मिनेट पैदल दुरीमा पर्ने फाङ्दुवा भन्ने ठाउँमा थियो । अपरान्हतिर राजाको सवारी भयो । हाम्रो माचमा अभिनन्दनपत्र चढाउने र स्वागत गर्ने काम सकियो ।

नगेन्द्रप्रसाद रिजाल पनि धनकुटाकै । उहाँले हिलेमा स्वागत गर्ने जिम्मेवारी लिनुभएको थियो । नगेन्द्रजी हामीभन्दा आर्थिकरुपमा सम्पन्न र गाउँमा नाम चलेको पनि तर हिले र पाख्रीबासको माचको तुलना हुँदा मेरै राम्रो ठहरियो । मैले र मेरो काका मिलेर जुन ढंगको स्वागत गर् यौ त्यस्तो हिलेमा भएनछ भन्ने मलाई पछि थाहा भयो ।

भ्रमण दलमा सामेल राजाका सचिवहरु आर्मी अफिसस्रहरु प्रभावित भएछन् । राति क्याम्पमा पुगेपछि स्थानीय मानिसलाई भेट दिने चलन थियो । स्वाभाविकरुपमा पनि म त्यसमा परेँ । राजासँग पहिलो प्रत्यक्ष चिनाजानी त्यहीँ भयो । मेरो घर परिवार र पढाइको बारेमा मौसुफले जिज्ञासा राखिबक्स्यो । मेरो माच सजावटबाट पनि मौसुफ प्रभावित होइबक्सेको रहेछ । त्यसमाथि म गे्रजुएट अलिअलि भारतको राजनीति पनि बुझेको काठमाडौंसँग पनि अनभिज्ञ नरहेका कारण शायद राजा मबाट प्रभावित होइबक्सेको हुनसक्छ । मलाई राजाले ुतिमी काठमाडौं आउँछौु भनेर सोधनी भयो । मैले भने ुआउँछु सरकार ।ु राजाबाट ुकाठमाडौं आएका बेला खबर गर्नु म तिमीलाई भेट्छु भनिबक्स्यो । केही समयपछि म काठमाडौं आएँ र दरवारमा खबर गरेँ । दोस्रो पटक राजासँग भेट भयो ।

जिम्मेवारीको क्रम

काठमाडौंमा आएपछि राजासँग अलि विस्तृत कुराकानी भयो । यकिन तिथिमति त थाहा भएन तर त्यसबेला टंकप्रसाद आचार्य प्रधानमन्त्री हुनुहुन्थ्यो १७ सालभन्दा अघिकै कुरा हो ।

गाउँमा भिजेको हुनाले सल्लाहकारको चुनावमा भाग लिएर मैले जितेँ । विभिन्न इक्वेसनले गर्दा म सल्लाहकार समितिको अध्यक्ष पनि भएँ । त्यसपछि त राजासँग पदीय सम्बन्ध पनि बढ्यो । एउटा त राजाको दृष्टिकोणमा परेको व्यक्तिमध्ये म पनि थिएँ । त्यसपछि संसद्को चुनाव भयो । माथिल्लो सदन बन्ने भयो । त्यसलाई महासभा भनिन्थ्यो । त्यसमा १७-१८ जना मनोनित भए । म पनि मनोनितमा परेँ । राजाले मलाई नसोधिकन महासभा सदस्य मनोनित गरिबक्सेछ । मैले नस्वीकार्ने कुरै भएन ।

त्यसपछि मात्र मैले मेरो योग्यता र क्षमता देखाउने मौका पाएँ । त्यसबेला वीपी कोइराला प्रधानमन्त्री सुवर्ण शमशेर उपप्रधानमन्त्री र सूर्यप्रसाद उपाध्याय गृहमन्त्री हुनुहुन्थ्यो । राजाबाट मनोनित भएकाहरु सरकारको विरोध गर्नुपर्छ भन्नेमा थिए । एक किसिमले भन्दा उनीहरु प्रतिपक्ष जस्तो भूमिकामा देखिए । त्यसको नेतृत्व दिलबहादुर श्रेष्ठ र भरतमणिले लिएका थिए । मनोनित जस्तो विरोधमा त्यसबेलाको विपक्षी पार्टी गोर्खा परिषद पनि थिएन ।

मैले सोचेँ-यो त भएन । मैले जानेको राजनीतिशास्त्रअनुसार त मनोनितहरु पार्टीका कार्यकर्ता जस्तो देखिनु राम्रो होइन । हाम्रो काम त वस्तुवादी भएर पक्ष र विपक्षमा उभिनुपर्ने हो । मनोनितहरुको मिटिङमा पनि मैले यो कुरा उठाएँ । उनीहरुले मलाई अनेक मनाउने प्रयास गरे तर मैले मानिन । मेरो तर्क थियो ुराजा त कुनै पार्टीको पक्षधर होइन निश्पक्ष हुनुपर्छ । अनि हामी मनोनित किन एकपक्षीय हुने त्यसको सिधा असर त राजालाई पर्ने भो ।ु हामी त व्यक्तिगत प्रतिनिधित्व गर्ने विशेषज्ञ पो हौं त भन्ने मान्यता मेरो थियो । मैले पूर्वाग्रबिना ठीकलाई ठीक भनेर समर्थन गर्ने र बेठीकको विरोध गर्ने भूमिका निभाउने नीति लिएँ ।

मैले त्यसबेला खुबै पढेँ पनि । बिहान या बेलुका साइकल लिएर महासभामा प्रस्तुत गरिएका विधेयक लिएर चिनेका न्यायाधीशको घरमा पुग्थेँ । र उनीहरुबाट सल्लाह लिन्थेँ । त्यही कुरा महासभा बैठकमा उठाउथेँ । त्यसले गर्दा मेरो क्षमता पनि बढ्यो । मेरो बहस तयारीसहितको र प्रभावकारी पनि हुन्थ्यो ।

एकपटक महासभामा करसम्बन्धी एउटा प्रस्ताव आयो सरकारका तर्फबाट । अरु कसैले पत्ता लाउन सकेनन् । मैले गल्ती पक्रेँ । यदि त्यो विधेयक फेल भएको खण्डमा पहिले लिएका सबै कर फिर्ता गर्नुपर्ने स्थिति आउने थियो । मैले त्यो विषय उठाएँ विधेयक त्रुटीपूर्ण छ भनेर । होराप्रसाद जोशी गृह सहायकमन्त्री ले मलाई विरोध नगर्न दवाव दिन थाले । मैले पनि उनलाई र् याखर् याख्ती पारेँ । संसद्मै उभिएर मेरो प्रश्नको जवाफ एक÷दुई दिनपछि दिन्छु भन्न जोशी बाध्य भए ।

त्यसको दुई-तीन घण्टापछि मलाई प्रधानमन्त्री बस्ने संसद्को च्याम्बरमा बोलाइयो । िसंहदरवारमा रहेको अहिलेको संसद् त्यसबेला ग्यालरी बैठक भनिन्थ्यो को पछाडिपट्टि प्रधानमन्त्रीको च्याम्बर थियो । त्यहाँ प्रधानमन्त्री उपप्रधानमन्त्री र गृहमन्त्री बसेका रहेछन् । मलाई प्रधानमन्त्री विपी ले भन्नुभयो ुतपाईले संसदमा उठाएको कुरा सही छ हामीले गल्ती गरेछौं तर तपाईले भनेबमोजिम गर्दा विधेयक फेल हुन्छ विधेयक फेल हुँदा राज्यले उठाएका सबै कर फिर्ता गर्नुपर्ने हुन्छ । अब तपाई नै भन्नुस् के गरौं ु

मैले पनि यसो सम्झेँ ुसरकारको नियत खराब त होइन कहिले काहीँ काम गर्दै जाँदा गल्ती हुन्छ ।ु मैले आउँदा दिनमा यस्ता गल्ती नदोहोर् याउनु होला भनेर विरोध नगर्ने वचन दिएँ । त्यसपछि त विधेयक पनि पास भयो । कसैको विरोध पनि रहेन ।

अर्को विवादस्पद विषय संसद्मा आयो । भारतसँग डाल्डा आयात गर्ने विषय । त्यसमा चाहिँ मैले मानिन र सरकारले त्यो विधेयक फिर्ता लानु पर् यो । मेरा यी सबै कामका विषयमा राजालाई जानकारी नहुने कुरै भएन । प्रधानमन्त्री उपप्रधानमन्त्री र सरकारका अरु मन्त्री तथा राजाबाटै मनोनित महासभा सदस्यहरुले त मेरो कुरा पुर् याइहाल्थे । राजाको आफ्नै स्रोतबाट पुग्ने सूचना त छँदैथियो ।

विशेषगरी प्रधानमन्त्री र उपप्रधानमन्त्रीले मेरोबारेमा पोजिटिभ कुरा लाँदा रहेछन् । मनोनित अरु विपक्षी जस्तो व्यवहार गर्छन् तर सूर्यबहादुर एकजना चाहिँ ुअब्जेक्टिभु छ भन्ने जानकारी सरकारमा बसेकाहरुले दिँदा रहेछन् । मलाई उनीहरुले धेरै मेहनत गर्ने सदस्य भनेर तारिफ पनि गर्दा रहेछन् ।

मैले राजासँग भेट्दा मनोनितको पाजिसन क्लियर गर्नुपर्छ भने । हर कुरामा विरोध गर्दा राजा तटस्थ छैनन् भन्ने सन्देश जान्छ । सिद्धान्ततः पनि मनोनितहरु अब्जेक्टिभ हुनुपर्ने हो भनेपछि राजाको सहमति रह्यो । हेड अफ द स्टेटले मनोनित गरेका सदस्यहरु त तटस्थ नै हुनुपर्छ भन्ने राजाको भनाइ थियो ।

मनोनितहरुले चाहिँ मेराविरुद्ध उजुरी गरेका रहेछन्-सूर्यबहादुर कांग्रेसतिर ढल्क्यो भनेर । राजाबाट मलाई अरु मनोनितलाई सम्झाउन हुकुम पनि भयो तर मैले ुसरकार स्वयम्ले सम्झाइबक्सनु पर्छु भनेँ ।

म काम गर्ने र मेहनती मान्छे हुँ भन्ने यिनै कुराले राजामा पर् यो । मप्रति राजामा पहिलो प्रभाव धनकुटा सवारीमा भएको रहेछ र दोस्रो पार्लियामेन्टको फंक्सनका क्रममा भएको थियो ।

पाचायत सूरु भयो । मलाई पुनः मन्त्रीका लागि बोलाइयो । २०१७ सालको घटनालगत्तै बनेको पहिलो मन्त्रिपरिषद्मा म सामेल भएँ ।

अब प्रश्न उठ्छ म कसरी त्यसमा सामेल भएँ नेताहरु सबै पक्राउ परिसकेका थिए । मेजर एक्सन भइसकेपछि एकदिन म डेरा बसेको ठाउँ बालुवाटार मा एकजना जर्नेल आए । उनले मलाई ुतपाई अन्डरएरेस्ट हुनु भयो मसँग हिँड्नुस्ु भने । अलि पर गएपछि मैले ुगलबन्दी बिसे्रंछु भनेँ । उसले अर्को सिपाहीलाई मेरो गलबन्दी लिएर आउन अह्रायो तर मलाई छाडेन ।

बेलुकाको समय थियो । मलाई कहाँ लाने पनि भनिएन । मलाई लाग्यो ुथुनामा परेँु । तर नक्साल नागपोखरीबाट आर्मीको जबरजस्त चेकपोस्ट हुँदै मलाई जीपमा हालेर नारायणहिटीतिर पो लगियो । ुकिन यताु भनेको त स्वाट्टै दरवारभित्र हुल्यो । मेरो चिन्ता अलि हलुका भयो । किनभने मैले निश्चित गरिसकेको थिएँ मलाई थुन्न लगेको चाहिँ होइन रहेछ । तर यसबेला दरवार किन लगियो भन्ने खुल्दुली चाहिँ थियो ।

सिधा एक नम्बर बंगलोमा लगेर मलाई राखियो । त्यहाँ राजा महेन्द्र होइबक्सँदो रहेछ । मलाई ुबसु भन्दै हुकुम भयो ुतिमीलाई लिन जानेले मिसबिहेभ त गरेन हैन ु मैले छैन सरकार भनेँ । फेरि राजाबाट हुकुम भयो ुतिमी मसँग बसेर काम गर्नुपर्छ के भन्छौं ु मैले साथ दिनु जाति हुन्छ भन्ठानेर सक्दो सेवा गर्न तयार छु भनेँ । त्यति भनिसकेपछि अरुसँग पनि सल्लाह गरेर म त्यसको प्रबन्ध गर्छु भन्ने हुकुम राजाबाट भयो । त्यहाँ गएपछि मात्र मैले डा। तुलसी गिरीले पनि राजालाई समर्थन गरेका रहेछन् भन्ने थाहा पाएँ ।

त्यसको भालिपल्ट म पुनः दरवार गएँ । डा। गिरीलाई पनि ल्याइएको रहेछ । त्यही दिन परिवर्तित राजनीतिक सन्दर्भमा म नेपालको पहिलो मन्त्री बन्ने मौका पाएँ ।

मलाई लिन आर्मीको जर्नेललाई किन पठाइयो होला भन्नेमा मेरो अनुमान के छ भने त्यसबेलाको राजनीतिक परिस्थितिमा मलाई इम्प्रेस्ड गर्न त्यसो गरएको हो कि जस्तो लाग्छ । त्यसलाई म मनोविज्ञान पक्ष पनि मान्दछु ।

राजा महेन्द्रको शैली

राजा महेन्द्रसँग मैले जे जति करिब ८-१० वर्ष काम गरँे धेरै जान्ने बुझ्ने मौका पाएँ । मैले विशेषगरी अध्ययन गरेर तयारी भएपछि मात्र काममा हात हाल्नुपर्छ भन्ने ज्ञान महेन्द्रबाट पाएँ । राजा आफै ज्यादा मेहनती होइब_िक्सन्थ्यो ज्यादै चलाख पनि । अध्ययन नगरी क्याबिनेटमा जाँदा पक्राउ परिहालिन्थ्यो । मन्त्रिपरिषद्का सदस्यले तर्क गरुन् भन्ने अपेक्षा राजामा थियो । मलाई कन्भिन्स गरुन् भन्ने चाहना पनि थियो । तर त्यसका लागि त अध्ययन गर्ने पर् यो । हामीले तर्क गरेर राजालाई कन्भिन्स गराउँदा तत्काल मानिबक्सन्थ्यो । राजा महेन्द्रमा डिटेलमा हर्ने र त्यसको अरु पक्षबाट भेरिफाइ पनि गर्ने बानी थियो । तर त्यो मेजर विषयमा मात्र ।

राजा विरेन्द्रसँग संगत

राजा विरेन्द्रको ज्यादातर कार्यकालमा म सरकारमा बसिन । बाहिरै थिएँ । जनमत संग्रहमा मात्र म प्रधानमन्त्री भएको थिएँ । २०५४ या ५५ सालमा कांग्रेससँगको संयुक्त सरकारमा म करिब ६-७ महिना प्रधानमन्त्री भएँ । पाचायत छँदै राजा विरेन्द्रको कार्यकालमा पाचबिच पक्ष र विपक्ष जस्तो स्थिति आइसकेको थियो । त्यसबेला म र दरवारबिच असमझदारी छ भन्ने प्रचार पनि बाहिर आयो । तर त्यस्तो होइन । हो विशेषगरी लोकेनजी लोकेन्द्रबहादुर चन्द को आफ्नै कार्यशैली थियो मेरो आफ्नै थियो । त्यसमा मेल खानुपर्छ भन्ने कुरा पनि होइन ।

म पाचायतको सुरुदेखि नै उदार विचार लिएर हिँडेको थिएँ । त्यसको विपक्षमा हिँड्ने साथीहरुले विवाद भएको जस्तो पनि देखाएका थिए । तर लोकेनजी र मेरो व्यक्तिगत विवाद थिएन । लोकेनजी बहुत भद्र मान्छे । वादविवाद गर्ने मान्छे नै होइन । केवल राजनीतिक धार बेग्लै थियो । पाचायतको विभिन्न तहमा रहेका मान्छे कोही मतिर हुन्थे कोही उहाँतिर । त्यो काम गर्ने शैली र विचारका कारण भएको थियो । त्यसमा राजाको प्रत्यक्ष भूमिका थिएन ।

त्यसबेला राजा विरेन्द्र नवयुवक होइबक्सन्थ्यो राजाको सोच पनि उदार प्रकृतिकै थियो । राजा महेन्द्र जस्तो सबैलाई एउटै धारमा लिएर जाने सोच भने विकसित भइसकेको थिएन । विकासको क्रममा थियो । दरवारको दायाँ बायाँ बस्ने सचिवहरु केही राजनीतिज्ञले राजालाई प्रभाव पारेका थिए त्यो अस्वाभाविक पनि थिएन । त्यसले गर्दा राजनीतिक निर्णय र राजनीतिक बाटो पक्डिँदा फरक देखिन्थ्यो । ठाडै हस्तक्षेप गरेको अनुभव भने मैले गर्न पाइँन ।

जब म प्रधानमन्त्री भएँ राजा विरेन्द्रलाई पनि तर्कले चित्त बुझाउनुपर्दोरहेछ भन्ने थाहा पाएँ । मैले कुनै प्रस्ताव राख्दा हर ऐंगलले कन्भिन्स गराउनु पथ्र्यो । मैले बिपि्रुङ गर्नुभन्दा अघि नै राजाले आफ्ना सल्लाहकार र सचिवहरुसँग डिटेलमा बुझ्ने काम हुन्थ्यो ।

भूमिगत गिरोहको प्रसंग

पाचायतकालमा बनेका नीति र कानुनको तहमा जाने एउटा हुन्थ्यो भने त्यसको पृष्ठभूमिमा अर्को कन्डक्टेड प्रेसर पनि थियो । जस्तो प्रधानमन्त्रीले एउटा बाटोबाट जान्छु भन्दा अर्को पक्षको इन्ट्रेस्ट देखिन्थ्यो । त्यस्ता व्यक्ति राजाको नाममा व्यक्तिगत स्वार्थ पुरा गर्ने प्रयासमा पनि रहन्थे । उनीहरु त्यस्तो परिस्थितिमा आफ्ना कुरा राख्थे कि प्रधानमन्त्री या अरु कुनै निर्णयक तहमा रहेका पदाधिकारीले त्यो कुरा मान्दिनु पर्ने । उनीहरुको पनि दैनिक राजासँग सम्पर्क थियो । तर उनीहरुलाई त्यस्तो गर्न राजाबाट प्रेरित गरियो भन्ने चाहिँ म भन्न सक्दिन । त्यस्तो होइन नै भन्छु अहिले पनि ।

सरकारलाई आफ्नो इच्छाबमाजिम साचालन गर्ने प्रवृत्ति विकास हुन थालेपछि मैले पनि सहन नसकेको हुँ । त्यसो हुँदा प्रधानमन्त्री र उसको नेतृत्वमा रहेको सरकार मेसिन जस्तै हुन्छ । सरकारको काममा इन्टरफेयर भएपछि मैले भूमिगत गिरोह भन्दै सार्वजनिकरुपमा विरोध जनाएको हुँ । त्यस्तो समूहमा दरवार नजिक र बाहिरका राजनीतिक व्यक्ति पनि थिए । उनीहरुको नाम चाहिँ म भन्न सक्दिान ।

उनीहरु मसँग आमने सामने कुरा गर्दैनथे । बाहिर बाहिर मात्र त्यस्ता गतिविधि हुन्थे । त्यो थाहा पाएपछि मैले राजासँग त्यसबारे कुरा पनि गरेँ । तर राजा विरेन्द्र ज्यादै भद्र । त्यसको फाइदा उनीहरुले उठाए । राजा महेन्द्रले त ुत्यस्तो कुरा मेरा अघिल्तिर उभिएर भन बाहिर होइनु भनिबक्सन्थ्यो । विरेन्द्रमा त्यस्तो थिएन । त्यसले राजाको पस्रनालिटीलाई नै असर पाथ्र्यो ।

त्यति हुँदा पनि राजा विरेन्द्रसँग मेरो टसल कहिलै भएन । मेरो विचार के थियो भने या त्यस्तो सिस्टममा पस्नै हुँदैन । पसेपछि केही कुरा थाँती पनि राख्न सक्नुपर्छ । त्यो रियालिटीलाई पनि बुझ्नुपर्छ । कन्प्रुन्टेसन लिएर कतिन्जेल हिँडन सकिन्छ राजाका अगाडि समस्या खडा गरेर ुमेरो यो कुरा मान्नुपर् यो नत्र बस्दिन भन्नु त भएन । हो जसले गलत गरिरहेको छ त्यसको आफ्नै ढंगले प्रतिकार गरेर जानुपर्छ । त्यसलाई पब्लिक्ली पनि काउन्टर दिनुपर्छ भन्ने मान्यता मेरो थियो ।

त्यो घटनाले मलाई अर्को पाठ पनि सिकायो । मेरा पछाडि कोही छ भने त्यसले मेरो कमजोरीमाथि प्रहार गर्छ । त्यसैले मैले कुनै गल्ती गर्नुहुन्न । औलो उठाउन दिनुहुन्न । राज्य चलाउन वस्तुगत हुनुपर्छ । पक्षपात गर्नुहुन्न र आत्मबल पनि हुनुपर्छ ।

ज्ञानेन्द्रसँगको संगत

मान्छेले राजा ज्ञानेन्द्रका पालामा कन्प्रुन्टेसनका कारण मैले प्रधानमन्त्री छाड्नुपरेको अनुमान गर्छन् । त्यो एकदम गलत हो । म जहिले पनि कन्साइन्स क्लियर भएर मात्र काम गर्ने मान्छे हुँ । भन्ने एउटा र गर्ने अर्कै किसिमको मेरो चरित्र नै हैन । राजा ज्ञानेन्द्रका पालामा पनि त्यही भएको हो । कैयौं कुरामा राय नमिल्न सक्थ्यो । सूर्यबहादुरले यो मन पराउँदैन भन्ने हरेक राजालाई थाहा छ । मलाई मन नपरेको कुरा म जोसँग पनि खुलस्त भन्छु । यदि कुनै विषयमा मेरो राय मिलेन भने फिलिङ लिएर बस्नु हुन्न भन्ने मेरो मान्यता छ ।

हो मैले चाँडै सरकारको नेतृत्व छाडेँ । त्यसमा मेरो विमती छैन । तर म प्रधानमन्त्री कसरी बनेँ मूख्य प्रश्न यो हो । म राजाले बोलाएर राजाबाटै मनोनित भएर प्रधानमन्त्री बनेको थिएँ राजाकै इच्छामा । राजा ज्ञानेन्द्रले मलाई बोलाएर ुम तिमीलाई लिन चाहन्छु के गर्छौु भन्दा मैले हुन्छ भनेको थिएँ । अब बदल्न चाहन्छु भन्दा ुकिन कसरीु भन्ने ठाउँ रहँदैनथ्यो । राजाको इच्छामा प्रधानमन्त्री बनेँ र राजाकै इच्छामा छाडेँ । ठुलो कुरा भएन । अपि्रय कुरा भएर हटेको होइन ।

मैले किन समय नपुग्दै हटाइयो भनेर सोधिन पनि । राजाले पनि त्यसबारे केही एक्सप्लेन गरिबक्सेन । ुस्टेपडाउन गरिदिनु पर् योु भन्ने कुरा आयो मैले सहज ढंगले छाडिदिएँ त्यत्ति हो । राजा ज्ञानेन्द्रको मनसाय बुझेलगत्तै मैले जिरह गर्न मिल्थ्यो होला । तर फाइनल वर्ड नै निस्किसकेपछि मैले बोल्नु उचित ठानिन । मात्र ुहस्ु भनेँ । त्यसको असर के भयो भन्ने कुरा इतिहासले भन्ला ।

शैली अलग अलग

अरु राजा र ज्ञानेन्द्रमा तात्विक फरक छ । राजा महेन्द्रमा ठुल्ठुला विषयमा मात्र इन्टरभेन गर्ने स्वभाव थियो विकल्पसमेत दिएर । स-साना कुरामा ुउसले भनिहाल्यो होस् न त भनिबक्सन्थ्योु । ुतिमीहरुले विचार गरेर ल्याएको कुरा भोलि त्यसको पक्ष विपक्ष आए तिमीहरुले नै ब्योहर्नुपर्छ गरु राजा महेन्द्रको भनाइ रहन्थ्यो ।

राजा विरेन्द्रमा स-साना कुरामा चासो राख्ने स्वभाव थियो । एकाधबाहेक उचित सुपर तर्क गरिसकेपछि मात्र राजाबाट फाइनल हुन्थ्यो । तर राजा ज्ञानेन्द्र त्यो भन्दा पनि डिटेलमा हेर्ने । राजा नभएका बेला राजप्रतिनिधि परिषद्को सदस्यका हैसियतले मैले ज्ञानेन्द्रसँग निकै सम्पर्क गरेको छु । परिषद्को बैठकमा क्याबिनेटका प्रस्ताव लिएर म निकै पटक गएको छु । ती प्रस्तावमा रातो हरियो चिन्ह लगाइएका हुन्थे । त्यसको अर्थ के हो भने ज्ञानेन्द्रमा विस्तृत अध्ययन गर्ने स्वभाव राजा हुनुभन्दा अघि नै थियो । प्रस्ताव पढ्ने मात्र होइन मन्त्रालयमा बुझ्नेसमेत काम पहिल्यै भइसकेको हुँदोरहेछ । त्यसले गर्दा ज्ञानेन्द्रमा ुमैले गरेको र मैले सोचेको ठीकु भन्ने स्वभाव पलाएको होला । धेरै पटक वादविवाद गरेपछि कुनै कुनै विषयमा मात्र ुहोस् न त प्रधानमन्त्रीले भनको कुरा उसले गरेको कुरा ठीकै छु भन्ने भनाइ आउँथ्यो । तर त्यस्तो समय कमै हुन्थ्यो । लिँडेढीपी चाहिँ नगर्ने तर्क चाहिँ दह्रो राख्ने ।

हरेक मन्त्री र प्रधानमन्त्री राजाको स्वभाव जान्दा जान्दै पनि पुरा तयारी गरेर जान्छ नै भन्ने छैन । झन् प्रधानमन्त्री त यति ओभरलोड हुन्छ कि अरु मन्त्रालयका बारेमा थाहा हुने कुरै भएन । निर्णय गर्ने बेला राजा ज्ञानेन्द्र हावी हुने कारण त्यही थियो ।

राजाका रुपमा ज्ञानेन्द्र असफल हुनुमा समयको सही मूल्यांकन नगर्नु नै हो । ओभरटेक माघ १९ को घटना गरिबक्सनु अघि मैले सल्लाह टक्रयाएको हुँ ुत्यस्तो गर्नु हुन्न ।ु मैले यो गर्दा यस्तो हुन सक्छ भन्ने तर्क पनि राखेको थिएँ । पछि ओभरटेक भइसकेपछि मैले वक्तव्य दिएँ ुयो कदमले राजतन्त्र र प्रजातन्त्रलाई क्षति पुर् याउँछ ।ु

सोच विचार अध्ययन गर्ने र अखबार पढ्ने कुरामा अरु राजाभन्दा बढी एक्टिभ । त्यसमा कमी होइन । काम गर्न सक्ने क्षमता पनि हो । राजा महेन्द्रले ज्ञानेन्द्रलाई व्यवहारपट्टि बढी तालीम दिइबक्सेको हो । ज्ञानेन्द्रलाई घरकाजको व्यवस्थापनको जिम्मा दिइएको थियो । विरेन्द्रलाई राजकाजमा । विरेन्द्रलाई त कहिलेकाहीँ महेन्द्र सरकारले क्याबिनेटमै ल्याएर राखिबक्सन्थ्यो । सिस्टम बुझाउन ।

अहिले ज्ञानेन्द्रकै पालामा राजतन्त्र गएपछि ओरालो लागेको मृगलाई खेदेको जस्तो भएको मात्र हो । यति चाहिँ हो इतिहास र परिस्थितिको जजमेन्ट भएन भने कुनै पनि व्यक्तिको सोचले पूर्णता पाउँदैन ।

राजा महेन्द्रको पालामा जस्तो नेपालको परिस्थिति थिएन राजा ज्ञानेन्द्रको समयमा । जनताको चेतनास्तर विश्व परिदृश्य सबै बदलिइसकेको थियो । नयाँ परिस्थिति बुझ्न नसक्दा आज यस्तो स्थिति आयो । अरु कुनै कारणले होइन ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँगको कुराकानीमा आधारित
राजधानी दैनिकको कात्तिक २८ गते सौजन्यमा प्रकाशित

No comments:

Post a Comment