Saturday, June 6, 2009

सडकमा ुलकु खोज्दै









मोहन ढुंगेल


मेरो नाम योकीन्द्र नेपाली हो । म अहिले १६ वर्षको भएँ । म जन्मेको घर पोखराको लेकसाइट हो रे † तर मलाई मेरो घर अनि मेरी आमाको अनुहार याद छैन । आमा म सानै हुँदा मरिन् भन्छन् लेकसाइटका मान्छे । मेरो बाको अनुहारचाहिँ मलाई अझै याद आउँछ ।
लेकसाइटका मान्छेले भनेअनुसार मेरी आमा साह्रै रक्सी खान्थिन् रे † रक्सी खाएकै कारण आमा मरेकी हुन् रे † मेरा बा पनि रक्सी खान्थे । हामी दमाई हुनाले रक्सी खानु हाम्रा लागि सामान्य हो भन्थे हाम्रा बा ।
आमा मरेपछि बाले अर्की आमा ल्याए । अर्की आमा ल्याएपछि बाले मलाई सधैं पिट्थे । रक्सीको झोंकमा बाले भन्थे ुतँ मरे पनि मलाई केही फरक पर्दैन ।ु दिनदिनै बा र अर्की आमाले कुट्न थालेपछि मैले घर छाडेँ । पछि गाउँको एउटा चिनेको मान्छेले ुतेरो बाउ मर् योु भने । बा मरेको खबर मैले काठमान्डु आएपछि मात्रै थाहा पाएको हुँ ।
मेरो एउटा दाइ पनि थियो । उसलाई पनि बा र अर्की आमाले साह्रै दुःख दिन्थे रे † अहिले ऊ विदेशमा छ भन्छन् । तर कहाँ छ मलाई थाहा छैन । भेटेँ भने चिन्छु कि चिन्दिनँ । उल्ले पनि मलाई चिन्दैन होला ।
केही वर्ष पोखरामै कवाडी सामान खोजेँ । दिनभरि कवाडी सामान खोज्यो बेलुका बेच्यो गर्दा मैले पैसा पनि कमाउन थालेँ । दिनको दुई-तीन सय कमाउन थालेपछि किन घर जानु भन्ने लाग्यो । घर गए त्यो पैसा बाले लगिहाल्थे त्यसैले कमाएको पैसा जोगाउन पनि घर जान मन लाग्दैनथ्यो । दिनभरि काम कवाडी समान उठाउने गर् यो बेलुका बेच्यो त्यसको पैसाले होटलमा गएर टन्नै खायो । मज्ज्ाा आउँथ्यो । केटाहरु आफू जस्तै सडक बालकको संगतमा परेर चुरोट खान सिकियो । अलिअलि रक्सी पनि खाइन्थ्यो । तर उनीहरुले कर गर्दा पनि मैले ुटुपु चाहिँ कहिल्यै खाइनँ ।
झन्डै आठ वर्ष पोखरामा बसेपछि मलाई काठमान्डु आउन मन लाग्यो । गोजीमा अलिअलि पैसा थिँदैथियो । बस चढेर काठमान्डु आएँ । यहाँ म काम गर्न आएको थिएँ । होटलमा भाँडा माझ्न पाइन्छ भन्थे साथीहरु । तर यहाँका साउहरुले ुतँ फोहोरी छस्ु भनेर मलाई काम दिएनन् । त्यसपछि यैवसन्तपुरको मन्दिरमा आएँ । सुरुमा त यहाँका केटाहरुले साह्रै दुख दिए । तर पछि ुगुरु स्थानीय लागूपदार्थ दुव्र्यसनी दादाले कमाएको पैसाबाट कमिसन दिनुपर्छ भनेर मलाई बस्न दियो ।
सुरुमा मैले पनि अरुसँग मिलेर कवाडी सामान टिप्ने काम गरेँ । दिनभरि कवाडी सामान टिप्यो बेलुका न्युरोडको कवाड साहुकोमा लगेर बेच्यो चार सय भयो भने तीन सय गुरुलाई दियो बाँकी राख्यो यस्तै थियो ।
म ६ महिनाअघि काठमान्डु आएको हुँ । म काठमान्डु आएदेखि नै एक्लै छु । अरु केटाहरुको ग्याङ छ । तर मलाई ग्याङ बनाउन मन लागेन अरुको ग्याङमा जान पनि मन लागेन । ग्याङ बनायो भने दादा टाइपकाले कामै नगरी पैसा खाइदिन्छन् । ुटुप खाु भन्छन् । त्यसैले एक्लै बस्न मन लाग्यो । यहाँ वसन्तपुरमा पनि एउटा ग्याङ छ । त्यसले मलाई पनि आइज भनेको थियो । तर गुरुले ुमन लाग्दैन भने एक्लै बसु भनेपछि म गइनँ । म यही मन्दिरमा सुत्छु । कसैसँग बोल्न मन लाग्दैन । चलाए भने हानिदिन्छु । बिहान ६ बजेतिर उठ्छु । मुनि मन्दिरवरपर पसलका साहुहरुले पत्रिका मिलाइदे भन्छन् । कसैले चुरोट ल्याउन लगाउँछन् । त्यो काम गरेपछि १० रुपियाँ दिन्छन् । दिनको ४०-५० रुपियाँ भइहाल्छ । त्यसैले हिजोआज कतै जान्नँ ।
दिउँसो कुइरे विदेशी पर्यटकलाई मुर्गा बनाउँछु । कोहीकोही त नेपाली पैसा चिन्दैनन् । पाँच सय रुपियाँ पनि हात लाग्छ । कहिले कुइरेको पैसा खसेर ुलकु लाग्छ । माथि बस्यो कुइरे हेर् यो । पहिले माग्यो दिएन भने पछिपछि लागेर सतायो झरिहाल्छ ।
अहिले मलाई भात खान खाँचो छैन । त्यसैले पनि काम गर्न अल्छी लाग्छ । एउटा एपीसी सडक बालबालिकाका लागि खाना र अनौपचारिक शिक्षा दिने उद्देश्यले खोलिएको संस्था जो त्यही वसन्तपुरपरिसरमा छ भन्ने ठाउँ छ त्यसले भात खुवाउँछ । दिउँसो क्यारेमबोर्ड खेल्न पाइन्छ । बिहान जान्छु गिलास माझिदिन्छु चिया खान्छु । दिउँसो भाँडा माझ्न सघाइदिन्छु । बेलुका पनि भात खाएपछि भाँडा माझिदिन्छु ।
कहिले त जान मन लाग्दैन । त्यसका सरहरुले नपढ्नेलाई भात खान नदिने नियम बनाएका छन् । पढ्न झ्याउ लागेका बेला कुइरेलाई मुर्गा बनाएको पैसाले बाहिरै खान्छु । एपीसी जान्न । त्यहाँ गएका बेला अरु केटाहरुलाई पनि चिया बाँड्न मलाई नै लगाउँछन् सरहरुले । म पनि अलि दादा टाइपको भएकाले केटाहरुले मलाई मान्छन् ।
हाम्रो एरिया वसन्तपुर मा १५ जना केटाहरु छन् । सबै पुराना हुन् । नयाँलाई बस्न दिँदैनौं । अलि अस्ती एउटा केटो कहाँबाट आयो हामीले लखेट्यौं । ऊ सायद न्युरोडतिर गयो होला । त्यहाँ विशालबजारपरिसरमा पनि एउटा ग्याङ छ । स्वयम्भु ठमेल सोह्रखुट्टे रत्नपार्क र पाटनमा पनि अरु केटाहरुको ग्याङ छ । उनीहरुको एरियामा हामी गयौं भने हामीलाई ठोक्छन् हाम्रो एरियामा आए भने उनीहरुलाई ठोक्छौं । त्यसैले कोही कसैको एरियामा जाँदैन । कहिले झुक्किएर फाइट भयो भने ुगुरुले मिलाउँछ ।
गुरुले कहिलेकाँही ुड्रामाु गराउँछ केटाहरुलाई । केटाहरु सुन्धाराको बंगुर काट्ने पसल जान्छन् । पसलेलाई गुरुले नै भनिदिएको हुन्छ । त्यहाँबाट प्लास्टिकको झोलामा बंगुरको रगत लिएर आउँछन् । साना-साना केटा छानेर गुरुले उनीहरुको टाउकोमा झ्याप्पै बंगुरको रगत लगाइदिन्छ र पट्टी बाँधेर माग्न पठाउँछ । रगतैरगत देखेपछि मान्छेले पैसा झार्छन् । कुइरेले त राम्रै माल दिन्छन् । मलाई पनि एक दिन गुरुले रगत लगाएर माग्न जा भन्यो । म मज्जाले हाँसेर ुत्यस्तो गर्न सक्दिनँ हाँसो उठ्छु भनेपछि मनपरि गाली दिएर लात्तले हान्यो । त्यसपछि मलाई त्यस्तो काममा लगाउँदैन । तर कहिलेकाँही कैंची हान्न पकेट मार्न भने पठाउँथ्यो । तर अहिले त एपीसीका सरहरुको डर लाग्छ जान्न । एकपटक त मलाई कैंची हान्दाहान्दै पुलिसले पक्रेर लग्यो । तर गुरुले के-के गर् यो दुई-चार घन्टापछि लात्तीले हानेर छाडिदियो । पुलिसहरु आउट डे्रसमा आउँछन् केटाहरुलाई डेन्ड्राइड एक प्रकारको लागूपदार्थ खाएकै बेला पनि समात्छ र लगेर ुभाटा हान्छ ।ु माल पनि खोसेर लान्छ ।
गुरु प्रायः बेलुका हामीलाई भेट्न आउँछ । ऊ पनि कैंची मार्ने मान्छे हो । तर ऊ विशालबजारको लोकल हो । उसको घर पनि छ भन्छन् केटाहरु तर मलाई थाहा छैन । मलाई अलि विश्वास गर्दैनन् उनीहरु । किनभने म उनीहरुका सबै कुरा मान्दिनँ । उस्तै परे काठमान्डु छोडेर जान्छु भनिदिन्छु ।
अहिले त मैले एउटा कुइरेलाई पट्याएको छु । ऊ केही दिनमै आउँछु भनेर उसको देश गएको छ । मलाई ुलैजान्छु भनेको छ । उसले लग्यो भने त मालामाल हुन्छु नि म पनि । उसले मलाई गाडीमा हिँडाउँछु राम्रो राम्रो लुगा किनिदिन्छु भनेको छ । हेरौं मेरो ुलकु कस्तो छ ।
हाम्रो एरियाका केटाहरु अहिले पनि कवाडी खोज्न जान्छन् । एउटा ग्याङले दिनको दुई सयजति कमाउँछ । एउटा ग्याङमा पाँचजना हुन्छन् । कमाएको पैसा गुरुले मागेजति दिनुपर्छ । आन्दोलन हुँदा पनि रमाइलो हुन्छ । गयो एउटाको झन्डा हात पार् यो जो भेटिन्छ त्यसलाई ठोक्यो । अस्ति नेवारहरुको आन्दोलनमा म एक्लैले तीनवटा गाडी फुटालिदिएँ । कोहीकोही केटाले त आन्दोलन गर्ने बोससँग पैसा पनि झार्छन् । मैलेचाहिँ अहिलेसम्म एक रुपियाँ पनि पाएको छैन ।
कुराकानीमा आधारित