Saturday, January 24, 2009

पार्टी र झण्डाबिनाका नेता

मोहन ढुंगेल
राजनीतिक दलका नेता या कार्यकर्ता पत्रकारमाथि हावी भए भने त्यो पत्रकारिताकै दुर्दशा हुनेछ त्यसैले म जहिलै पनि नेतामाथि हावी हुन्छु ।ु
यो पंक्तिकारसँगको वार्तालापमा बहुचर्चित टक सो ुबहसु का प्रस्तोता इन्द्र लोहनीले करिब चार वर्षअघि सो पंक्ति सुनाउनुभएको थियो । त्यसबेला उहाँ सरकार नियन्त्रित नेपाल टेलिभिजनमा हुनुहुन्थ्यो । सरकार नियन्त्रित साचारमाध्यममा अहिले पनि सत्तासीन दलका नेता या कुनै पदाधिकारीसँग उसलाई अप्ठुरो पर्ने या राजनीतिक रुपले हानि हुने कार्यक्रम दुर्लभै प्रसारण हुन्छ । त्यस्तै दुर्लभ कार्यक्रम प्रसारण गरेर उहाँले साचारजगत् र दर्शकबाट प्रशंसा बटुल्न थाल्नुभएको हो ।
उहाँले त्यसबेला भनेको आज यथार्थ भइरहेको छ । राजनीतिक दल या राजनीतिक लक्ष्य प्राप्त गर्न हिँडेको बताउने समूहबाटै एकपछि अर्को साचारकर्मीको ज्यान लिने काम भइरहेको छ । जनकपुरकी उमा िसंहको हत्या पछिल्लो उदाहरण हो ।
माथिका पंक्तिबारे मलाई जानकारी गराउनाको पनि कारण छ । हामी झापामा छिमेकी मात्र होइनौं हामीबीच दाजुभाइको नाता पनि छ । ुइन्द्र लोहनीले अन्तर्वार्तामा ल्याउने पाहुनासँग राम्रो व्यवहार गर्दैन आफ्नो विचारमा जबरजस्त सहमत गराउन खोज्छु भन्ने आरोप उहाँमाथि लाग्ने गरेको थियो । पछिल्लो समय कान्तिपुर बहस मा पनि एकाध व्यक्तिले त्यस्तो आरोप लगाउन छाडेका थिएनन् ।
मलाई विशेषतः केही साचारकर्मी र दलका नेता तथा कार्यकर्ताको त्यस्तो आरोपबारे उहाँसँग सोध्ने खुल्दुली लागेको थियो । त्यति गम्भीर विषयमा फोन गरेर सोध्नुभन्दा भेटेरै सोधौंला भन्ने लागेको थियो । एक दिन मिति बिसे्रं संयोगवश म केही सहकर्मीसँग िसंहदरबारको पूर्वी सडक हनुमानथान हुँदै गइरहेको बेला पछाडिबाट कसैको ुए केटा कता हिँडेको ु भन्ने आवाज आयो फर्केर हेर्दा दाइ इन्द्रलाई देखें । उहाँले मलाई सानैदेखि सम्बोधन गर्दा ुकेटाु ुगोपीु र ुमोहनु तीनवटै शब्द प्रयोग गर्नुहुन्थ्यो । सानामा मेरो घरमा बोलाउने नाम गोपाल थियो । उहाँले भने माया गरेर नै हुनुपर्छ मलाई गोपालको सट्टा गोपी भन्ने गर्नुहुन्थ्यो । त्यसबारे मैले कहिल्यै चासो पनि राखिनँ ।
मौका यही भनेर मैले केही समय यताउताका कुरा गरेर मनको कुरा खोलें ुदाइ अन्तर्वार्तामा बोलाएका पाहुनालाई किन राम्रो व्यवहार गर्नुहुन्न आफ्नो विचारसँग सहमत नहुनेलाई पेल्ने अनि अन्तिममा आफ्नै विचार ठीक हो भन्ने पारेर पठाइदिने तरिका मलाई ठीक लागेन । अन्तर्वार्ता त अरुका विचारलाई मथेर दशर्कमाझ त्यसको निष्कर्ष पो पुर् याउने हो त ।ु
मेरो प्रश्न खस्न नपाउँदै उहाँले आफ्नै शैलीले मुस्काउँदै भन्नुभयो ुहेर मोहन † मैले पनि त्यसबारे धेरै विचार गरेरै निर्णय लिएको हुँ मलाई सुझाव दिने दर्शकमध्ये ९० प्रतिशतले मलाई यस्तै शैली अपनाउन सुझाव दिएका छन् तँ भन् त म १० प्रतिशतका लागि मेरो शैली कसरी बदलूँ ।ु त्यही कुराकानीमा मैले थाहा पाएँ उहाँले आफ्नो कार्यक्रमबारे आफ्नै ढंगले सर्वेक्षणसमेत गरिसक्नुभएको रहेछ ।
त्यतिले पनि म सहमत नभएको थाहा पाएर होला उहाँले एकजना कांग्रेस नेताको अन्तर्वार्ताको प्रसंग कोट्याउनुभयो । भएको के रहेछ भने ती नेतासँगको अन्तर्वार्तामा अलि अप्ठुरो प्रश्न र त्यससँग सम्बन्धित प्रमाण देखाएका कारण कार्यक्रमको सुटिङ सकिएपछि पनि उनी रिसाएर हिँडे रे † तर अर्को साता तत्कालीन सूर्यबहादुर थापा सरकारको समर्थक नेतालाई कार्यक्रममा ुपानी पानीु बनाएको कार्यक्रम प्रसारण सकिनासाथ तिनै कांग्रेस नेताले फोन गरेर बधाई दिए रे † त्यस्ता एक दर्जन घटनापछि उहाँमा अलि ुअराजकु तर तथ्य प्रमाणयुक्त कार्यक्रमको सोच विकसित भएको रहेछ । म आफैं पनि साचारकर्मी भएको नाताले उहाँसँग भेट हुनासाथ ुबहसु कै बहस हुन्थ्यो हामी दुईको ।
वास्तवमा इन्द्र दाइको पार्थिव शरीर पशुपति आर्यघाटमा पुर् याउँदाको त्यो अनपेक्षित मानवसागर पनि उहाँको त्यही शैलीको फ्यान हो भन्ने निष्कर्षमा म पुगेको हुँ । सानैदेखि नलजाउने आफ्नो कुरा राख्न नहिच्किचाउने र अनि नजानेको कुरा छ भने पनि जबरजस्त जानेको जस्तो देखाउने उहाँको बानी नै थियो । आफ्नो काममा जोखिम नै किन मोल्नु नपरोस् जहिलै अरुभन्दा अलग देखाउने उहाँको अर्को बानी थियो । त्यसको उदाहरण त अहिलेका चर्चित आयुर्वेदिक चिकित्सक डीपी तिम_िल्सना नै हुन् ।
इन्द्र दाइले तिम_िल्सनासँग कान्तिपुर बहसमा लिएको अन्तर्वार्ता हालसम्मकै चर्चित कार्यक्रम पनि हो । त्यो कार्यक्रमलाई हिजो-आज पनि उहाँका परिवारले सम्झने गरेका छन् । कार्यक्रम सुटिङ गर्न जानुअघि उहाँले जीवनसंगिनी सुष्मासँग भन्नुभएछ ुआज डाक्टरसँग अन्तर्वार्ताको सुटिङ गर्नुछ मलाई धारिलो ब्लेड देऊ त ।ु त्यससँगै आफ्नो योजना पनि सुनाउनुभएछ ।
उहाँको योजना थियो सुटिङकै दौरान ब्लेडले आफ्नो एउटा हातको नशा काट्ने र डा। तिम_िल्सनालाई त्यहीँ उपचार गर्न लगाउने । तर नशा काट्दा सानो घाउ लगाउने उहाँको योजना थियो । डा। तिम_िल्सनालाई आवश्यक औषधि लिएर आउनु भने पनि आफ्नो योजना उहाँले खुलाउनुभएनछ । सुटिङ भइरहेका बेला उहाँले हातको नशा काटेर उपचार गरेको देखाइदिन डा। तिम_िल्सनालाई आग्रह गर्नुभयो । तर उहाँले यति गहिरो घाउ बनाउनुभएछ हातबाट भल्भली रगत बग्न थालेपछि दर्शकमाथि नकारात्मक प्रभाव पर्छ भनेर केहीबेर क्यामरा र लाइट अफ गर्न लगाउनुपरेछ । त्यो संवेशनशील घटनाको केही अंश दर्शकले देख्न पाएनन् । तथापि त्यो कार्यक्रम अति नै चर्चित भएको थियो दर्शकमाझ ।
यो प्रशंग कोटुउनुको ध्येय के हो भने उहाँमा अन्य कार्यक्रम प्रस्तोताभन्दा भिन्न गर्ने भूत जहिले पनि सवार हुन्थ्यो । त्यसको अन्य उदाहरण त दोस्रो जनआन्दोलनताका धप्धपी आगो बलिरहेका बेला राजधानीका सडकमा उत्रेका आन्दोलनकारीलाई आधार बनाएर प्रसारित उहाँका कार्यक्रम पनि हुन् । त्यसका अलावा सप्तकोसी बाँध भत्केपछि र सुदूरपश्चिममा आएको भीषण बाढीबाट विस्थापित र पीडितहरुमा आधारित जोखिमयुक्त कार्यक्रम पनि उहाँको सोखभित्रै पर्छन् । ती कार्यक्रम सकेर राजधानी फर्केपछि उहाँ सगर्व भन्ने गर्नुहुन्थ्यो ुत्यो रिस्क मेरो रहरले मोलेको होइन राजनीतिक दलका नेता र अन्य उच्चपदस्थ अधिकारी सुटेड बुटेड प्रभावित क्षेत्र गए तर पीडितहरुका लागि भाषणबाहेक केही नदिएपछि मैले देखाउनैका लागि त्यो रिस्क मोलेको हुँ ।ु
गाउँलेको आशा
इन्द्र दाइलाई गाउँ झापाको गौरादह र तोपगाछी गाविस का बूढापाका बाबुराम भनेर बोलाउने गर्छन् । उहाँका सहपाठी र त्यसभन्दा मुनिका पुस्ता भने इन्द्र दाइ नै भन्ने गर्छन् । उहाँ जब गाउँ आइपुग्नु भयो भन्ने खबर फैलिन्थ्यो जुनसुकै उमेरका गाउँले प्रश्न गर्थे ुयसपालि के लिएर आयो ु
उहाँ गाउँ जाँदा केही न केही खुसी लिएरै जानुहुन्थ्यो । कहिले फुटबल प्रतियोगिता कहिले पुल बनाउने योजना त कहिले गाउँमा नयाँ केही गर्ने भावना । तत्काल कार्यान्वयन हुने योजना पूरा गर्न भने उहाँ आफै खटिनुहुन्थ्यो लाग्थ्यो उहाँ इन्द्र लोहनी होइन पूरानै गाउँले बाबुराम हो ।
यसपटक भने उहाँको ठूलो योजना कार्यान्वयन हुनेमा सबै गाउँले विश्वस्त थिए । उहाँको योजना थियो फागुनमा गौरादहमा पुराण लगाउने सबै इष्टमित्रलाई उत्प्रेरित गरेर ठूलै रकम उठाउने र गौरादह तोपगाछीका २ र ३ नम्बर वडा जोड्दै कच्ची सडकलाई दमकसम्म पक्की विस्तार गर्ने । त्यसबीचमा भुत्लुङ भन्ने खोलामा पक्की पुल हाल्ने योजना पनि त्यसैमा मिसिएको थियो । त्यो पुल बनाइदिन उहाँसहित अलि चल्तापुर्जा गाउँलेले वर्षौं अघिदेखि सरकारी निकायसँग हारगुहार गर्दै आएका थिए । त्यसैको तयारीका लागि उहाँले दसैंदेखि विशेष अभियान नै थाल्नुभएको थियो । सोही सिलसिलमा दुई साताअघि गौरादह पुगेर फर्कनुभएको थियो । काठमाडौंमा रहेका गाउँले साथीभाइ र अन्य सरोकारवालसँग छलफल चलाउने भन्दाभन्दै यो विपत्ति आइपर् यो ।
गाउँबाट राजधानी आएका युवा या किशोरहरुका आशाका केन्द्र पनि उहाँ नै हुनुहुन्थ्यो । राजधानी आएर अलपत्र परेका आर्थिक कारण समस्या भोगिरहेका मुद्दा-मामिलाको सामना गरिरहेका सबैको गन्तव्य बानेश्वरस्थित उहाँको निवास नै हुने गरेको थियो ।
बहसमा कठोर झैं देखिने इन्द्र दाइ व्यवहारमा भने अति नरम हुनुहुन्थ्यो । घर या छिमेकमा हुने कुनै पर्व या विशेष कार्यक्रममा जाने जस्तो बनेको छ त्यस्तै खाने र नाचगानमा समेत सरिक हुने उहाँको बानीले सबैको पि्रय बनाएको थियो । घरमा त गीत गुनगुनाउनु छोरीहरुसँग नाच्नु या हरेक विषयलाई ठटुैली पाराले घरको माहोल मनोरम बनाउनु उहाँको नियमित काम नै भने पनि हुन्छ ।
त्यसैले ३ पुस शुक्रबार देशले होनहार साचारकर्मी जुझारु कानुन व्यवसायी झापालीले सहयोगी छोरा र गौरादह÷तोपगाछीले एउटा कुनै वादमा नअल्मलिएको निस्वार्थी ुनेताु गुमाएको छ जुन कहिल्यै पूरा हुन सक्ने छैन ।

2 comments:

  1. Great to know more about Indra Lohani jee. Once again, I want to express my deep respect for him. May his soul rest in peace. May god give his family strength to bear such a tragedy.

    ReplyDelete