Monday, January 26, 2009

बढदो पारिवारिक विखन्डन



मोहन ढुंगेल
काठमाडौं जोरपाटीकी सृजना पौडेल एक सरकारी कार्यालयमा खरिदार छिन् । सार्वजनिक सवारी साधन नपाउँदा एकदिन सोही कार्यालयका एक पुरुष सहकर्मीले उनलाई आफ्नो मोटरसाइकलमा राखेर घरसम्म पुर् याइदिए । सो घटना थाहा पाएलगत्तै सृजनाका पति रामचन्द्रले उनीमाथि बढी नै सोधखोज गर्न थाले । स्थिति जटिल बन्दैगयो र दिनहुँ एउटा न एउटा बाहनामा उनीमाथि दूव्र्यवहार हुनथाल्यो । दूव्र्यवहारको क्रम पतिबाट परिवारका अनय सदस्यसम्म विस्तार हुनथालेपछि सृजना सम्बन्ध विच्छेद गर्ने अवस्थासम्म आइपुगिन् ।
काभ्रेबाट राजधानी आएर एउटा गैरसरकारी संस्थामा काम गरिरहेकी मोमिला तामाङका पति लागूऔषध दूव्र्यसनी परे । कमाइ पनि नगर्ने र पतिको अनावश्यक खर्च धानिदिनुपर्ने विवशता मोमिलालाई थियो नै त्यसमाथि दिनहुँ कुटपीट सहन नसकेर दुई वर्षको वैवाहिक जीवन अन्त्य गर्ने निधोमा उनी पुगिन् । पति नकमाउने र आफ्नो कमाइ नदिएको झौंकमा सधै कुटपीट र अशान्ति सहेर बस्नुभन्दा छुटिनु नै उचित सम्झेर साथीभाइको सल्लाहबाटै मोमिलाले पतिसँग सम्बन्ध बिच्छेद गरिन् ।
इलामकी शान्ता बस्नेतको अवस्था पनि सृजना र मोमिलाभन्दा अलग रहेन । अलग यति मात्रै थियो उनले शिव लामिछानेसँग प्रेम विवाह गरेकी थिइन् । शिवको परिवार ब्राहम्ण थियो उनको क्षेत्री त्यसै विषयलाई कारण बनाएर सुरु भएको झैझगडा अन्त्यमा सम्बन्ध बिच्छेदपछि टुंगियो ।
यस्तै अन्तरजातीय विवाहका कारण झापा चन्द्रगढीका प्रेम दाहाल र भारतको अररियाकी रीता दासको पारिवारिक जीवन पनि सम्बन्ध विच्छेदमै पुगेर टुंगियो ।
सुरुमा रीताबिना बाँच्नै नसक्ने प्रेमले पछिल्ला दिनमा परिवारका अन्य सदस्यको दवावमा कुटपीट गर्ने र अनेकन यातना दिन थालेपछि उनीहरुको पारिवारिक विखन्डन सुरु भएको हो । हाल प्रेम र रीताको सम्बन्ध विच्छेद मुद्धा अदालतमा विचाराधीन छ ।
नेपालमा सम्बन्ध विच्छेदका घटनामा शान्ता मोमिला रीता र सृजना प्रतिनिधि पात्र मात्र हुन् ।
कानुनी सहयोग तथा परामर्श केन्द्र ल्याक मा ३१ जुलाई २००६ देखि ३१ मार्च २००७ सम्म ७४ वटा सम्बन्ध बिच्छेदका समस्या आए जसमध्ये १७ वटा मुद्धा काठमाडौं जिल्ला अदालतले फैसला गरिसकेको छ । ६० वटा विचाराधीन छन् ।
ल्याक अध्यक्ष डा। शान्तिा थपलिया अधिकांश सम्बन्ध बिच्छेद परम्परावादी सोचाइका पुरुष र उनको परिवारका कारण हुने गरेको बताउँछिन् । ुसमस्या धेरै आएका छन्ु थपलिया भन्छिन् ुअधिकांश मेलमिलाप गरेर पठाइदिन्छौं जुन मिल्ने सम्भावना छैन तिनलाई अदालत लैजान्छौं ।ु उनका अनुसार पत्नीमाथिको यौन दूव्र्यवहार पनि सम्बन्ध विच्छेदको प्रमुख कारणमध्येको एक हो । ुएकपटक मकहाँ यस्तो केस आएको थियोु उनले भनिन् ुपति रक्सी खाने र मातेको अवस्थामा यौन चाहना प्रकट गर्ने यस्तो अवस्था एक वर्षसम्म निरन्तर रहेपछि ती महिला ल्याकमा आएकी थिइन् ।ु ल्याकले सॊ दम्पत्तिलाई सँगै राखेर मेलमिलापको प्रयास पनि गर् यो तर सफल हुननसकेपछि महिलाको पक्ष लिएर काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरियो । थपलियाका अनुसार यौनदूव्र्यवहारकै कारण परिवार विखन्डन हुने मुद्धा कूल समस्याको ७५ प्रतिशत छन् । त्यसो त यौन असन्तुष्टीका कारण पनि धेरैजसो परिवार अलग हुने गरेको समाजशास्त्रीहरु बताउँछन् । तर त्यस्ता समस्या कतै पनि नखुलाइने हुनाले यो पक्ष बाहिर आउँदैन । थपलिया पनि त्यस्ता समस्या हुँदैनन् भन्न नसकिने तर साह्रै कमले मात्र खुलाउने गरेको बताउँछिन् । समस्या अर्के हुन्छ उनीहरुका भनाइबाट पनि हामी अनुमान लगाउन सक्छौंु थपलिया भन्छिन् ुतर सम्बन्ध विच्छेदको आवरणका रुपमा अर्के समस्या प्रस्तुत गरिएपछि हामी जबरजस्ती यही नै हो भन्न सक्दैनौं ।ु
ल्याकमा एक अगस्ट २००६ देखि ३१ डिसेम्बरसम्म सम्बन्ध विच्छेदका एक हजार आठ सय ५६ वटा समस्या आएको तथ्यांक छ । जसमध्ये सबैभन्दा बढी काचनपुर जिल्लाका चार सय ४५ सुर्खेतका तीन सय ८७ र काठमाडौंका तीन सय ६८ छन् । त्यसैगरी ललितपुरका दुई सय ३४ भक्तपुरका ३८ झापाका एक सय ४५ धनुषाका एक सय १३ डोटीका ५६ र अन्य जिल्लाका ६९ जना घरेलु िहंसालाई कारण बनाउँदै सम्बन्ध विच्छेदको इच्छा राखेर ल्याक पुगेका थिए ।
काठमाडौं उपत्यकामा बढी
जनवरी १९९९ देखि ३१ जनवरी २००८ सम्मको ल्याकको तथ्यांक जोड्ने हो भने हालसम्म सो संस्थामा सम्बन्ध विच्छेदका समस्या लिएर आउनेहरुको संख्या नौ हजार ३ सय ५६ पुगेको छ । उपत्यकामा अगस्ट २००६ देखि ३१ जनवरी २००८ मा ६ सय ६४ जना सम्बन्ध विच्छेदका मुद्धा लिएर त्यहाँ पुगेका थिए । हेर्नोस् बक्स २
महिला िहंसासम्बन्धमा परामर्श दिने र कानुनी लडाईमा सहयोग पुर् याउने ल्याक जस्ता धेरै गैरसरकारी संस्थाहरु देशभर छन् । ती सबै संस्थामा आउने गरेका सम्बन्धविच्छेदका घटना जोडने हो भने नेपालमा पनि परिवार टुट्ने प्रवृत्ति वर्षेनी बढिरहेको भनाइ छ ल्याक अध्यक्ष थपलियाको ।
पुरुष पनि पीडित
पछिल्ला दिनमा घरेलु िहंसाबाट पुरुषहरु पनि पीडित बन्दै गएको थपलिया बताउँछिन् । उनका अनुसार पुरुषसम्बन्धी घटना भने हत्तपत्त सार्वजनिक हुँदैनन् । नेपालको विद्यमान कानुनी झन्झटका कारण पनि पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न हिच्किचाउँछ । विद्यमान कानुी व्यवस्थाअनुसार सम्बन्धविच्छेदका लागि महिला सिधै अदालत जान पाउँछन् । तर पुरुषले स्थानीय निकायमार्फत सो प्रकि्रया सुरु गर्नुपर्छ । स्थानीय निकायले त्यस्तो उजुरीउपर एक वर्षसम्म मेलमिलाप गराउनुपर्छ । मेलमिलाप असम्भव भएमात्र पुरुषले अदातलमा मुद्धा दायर गर्न पाउँछ । पति र पत्नीको सहमतिमा सम्बन्ध विच्छेद गर्नुपरे पनि स्थानीय निकायबाटै आउनुपर्छ । यस्तो काननी व्यवस्थाका कारण पनि महिलामाथि बढी िहंसा हुने गरेको भनाइ छ ल्याक अध्यक्ष थपलियाको । ुआफ्नो तर्फबाट सम्बन्ध विच्छेद गर्न लामो समय लाग्ने र समाजमा सार्वजनिक हुने डरले पतिले पत्नीमाथि बढी िहंसा गरेर अदालत जान बाध्य पार्ने घटना पनि मैले देखेकी छु यस्तो प्रवृत्ति बढदै गएको छु उनी भन्छिन् ।
सरकारी तथ्यांक कम
सम्बन्धविच्छेदसम्बन्धी सरकारी तथ्यांक भने अत्यन्तै कम देखिएको छ । स्थानीय विकास मन्त्रालयको पिाजकरण शाखाले तयार पारेको प्रतिवेदनमा २०६२ मा एक सय ८४ जनाले सम्बन्ध विच्छेद गरेको उल्लेख छ । सो प्रतिवेदन हालसम्म अप्रकाशित नै छ । सो प्रतिवेदनमा त्यसवर्ष एक लाख ५४ हजार चार सय १४ जना विवाह बन्धनमा बाँधिएका थिए । मन्त्रालयले गत वर्षको प्रतिवेदन तयार गर्ने काम नै थालेको छैन ।
अदालतको फैसलालाई आधार बनाएर मन्त्रालयले प्रतिवेदन तयार पार्ने गरेकाले सबै तथ्यांक नसमेटिएको शाखा अधिकृत विमल बगाले बताउँछन् । उनकाअनुसार अदालतले फैसला गरेकामधये ९० प्रतिशत सम्बन्धविच्छेदका घटना मात्र प्रतिवेदनमा समेटिएको छ ।
मन्त्रालयले सार्वजनिक गरिसकेको २०६१ को वार्षिक प्रतिवेदनमा कूल एक लाख २५ हजार ६ सय ४४ जोडी विवाह बन्धनमा बाँधिएका थिए । तीमध्ये तीन हजार आठ सय ३७ हिमाली ५३ हजार तीन सय ५१ पहाड र ६८ हजार चार सय ५६ जना तराई क्षेत्रका थिए । यी विवाहितमध्ये सो वर्ष एक सय ३७ जनाले सम्बन्ध विच्छेद गरेका थिए ।
सो वर्ष वैवाहिक जीवन अन्त्य गर्नेमा पहाडी क्षेत्रका सबैभन्दा बढी रहे । २०६१ सालमा पहाडी क्षेत्रका ७१ हिमालीका एक र तराइका ६५ जना दम्पत्ति अलग भए ।
विकास क्षेत्रका आधारमा हेर्ने हो भने सो वर्ष पूर्वााचलमा ३२ हजार आड सय ६ जोडी बने र ४० जनाले सम्बन्ध विच्छेद गरे । सम्बन्ध विच्छेद गर्नेमा सबैभन्दा बढी सुनसरीका २३ थिए । त्यस्तै मध्यमााचलमा ४८ हजार नौ सय ८९विवाहितमध्ये ४७ ले सम्बन्ध विच्छेद गरे । मध्यमााचलमा सम्बन्ध विच्छेद गर्नेमा काठमाडौं २३ रहे ।
विवाह २२ हजार चार सय ४वैवाहिक बन्धनमा बाँधिएका पश्चिमााचलवासीमध्ये ४० ले सम्बन्धविच्छेद गरे । सो विकास क्षेत्रमा सबैभन्दा बढी कास्कीमा १९ मा सम्बन्ध विच्छेदका घटना दर्ता भए भने मध्यपश्चिमााचलमा १४९९३ मध्ये १० दम्पत्ति अलग भए । नगरपालिकाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी काठमाडौंमा २२ दम्पत्ति अलगिए भने त्यसपछि धरान १८ र ललितपुर आठ रह्यो ।
०६१ सालमा नेपालको ग्रामीण क्षेत्रमा पनि उल्लेख्य मात्रामा परिवार विछोडियो । त्यसवर्ष ग्रामीण क्षेत्रका ५५ दम्पत्ति सँगै बस्न नसक्ने भए भने शहरी क्षेत्रका ८२ परिवार अलग भए । हेर्नोस् बक्स १
स्वीडेन र अमेरिका अग्रभागमा
वैवाहिक सम्बन्ध विच्छेदको मामलामा सबैभन्दा अगाडि समृद्धशाली युरोपेली देश स्वीडेन र विश्वको महाशक्ति राष्ट्र अमेरिका देखापरेका छ । स्वीडेनमा प्रति एक हजार दम्पत्तिमध्ये गत वर्ष ५४ दशमलव ९ र अमेरिकामा ५४ दशमलव ८ प्रतिशतले सम्बन्ध विच्छेद गरे । यो विवाहित दम्पत्तिको आधाभन्दा बढी संख्या हो ।
वल्र्ड इन्साइक्लोपेडियाका अनुसार यी दुई देशपछि बेलारुस ५२ दशमलव ९ फिनलेन्ड ५१ दशमलव २ लग्जेम्वर्ग ४७ दशमलव ४ स्टोनिया ४६ दशमलव ७ डेनमार्क ४४ दशमलव ५ बेल्जियम ४४ अष्ट्रिया ४३ दशमलव ४ चेक रिपब्लिक र रुस ४३ दशमलव ३ बि्रटेन ४२ दशमलव ६ नर्वे ४० दशमलव ४ युक्रेन ४० आइस्लेन्ड ३९ दशमलव ५ तथा जर्मनी ३९ दशमलव ४ प्रतिशतसहित विश्वको सबैभन्दा बढी संख्यामा सम्बन्ध विच्छेद हुने मुलुकमा परेका छन् ।
त्यस्तै लिथ्वानियामा ३८ दशमलव ९ प्रतिशत र त्यसपछि प्रुान्स र नेदरलेन्ड ३८ दशमलव ३ हंगेरी ३७ दशमलव ५ क्यानडा ३७ लात्भिया ३४ दशमलव ४ मोल्डोभा २८ दशमलव १ स्लोभाकिया २६ दशमलव ९ पोर्चूगल २६ दशमलव २ स्वीट्जरलेन्ड २५ दशमलव ५ बुल्गेरिया २१ दशमलव १ स्लोभेनिया २० दशमलव ७ र रोमनियामा एक हजार दम्पत्तिलमध्ये १९ दशमलव १ प्रतिशतले गत वर्ष वैवाहिक जीवन अन्त्य गरे ।
त्यसैगरी पोलेन्ड र िसंगापुरमा १७ दशमलव २ ग्रीसमा १५ दशमलव ७ क्रोसिया १५ दशमलव ५ स्पेन १५ दशमलव २ र इजरायलमा १४ दशमलव ८ प्रतिशतले गतवर्ष सम्बन्ध विच्छेद गरे ।
माल्दिभ्स पनि दौडमा
दक्षिण एसियाली मुलुक माल्दिभ्समा पनि सम्बन्ध विच्छेदको दर उच्च रहको पाइएको छ । गत वर्ष सो मुलुकमा १० दशमलव ९७ प्रतिशत दम्पत्तिले आफ्नो वैवाहिक जीवन अन्त्य गरे । तर सार्कका अन्य मुलुकमा भने त्यस्तो दर अन्यको तुलनामा अत्यन्तै न्यून रहेको इन्साइक्लोपेडियामा समावेश तथ्यांकले देखाएको छ । विकसित भएपनि जापान पनि यो मामलामा निकै पछि छ । जापानमा गत वर्ष १ दशमलव ९ प्रतिशत दम्पत्ति छुट्टिए ।
जसअनुसार गतवर्ष भारतमा १ दशमलव १ र श्रीलंकामा १ दशमलव ५ प्रतिशतले सम्बन्ध विच्छेद गरेका थिए । सार्कका अन्य देशको भने सो सूचिमा नाम नै छैन ।
मजगलनभिु२वयगचलबष्कित।अयु

बक्स
विसंविवाहसम्बन्ध बिच्छेद
२०४२१५९७५२१
२०४३१४७८६१२
२०४४२४०१८१५
२०४५११६६९५११
२०४६४८४७५१४
२०४७२०५४००
२०४८१६५९९३१
२०४९३३५५८७१
२०५०३३६१२५७
२०५१२२८३६३३
२०५२४९६९७१०८
२०५३६१८९५८२
२०५४७९०८६३८
२०५५८०५५६१८
२०५६७९६३८५०
२०५७१०२१८२४१
२०५८१२११३१५७
२०५९११३६६९१०४
२०६०१४३०९६९७
२०६११२५६४४१३७
२०६२१५४४१४१८४ अप्रकाशित
२०६२तयार नै भएको छैन
नोटः २०३५ देखि २०४१ सम्म सम्बन्धविच्छेदको कुनै तथ्यांक छैन ।

बक्स २
उपत्यकामा पारिवारिक बिखन्डन
मिितसंख्या
जनवरी १९९९ देखि मे २०००३५००
जुन २००० देखि मे २००२२३९२
जुन २००२ देखि डिसेम्बर २००२५६५
जनवरी २००३ देखि नोभेम्बर २००३७४६
डिसेम्बर २००३ देखि अक्टुबर २००५११४२
नोभेम्बर २००५ देखि जुलाई २००६३४७
अगस्ट २००६ देखि जनवरी २००८६६४
स्रोतः ल्याक




No comments:

Post a Comment