Thursday, January 29, 2009

जोखिममा स~ाचारकर्मी

























मोहन ढुंगेल



सन् २००९ को जनवरी १० अर्थात् गत पुस २७ गते जनकपुरकी पत्रकार उमा िसंहको निर्ममतापूर्वक हत्या गरियो । िसंहको रहस्यमय ढंगले हत्या गरिएको भन्दै नेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आन्दोलन चलाइरहेको छ ।
सन् २००८ को नयाँ वर्ष मनाइरहँदा होन्डुरसका रेडियो मेगाका साचालक जोसे फर्नान्डो गान्जालेजको हत्या गरियो । त्यसको ठिक पाँच दिनपछि अर्थात् जनवरी पाँचमा ब्राजिलका अर्का साचारकर्मी वाल्टेर लिसा डि ओलिभेराको अज्ञात समूहले ज्यान लियो । ओलिभेरा त्यहाँको एसेम्बेलिया टेलिभिजनका क्यामरामेन थिए । लगत्तै सात दिनपछि नेपाली साचारकर्मी पुस्करबहादुर श्रेष्ठ मारिए । नेपालमा उनको कुनै चर्चा भएन तर प्रुान्समा रहेको दि वल्र्ड एसोसिएसन अफ न्यूजपेपर नामको साचार संस्थाले श्रेष्ठ हाइवे साप्ताहिकको प्रकाशक भनेर आपुनो प्रतिवेदनमा उनको नाम सामेल गर् यो ।
जनवरीकै १४ र २८ मा एक अफगान र एक इराकी साचारकर्मी मारिए । हत्या गरिएकामध्ये अफगानिस्तानका कास्रटेन थेाम्सन डागब्लेट नामको साचारमाध्यमसँग आवद्ध थिए भने इराकका आला अब्दूलकरिम अल फर्तुसी अल फोराट नामको टेलिभिजनका क्यामरामेन थिए । यद्यपि उनीहरुको हत्या कसले र के उद्धेश्यले गर् यो भन्ने विषयमा प्रतिवेदन मौन छ ।
साचारकर्मी हत्याको यो शृंखला गएको वर्ष झनै डरलाग्दो छ । गएको वर्ष अर्थात् सन् २००७ मा विश्वका विभिन्न मुलुकमा कार्यरत ९५ साचारकर्मीले लेखेकै आधारमा ज्यान गुमाउनु पर् यो । तीमध्ये काचनपुरका प्रकाशिसंह ठकुरी बाराका बिरेन्द्र साह र शंकर पन्थी गरी तीन नेपाली साचारकर्मी छन् । आजको समाचारका सम्पादक प्रकाश र एभिन्यूज टेलिभिजन समाचारदाता बिरेन्द्रलाई माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका हुन् भने नयाँ सत्ताका समाचारदाता शंकरको हत्या कसले गरेको हो भन्ने प्रतिवेदनमा खुलाइएको छैन । प्रकाशको हत्या मिति नै खुल्न सकेको छैन भने बिरेन्द्रलाई १८ असोज र शंकरलाई ३० भदौमा हत्या गरिएको हो ।
सन् २००७ मा हत्या गरिएका साचारकर्मीहरुको तथ्यांकका आधारमा सो वर्ष इराक सबैभन्दा जोखिमपूर्ण मुलुक बन्यो त्यहाँ ४४ साचारकर्मीको हत्या गरियो । त्यसपछि सोमालियामा आठ श्रीलंकामा ६ पाकिस्तानमा पाँच मे_िक्सको तीन तथा प्रजातान्त्रिक गणतन्त्र कंगो इरिटि्रया हाइटी प्यालेष्टिनी राज्य फिलिपिन्स र रुसमा दुई÷दुई साचारकर्मीको ज्यान गयो ।
सोही वर्ष ब्राजिल म्यान्मार चीन एलसाल्भाडोर ग्वाटेमाला होन्डुरस कि्रगिस्तान पाराग्वे पेरु टर्की जिम्बाबे र अमेरिकामा एक÷एक साचारकर्मी मारिए । अमेरिकामा मारिने साचारकर्मी चन्सी बेली हुन् । उनी अकलैन्ड पोस्टका सम्पादक हुन् । उनलाई २ अगस्टमा हत्या गरिएको थियो । इराकमा मारिने पाँचजना पश्चिमा साचारमाध्यमका छन् ।
सो न्यूजपेपरले गत साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार संगठित अपराध लागूऔषध कारोबार भ्रष्टाचार र अन्य आपराधिक कृयाकलापमा संलग्न समूहहरु साचारकर्मीहरुका लागि खतरा बन्दै गएका छन् । गत वर्ष अधिकांश साचारकर्मी त्यस्तै आपराधिक कृयाकलापको समाचार खेाजीकै क्रममा मारिएको सो संगठनको प्रतिवेदनमा उल्लेख छ ।
प्रुन्सको पेरिसमा केन्द्रीय कार्यालय रहेको सो विश्वव्यापि साचार संगठनमा ७७ मुलुकका १८ हजार साचार संस्था र एक सय दुई मुलुकका समाचारपत्र एवं एक दर्जन एजेन्सी आवद्ध छन् ।
साचारकर्मी हत्याको यो शृंखला त्यसअघि पनि जारी थियो । सन् २००६ मा एक सय १० २००५ मा ५८ २००४ मा ७२ २००३ मा ५३ २००२ मा ४६ २००१ मा ६० १९९९ मा ७० र १९९८ मा २८ साचारकर्मीको हत्या भयो ।
काउ_िन्सलरले कुटिकुटि मारे
सन् २००६ मा अफगानिस्तान ३ चीन र अंगोला २ ब्राजिल र बंगलादेशमा एक÷एक जनाले ज्यान गुमाए । ब्राजिलका ७३ वर्षीय स्वतन्त्र पत्रकार अजुरीकावा मोनासा डे पाउलालाई २४ जुलाईमा त्यहाँको महानगरीय काउ_िन्सलर ओस्भाल्डो विवासले राजधानी रियो दि जेनेरियोको खुल्ला सडकमा कुटीकुटी मारे । कार्यालयको गोपनीयता भंग गरेको आरोपमा पाउलाले ज्यान गुमाउनुपर् यो । चीनीया समाचारपत्र अनसुन दैनिकका सम्पादक जियो गुम्पेनले भने सिन्चाङ प्रान्तका प्रहरी प्रमुख पेन देङफेङकी पूर्व पत्नीलाई समर्थन गरेर समाचार लेखेवापत त्यहाँको प्रहरीले उनको हत्या गर् यो भने ताइजो वानबाओ समाचारपत्रका समाचारदाता वु िसंघुले त्यहाँको ट्राफिक प्रहरीले विद्युतीय साइकलको लाइसेन्स दिँदा घुस खाएको समाचार लेखेवापत ज्यान गुमाए । २० अक्टुबर २००६ मा दर्जनौंका संख्यामा रहेका कोस्टल शहरका ट्राफिक प्रहरी उनको कार्यालयमा आएर उनलाई याताना दिएको केही दिनमै उनको मृत्यु भएको हो ।
सोही साल फिलिपिन्समा आठ गुएना र मे_िक्सकोमा ६÷६ कोलम्बिया र पाकिस्तानमा चार÷चार श्रीलंकामा पाँच भारत रुस र भेनेजुएलामा तीन÷तीन कंगो ग्वाटेमालाम इन्डोनेसिया सोमालिया सुडान तुर्कमेनिस्तान यमन र इरानमा एक÷एक डोमिनकिन रिपब्लिक लेबनन र एक्वेडरमा दुई÷दुई साचारकर्मीले ज्यान गुमाए ।
इरानकी अफिर सेर्कलाई २५ जुलाईमा टर्कीको सीमा पार गर्ने क्रममा हत्या गरिएको हो । उनी टर्कीको अजरबैजान राज्यमा महिला आत्महत्याबारेको समाचार संकलन गर्न त्यसतर्फ जाँदै थिइन् । सो सूचना पाएर स्थानीय गाउँले पुरुषहरुले उनको हत्या गरिदिए । सेर्क फिरात हबर अजान्सी नामको समाचारपत्रमा कार्यरत् थिइन् ।
सन् २००६ मा पनि इराक साचारकर्मीका लागि जोखिमपूर्ण नै रह्यो । त्यहाँ त्यसवर्ष ४५ साचारकर्मी मारिए भने २००५ मा २२ र २००४ मा २३ साचारकर्मीले ज्यान गुमाए । इराक भियतनाम फिलिपिन्स र श्रीलंकामा अधिकांश साचारकर्मी संगठित अपराध गर्ने गिरोह लागूऔषध तस्कर र सशस्त्र विद्रोही संगठनको शिकार बने ।
सार्क जोखिमपूर्ण
पत्रकारहरुको अन्तराष्ट्रिय संगठन रिपोटस्र विदआउट बोर्डरको वार्षिक प्रतिवेदन २००७ अनुसार प्रेस स्वतन्त्रताका हिवासले वर्गीकृत विश्वका सात समूहमध्ये नेपाल छैठौंमा छ । सो समूह अति खराबभन्दा एक तहमाथिको हो । अंकका हिसाबले नेपाल प्रेस स्वतन्त्रता रक्षा गर्न नसक्ने विश्वको एक सय ३७ औं नम्बरमा छ । नेपालमा सन् २००७ मा ५३ दशमलव ७५ प्रतिशत प्रेस स्वतन्त्रताका घटना भए भने त्यसअघिका तीन वर्ष नेपाली साचारकर्मीका लागि अत्यन्तै जोखिमपूर्ण रहेको प्रतिवेदनले देखाएको छ । ती वर्ष नेपाल अन्तिम समूहमा थियो । जसअनुसार सन् २००६ मा ७३ दशमलव पाँच २००५ मा ८६ दशमलव ७५ र २००४ मा नेपालमा ८४ प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भए ।
सार्कको सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारत प्रेस स्वतन्त्रताका दृष्टिले एक सय २० औं सूचिमा परेको छ । भारतमा गत वर्ष ३९ दशमलव ३३ र त्यअघिका पाँच वर्ष क्रमशः २६ दशमलव पाँच २७ ३८ दशमलव पाँच ३९ र २६ दशमलव पाँच प्रतिशत प्रेस स्वतन्त्रताका घटना भएका थिए ।
निरंकुश राजतन्त्रात्मक मुलुक भुटान भने खराब समूहमध्ये एक तहमाथि रहेर एक सय १६ औं नम्बरमा छ । यद्यपि सन् २००६ भन्दा गत वर्ष भुटानमा कार्यरत साचारकर्मीका लागि खराब वर्ष रह्यो । सो वर्ष २५ प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने गत वर्ष त्यो बढेर ३७ दशमलव १७ प्रतिशत पुग्यो । त्यसभन्दा पनि अघिल्ला वर्ष भने अझ खराबस्थिति थियो । जसअनुसार भुटानमा सन् २००२ मा ९० दशमलव ७५ २००३ मा ७७ दशमलव ३३ २००४ मा ५५ दशमलव ८३ र २००५ मा ५१ दशमलव पाँच प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भए ।
सार्क मुलुक पाकिस्तान श्रीलंका अफगानिस्तान र बंगलादेश सातौं समूहमा छन् भने माल्दिभ्स छैठौं समूहमा छ । गतवर्ष भएका प्रेस स्वतन्त्रता हननका घटनाका आधारमा श्रीलंका विश्वको एक सय ५६औं पाकिस्तान एक सय ५२औं अफगानिस्तान एक सय ४२औं बंगलादेश एक सय ३४औं र माल्दिभ्स एक सय २९औं स्थानमा छन् । माल्दिभ्स सन् २००४ देखि २००६ सम्म अत्यन्तै खराब अर्थात् सातौं सूचिमा थियो भने श्रीलंका सन् २००६ देखि २००७ सम्म सो सूचिमा छ । त्यसैगरी पाकिस्तान र बंगलादेश सन् २००४ देखि २००७ सम्म खराब सूचिमा छन् । सन् २००७ मा श्रीलंकामा ६७ दशमलव पाँच पाकिस्तानमा ६४ दशमलव ८३ अफगानिस्तानमा ५६ दशमलव पाँच बंगलादेशमा ५३ दशमलव १७ र माल्दिभ्समा ४५ दशमलव १७ प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भए ।
युरोप उत्कृष्ट
विश्वमा स्वतन्त्र प्रेस संरक्षण गर्ने अग्रणी देशका रुपमा युरोपको आइसल्यान्ड र नर्वे रहेका छन् ।
रिपोटस्र विथआउट बोर्डले प्रकाशित गरेको प्रतिवेदन अनुसार ती दुई देशमा गत वर्ष २००७ मा शून्य दशमलव ७५ प्रतिशत मात्र प्रेस स्वतन्त्रता हननका घटना भए । त्यसैगरी स्टोनिया र स्लोभाकिया दोस्रो बेल्जियम फिनलैन्ड र स्वीडेन तेस्रो डेनमार्क आयरलैन्ड र पोर्चुगल चौथो स्वीट्जरलैन्ड पाँचौं तथा लात्भिया र नेदरलैन्ड प्रेस स्वतन्त्रताका दृष्टिले विश्वका छैठौं उत्कृष्ठ मुलुक हुन् ।
गत वर्ष स्टोनिया र स्लोभाकियामा एक बेल्जियम फिनलैन्ड र स्वीडेनमा एक दशमलव पाँच डेनमार्क आयरलैन्ड र पोर्चुगलमा दुई स्वीट्जरलैन्डमा तीन तथा लात्भिया र नेदरलैन्डमा ती दशमलव पाँच प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भएका हुन् । रिपोटस्र विदआउट बोर्डस्रको समूह विभाजनमा माथिका १२ वटा मुलुक उत्कृष्ट ठहरिए भने चेक रिपब्लिक न्यूजिलैन्ड अष्ट्रेलिया हँगेरी क्यानडा टि्रनिडाड एन्ड टोबागो जर्मनी कोस्टारिका स्लोभेनिया लिथ्वानिया संयुक्त अधिराज्य मरिसस नामिबिया जमैका अष्ट्रिया घाना गि्रस र प्रुान्स उत्कृष्टको दोस्रो श्रेणीमा रहे । युरोप र अपि्रुकाका यी १८ देशमा गत वर्ष चारदेखि नौ दशमलव ७५ प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भए ।
अमेरिका नराम्रो
विश्वको प्रजातान्त्रिक दावी गर्ने मुलुक अमेरिका सो सूचिमा तेस्रो समूहको अन्तिममा परेको छ । अमेरिकामा गत वर्ष १४ दशमलव पाँच प्रतिशत पत्रकारले सास्ती पाए । गत वर्ष सो प्रतिशत १३ थियो भने सन् २००५ मा नौं दशमलव पाँच २००४ मा चार २००३ मा ६ र २००२ मा चार दशमलव ७५ प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भए । सो समूहको उत्कृष्ट एकमा चीनको ताइवान छ भने त्यसपछि स्पेन बोस्निया हर्जगोभिना इटली मेसेडोनिया गणतन्त्र जापान उरुग्वे ग्रानाडा चिली दक्षिण कोरिया क्रोसिया रोमानिया दक्षिण अपि्रुका इजरायल केप भर्डा साइप्रस र निकारागुवा छन् ।
खराबमध्येको साधारण समूहमा क्रमश टोगो मर्टेनिया बुल्गेरिया माली बेनिन पानामा तान्जिानिया इक्वेडर पोल्यान्ड टर्की मोन्टेनेग्रो कोसोभो हङकङ मडगास्कर कुवेत एलसाल्भाडोर संयुक्त अरब इमिरेट्स जर्जिया सर्बिया बोलिभिया बुर्किना फासो जाम्बिया अपि्रुका डोमिनिकन मोजाम्बिक मंगोलिया बोस्टवाना हाइटी अर्मेनिया केन्या कतार गणतन्त्र कंगो मोल्डोभा अर्जेन्टिना सेनेगल र ब्राजिल छन् ।
त्यस्तै कम्बोडिया लाइबेरिया अल्बानिया होन्डुरस नाइजर पाराग्वे अंगोला मलावी युक्रेन पूर्वी टिमोर कोस्टडेल्भोरिया कमोरोस युगान्डा लेबनन लेसोथो इन्डोनेसिया टर्की गेबोन इजरायल अधीनस्थ राज्यहरु ग्वाटेमाला सिसेलेस मोरक्को फिजी गुएना गुएना बिसाओ र कि्रगिस्तान पनि खराबमध्येको सामान्य समूह अर्थात् चौथो समूहमा परेका छन् । यी मुलुकमा गतवर्ष १५ दशमलव १७ देखि ३३ दशमलव ६० प्रतिशतसम्म प्रेस स्वतन्त्रता हननका घटना भए ।
चीनमा पनि जोखिम
चीन सातौं समूहको पनि अन्त्यतिर छ । गत वर्ष चीनमा ८९ प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भएको सो प्रतिवेदनमा छ । अत्यन्त खराब समूहको पाँचौ खराबमा रहेको चीनमा सन् २००६ मा ९४ २००५ मा ८३ ०४ मा ९२ दशमलव ३३ ०३ मा ९१ दशमलव २५ र २००२ मा ९७ प्रतिशत प्रेस स्वतन्त्रता हननका घटना भएका थिए ।
यो समूहमा सोमालिया उज्वेकिस्तान लाओस भियतनाम म्यान्मार क्यूबा इरान तुर्कमेनिस्तान उत्तर कोरिया र इरिटि्रया छन् ।

५० दशमलव २५ देखि ६९ देखि ८३ प्रतिशत प्रेस स्वतन्त्रता हनन गरेर विकसित मानिने िसंगापुर थाइलेन्ड र रुसदेखि युद्धग्रस्त अपि्रुकी देश कंगो सुडान रुवान्डा इथियोपिया इराक र प्यालेस्टाइनसम्मका २२ देश छैठौं समूहमा छन् भने मलेसिया फिलिपिन्स बहराइन जस्ता विकासको दौडमा सामेल मुलुकदेखि िहंसाको चपेटमा परेका गणतन्त्र चाड सिएरालियोन बुरुन्डीदेखि अमेरिका अधिनस्थसम्मका १८ मुलुक पाँचौं समूहमा परेका छन् । ती देशमा ३६ देखि ४९ दशमलव ७५ प्रतिशत साचारमाध्यम िहंसा र अवरोधको शिकार बनेको पाइएको छ ।


हत्या गरिएका नेपाली साचारकर्मी

नाम साचारमाध्यम मिित कारण

उमा िसंह जनकपुर एफएम १३ जनवरी २००९ अज्ञात

पुस्करबहादुर श्रेष्ठ हाइवे साप्ताहिक १२ जनवरी २००८ अज्ञात

प्रकाशिसंह ठकुरी आजको समाचार अज्ञात असहयोग गरेको आरोपमा माओवादीद्वारा

बिरेन्द्र साह एभिन्यूज टेलिभिजन ५ अक्टोबर २००७ विरोधमा लेखेको आरोपमा माओवादीद्वारा

शंकर पन्थी नयाँ सत्ता अज्ञात अज्ञात

महेश्वर पहाडी नखुलेको ४ अक्टोबर २००५ जेलमा उपचार नपाएर

बद्री खड्का जनादेश साप्ताहिक २९ अगस्ट २००४ माओवादी आरोपमा सुरक्षाफौजद्वारा

डेकेन्द्रराज थापा रेडियो नेपाल ११ अगस्ट २००४राज्यलाई सहयोग गरेको आरोपमा माओवादीद्वारा

विनोदसजन चौधरी नेपालगाज एक्सप्रेस कैलाली २७ सेप्टेम्बर २००३ माओवादी आरोपमा सुरक्षाफौजद्वारा

ज्ञानेन्द्र खड्का रासस ७ सेप्टेम्बर २००३राज्यलाई सहयोग गरेको आरोपमा माओवादीद्वारा

अमर लामा ताजाखबर साप्ताहिक २७ जुलाई २००३ अज्ञात समूह

अम्बिका ति_िम्सना जनादेश साप्ताहिक १२ डिसेम्बर २००२ राज्यलाई सूचना दिएको आरोपमा माओवादीद्वारा

नवराज शर्मा कदम साप्ताहिक १३ अगस्ट २००२ आफ्नो विरोध गरेको आरोपमा माओवादीद्वारा

कृष्ण सेन जनदिशा दैनिक जुन २००२प्रहरी यातनाबाट

1 comment: