Sunday, January 25, 2009

िहंसाको डढेलो

मोहन ढुंगेल
१२ पुसमा अज्ञात समूहले रावलपिन्डीमा पाकिस्तानकी प्ूर्वप्रधानमन्त्री एवं त्यहाँकी लोकपि्रय नेतृ बेनजिर भुट्टोको हत्या गर् यो ।
पछिल्ला अनुसन्धानहरुले उनको हत्यामा बजिरिस्तानलाई संरक्षित क्षेत्र बनाएर पाकिस्तान भारत र अफगानिस्तानमा िहंसात्मक धार्मिक युद्ध जेहाद साचालन गरिरहेको तालिवानको संलग्नता रहेको बताइँदैछ । तालिवानका एक प्रमुख कमान्डर बेतुल्लाह मेहसुदको योजनाका आधारमा बेनजिरको हत्या गरिएको पाकिस्तान प्रहरीले पक्राउ गरेका एक किशोरले बताएका छन् ।
सोही स्थानमा सन् १९५१ को १६ अक्टोबरमा अर्का पाकिस्तानी प्रधानमन्त्री लियाकत अलि खानको पनि हत्या गरिएको थियो । त्यहाँ आयोजित सार्वजनिक समारोहलाई संबोधन गरेर फर्किदै गरेका खानलाई साद अकबर नामका अफगानी आक्रमणकारीले गोली हानेको थियो । पाकिस्तानका प्रथम प्रधानमन्त्री अलि त्यहाँबाट भाग्दै नजिकको अस्पतालमा पसे उनलाई बचाउन चिकित्सकले भरमग्दुर प्रयास पनि गरे । तर सकेनन् । आक्रमणकारीलाई प्रहरीले तत्कालै मारेका थिए ।
िहंसाको आगोले पाकिस्तानमा मात्र होइन भारत श्रीलंका नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुलाई आफ्नो लपेटामा लिने क्रम बढ्दो छ । अतिवादी कम्यूनिष्ट मुस्लिम र पृथकतावादी संगठनहरुको आक्रमणबाट भारत पीडित छ भने श्रीलंकाका लागि तमिल टाइगरको िहंसा टाउको दुखाईको विषय बनेको छ । त्यस्तै बंगलादेश अफगानिस्तान र पाकिस्तानमा धार्मिक अतिवादीहरुको दवदवा छ भने नेपालमा पनि राजनीति नारालाई िहंसामा मिसाउन थालिएको वषौं भएको छ अहिले त्यसको रुप मात्रै फरक देखिँदैछ सार एउटै छ-व्यक्ति हत्या र भौतिक सम्पत्तिको विनास ।
िहंसा द्वेष र आक्रोशका नाममा दक्षिण एसियाका प्रभावशाली राजनीतिक नेताहरु तत्कालीन भारतीय प्रधानमन्त्री राजिव गान्धी श्रीलंकाली राष्ट्रपति प्रेमदासा र पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिरको हत्या भइसकेको छ भने पाकिस्तानका वर्तमान राष्ट्रपति परवेज मुसर्रफमाथि ६ पटक हत्याको असफल प्रयास भइसकेको छ । राजिव र प्रेमदासाको हत्या श्रीलंकामा छुट्टै राज्यको माग गर्दै सशस्त्र संघर्ष गरिरहेको लिबरेसन टाइगर अफ तमिल इलम लिट्टे संवद्ध आत्मघाती दस्ताले गरेको हो । राजिवलाई सन् १९९१ को २१ मईमा दक्षिण भारतको चेन्नेई शहरनजिक श्रीपरुम्बदुरमा आयोजित चुनावी सभामा सहभागी भएका बेला हत्या गरिएको हो । उनको हत्यामा संलग्न थेनमुली राजरनाथन नाम गरेकी आत्मघाती तमिल महिलाको पनि घटनास्थलमै मृ्रत्यु भएको थियो ।
गान्धी हत्याको २ वर्ष पछि सो समूहले श्रीलंकाली पूर्वराष्ट्रपति प्रेमदासालाई आफ्नो निशाना बनाएका हुन् । भिल्लुपिलाई प्रभाकरणको नेतृत्वमा सन् १९७६ मा स्थापित लिट्टेले साचालन गरेको संघर्षका कारण श्रीलंकामा लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् ।
त्यसो त महात्मा गान्धी र इन्दिरा गान्धीको हत्या पनि द्वेष र आक्रोशकै कारण भएको थियो । सन् १९४८ को ३० जनवरी साँझ बिडला मन्दिरमा पार्थना गर्न जाँदै गर्दा नाथुराम गोड्से नाम गरेका व्यक्तिले गान्धीमाथि गोली हाने । गोली लागे लगत्तै गान्धी त्यहीँ ढले ।
त्यस्तै सन् १९८४ को अक्टोबर ३१ मा इन्दिराका दुई अंगरक्षकले उनको हत्या गरे । तत्कालीन प्रधानमन्त्री इन्दिरा त्यसबेला आफ्नै बगैचामा डुल्दै थिइन् । हत्या गर्नेमध्येका बीन्ट तत्काल मारिए भने सतवन्तलाई पछि फाँसीमा झुन्ड्याइएको थियो । उनीहरुले इन्दिरामाथि सन् त्यसैवर्षको जुन महिनामा हरमन्दिर साहिब कम्प्लेक्सका सिख मार्न सेना परिचालन गरेको आरोप लगाएका थिए ।
तर त्यसबेला दुवैको हत्याका पछाडि संगठित शक्ति थिएन । यसकारण पनि ती हत्या आतंकवादसँग गाँसिएनन् । तथापि ती हत्या र त्यसपछिका िहंसाको उद्धेश्यमा कतै न कतै सामन्जस्यता पाइन्छ । महात्मा गान्धीलाई हिन्दूहरुको समर्थन नगरेको अभियोगमा नाथुराम गोड्सेले गोली चलाएका थिए भने इन्दिरालाई शिखहरुको पवित्रस्थल स्वर्ण मन्दिरमा नरसंहार गरेको भन्दै आफ्नै सिख अंगरक्षकले ज्यान लिएका थिए ।
बढी समस्यामा भारत
स्वतन्त्र भएयता धर्मका नाममा होस् या जातीय कारण अहिलेसम्म िहंसाबाट दक्षिण एसियाली राष्ट्रमध्ये भारत बढी पीडित देखिएको छ । विशेषगरी पूर्वी दक्षिणी र मध्य क्षेत्रमा नक्सलवादी जम्मू र काश्मीरमा मुस्लिम पृथकतावादी तथा परम्परागत आदिवासी समूदायले उत्तरी राज्यमा िहंसात्मक गतिविधि गरिरहेका छन् । त्यस अतिरिक्त पाकिस्तानी भूमिलाई आधार बनाएर जैस ए मोहम्मद लस्कर ए तोएवा तालिवान जस्ता आतंकवादी संगठनले भारतमा धेरै मानवीय र भौति क्षति पुर् याइसकेका छन् ।
भारतमा हालसम्म सार्वजनिक भएका िहंसात्मक संगठनको संख्या एक सय ४१ छ । यीमध्ये ९५ प्रतिशत पृथक राज्यको माग गर्नेछन् । भारतको जम्मु-कश्मीरमा मात्र ३३ वटा सशस्त्र संगठन िहंसामा संलग्न छन् । तिनलाई अन्तराष्ट्रिय आतंकवादीको सूचिमा सामेल अलकायदा र तालिवानले आर्थिक र सैन्य सहयोग गरिरहेको बताइएको छ ।
त्यस्तै उत्तरपूर्वी भारतमा जातीय िहंसाले राजनीतिक नाम पाएको छ । भारतको मणिपुरमा ११ त्रिपुरामा २९ पाजाबमा १२ नागालैन्डमा ३ मेघालयमा ४ र मिजोरममा २ वटा हतियारधारी समूह सकि्रय छन् । अरुणााचल उत्तर प्रदेश बिहार झारखण्डमा सशस्त्र कम्यूनिष्ट आन्दोलन जारी छ । सो महाराष्ट्रसम्म विस्तार हुँदैछ ।
सन् २००४ मा माओइस्ट कम्युनिष्ट सेन्टर र पिपुल्स वार ग्रुपबीच एकता भएर कम्युनिष्ट पार्टी अफ इन्डिया बनेको हो । पछिल्ला दिनमा यो संगठन वैचारिक कम र पृथकतावादी बढी देखिएको छ ।
आन्ध्र प्रदेश उत्तर प्रदेश उडिसा झारखण्ड बिहार छतिस गढ र पश्चिम बंगालमा कम्यूनिष्ट एकात्म राज्य बनाउने मागसहित िहंसारत् यो भारतीय कम्युनिष्ट पार्टीलाई गणपति प्रमोद मिश्रा उमा शंकर अलियास नथुनी मिस्त्रीले नेतृत्व दिएका छन् । यीमध्ये मिस्त्रीलाई करीब ६ वर्षअघि झारखण्ड प्रहरीले पक्राउ गरिसकेको छ ।
भाकपाको आक्रमणमा परी हालसम्म सुरक्षाकर्मीसहित करीब २ हजार व्यक्तिले ज्यान गुमाइसकेको बताइन्छ ।
उत्तरी भारतको प्रमुख सशस्त्र संगठन मानिने यूनाइटेड लिबरेसन प्रुन्ट अफ आसाम उल्फा स्थापनाको २१ वर्षपछि राज्यका एक वरिष्ठ राजनीतिक व्यक्तिको हत्या गरेर चर्चामा आएको हो । उसले सन् २००० मा आसामका राज्यमन्त्रीको हत्या गरेको थियो । सन् १९७९ मा स्वतन्त्र आसामको माग गर्दै स्थापित सो संगठन हाल अरुणाचल प्रदेश मेघालय नागालैन्डहुँदै भुटानको सीमवर्ती क्षेत्रसम्म पुगेको छ ।
नेपालको पीडा सकिएन
नेपालमा भने अहिलेसम्म सरकारले कुनै संगठनलाई आतंककारीको सूचिमा राखेको छैन । यद्यपि अमेरिकाले माओवादीलाई यसअघि लगाएको आतंककारीको बिल्ला अझै हटाएको छैन । त्यस्तै अमेरिकाले सन् २००६ मा प्रकाशित आतंककारीको सूचिमा गोइत र ज्वालािसंहको नेतृत्वमा रहेका दुई तराई जनतान्त्रिक मुक्ति मोर्चाको नाम पनि समावेश गरेको छ ।
तर लोकतन्त्र स्थापनापछि तराईमा स्वात्तताको माग राख्दै दर्जनौं सशस्त्र समूह खुल्ने र िहंसा हत्यालाई निरन्तरता दिने होड नै लागेको छ । दिनुहँजसो एउटा न एउटा सशस्त्र संगठन खुलेको र त्यसले कहीँ न कहीँ नागरिकको ज्यान लिएको खबर साचारमाध्यमहरुमा आउने गरेको छ । हालसम्म संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूह मधेशी टाइगर मधेशी आर्मी तराई कोब्रालगायतका एक दर्जन सशस्त्र समूहले तराई क्षेत्रलाई आधारभूमि बनाएर िहंसामा संलग्न छन् भने रणबीर सेनादेखि केही दिनअघि मात्रै खुलेको बताउने मध्य तथा सुदूरपश्चिम केन्द्रित राष्ट्रिय मुक्ति मोर्चाले आफूलाई राजावादी संगठनको रुपमा चिनाइरहेका छन् ।
नेपालमा पछिल्लो र सबैभन्दा ठुलो मानवीय क्षति भनेको माघको पहिलो साता बारामा यात्रुबसमा गराइएको विष्फोट हो । मधेश आर्मीले जिम्मेवारी दावी गरेको सो विष्फोटमा ८ नेपालीले ज्यान गुमाएका छन् ।
भुटानमा भने हालसम्म्म त्यहीँ आधारभूमि बनाएर स्थायी प्रकृतिको िहंसात्मक संगठन देखापरेको छैन । तर बेलाबखत उल्फा बोडोलगायतका भारतीय पृथकतावादी संगठनले भुटानमा आफ्नो गतिविधि देखाउँदै आएका छन् । पछिल्लो समयमा भने भाकपा माओवादी नामको कम्यूनिष्ट पार्टीले त्यहाँ सशस्त्र संघर्ष गर्ने बताउँदै आएको छ । सो संगठनमा भुटानबाट लखेटिएका नेपाली भाषीहरुको बाहुल्यता रहेको छ । सो संगठन हाल नेपालका भुटानी शरणार्थी शिविरभन्दा बाहिर निस्केको पाइँदैन ।
दक्षिण एसियाका तीन मुस्लिम राष्ट्र बैंगलादेश पाकिस्तान र अफगानिस्तान चाहिँ मुस्लिम अतिवादीबाट पीडित छ । बंगलादेशमा पाँच पाकिस्तानमा ४८ र अफगानिस्तानमा तीन संगठनको िहंसा वर्ष जारी छ ।
श्रीलंका वषौंदेखि पृथकतावादको नाममा िहंसापीडित रहँदै आएको छ । लिट्टे सहित त्यहाँ हाल ३६ सशस्त्र संगठन कि्रयाशील छन् ।
मुस्लिम बाहुल
संसारका िहंसात्मक संगठनको सूचि हेर्ने हो भने त्यसमा झण्डै दुई तिहाई संगठन मुस्लिमहरुको छ । धार्मिक कट्टरताका कारण मुस्लिम संगठन अन्यको तुलनामा खतरनाक पनि हुन्छन् । त्यस्तै कट्टरताले गर्दा संसारको शक्तिशाली राष्ट्र मानिने अमेरिका यससंग आवद्ध बेलायत प्रुान्स अष्ट्रेलियालगायतका देशका लागि ओशामा बिन लादेन सबैभन्दा खतरनाक व्यक्ति बनेका छन् र उनको संगठन अलकायदा सबैभन्दा िहंस्रक ।
संसारको सबैभन्दा खतरनाक र शक्तिशाली मानिएको सशस्त्र संगठनहरुको साजाल अल कायदा सन् १९८८ मा लादेनले स्थापना गरेका हुन् । यो संगठन स्थापनाको उद्धेश्य थियो अफगानिस्तानबाट सोभियत संघका सैनिक लखेट्नु । तर अहिले लादेनको यो संगठनले अमेरिका र त्यसका समर्थकलाई प्रमुख निशाना बनाएका छन् । सोही उद्धेश्यले अलकायदा दक्षिण एसियामा पनि केन्द्रित छ ।
अलकायदालाई प्रमुखतः सेप्टेम्बर ११ सन् २००१ मा अमेरिकाको ट्विन टावर रक्षा मन्त्रालय पेन्टागन जस्ता अति सुरक्षित र संवेदनशील स्थानमा भएका हवाई हमलाका कारण संसारले चिनेको हो । अमेरिकाकै चारवटा जेट विमान अपहरण गरी अलकायदा लडाकूले सो आक्रमण गरेका थिए । सो आक्रमणमा परी ३ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।
त्यस अतिरिक्त अपि्रुका युरोप मध्यपूर्व अफगानिस्तान पाकिस्तान इराक र भारतमा समेत अलकायदाले आत्मघाती आक्रमण गरी सयौंको ज्यान लिइसकेको छ । पाकिस्तानी शक्तिशाली राष्ट्रपति परवेज मुसर्रफको पनि यो संगठनले दुई पटक हत्या प्रयास गरिसकेको छ ।
त्यस्तै अलकायदाले सन् २००० मा यमनस्थित एक अमेरिकी जल सेनाको पानी जहाजमा गराएको विष्फोटमा परी १७ अमेरिकी सैनिकको मृत्यु भएको थियो । सन् १९९८ मा नैरोबी र दारएसलामस्थित अमेरिकी दूतावासमा पनि विष्फोट गराउँदा कम्तीमा ३ सय जना मारिएका थिए भने ५ हजारभन्दा बढी घाइते भएका थिए । अलकायदालाई सुन्नी समूदायका मुस्लिम अतिवादीहरुको साझा संगठन पनि भन्ने गरिन्छ । अहिले पनि करीब ३ दर्जन सशक्त संगठन यसमा आवद्ध छन् ।
जमात ए इस्लामिया दि इस्लामिक मुभमेन्ट अफ उज्वेकिस्तान दि इस्लामिक जिहाद ग्रुप लस्कर ए जहाँग्बी हर्कत उल मुजाहिद्धिन अन्सर अल सुन्ना तालिवान जेमाह इस्लामिया दि लिबिया इस्लामिक फाइटिङ ग्रुपलगायताका मुस्लिम अतिवादी संगठन यसका सदस्य छन् । यस अतिरिक्त अलकायदाले विभिन्न मुलुकमा आफ्नै शाखासमेत विस्तार गरिसकेको छ । तीमध्ये इराकमा बहुराष्ट्रिय सेनाविरुद्ध लडिरहेको अलकायदा इन इराक सशक्त मानिएको छ भने अल्जेरिया क्यानडा र पश्चिमी युरोपमा पनि यसले आफ्नै नामको शाखा स्थापना गरिसकेको छ ।
स्वतन्त्र कश्मीरका लागि लडेको भन्ने लस्कर ए तोयबाको स्थापना सन् १९८० मा भएको हो । हफिज मोहम्मद सइदले यसको नेतृत्व गरेको छन् । अलकायदनाको सहयोगी यो भारतीय संसद आक्रमणको सहयोगी मानिन्छ ।
तालिवानसँग आवद्ध लस्कर ए जहाँग्वी नामको संगठन सन् १९९९ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ र उनका भाइ एवं पाजाब प्रान्तका मूख्यमन्त्री सहबाज शरीफको हत्या प्रयासमा संलग्न थियो ।
अल फरान अल हदिद अल हदिथ हर्कत उल अन्सार जमायत उल अन्सारसहितका ७ शसस्त्र संगठन आवद्ध हर्कत उल मुजाहिद्धिन पाकिस्तानलाई आधार क्षेत्र बनाए िहंसाको नेतृत्व गरिरहेको छ । २००५ देखि यसको नेतृत्व डा। बदर मुनिरले सम्हालेका छन् । यसका संस्थापक फज्लुर रहमान खलिल अलकायदाको शीर्ष नेतृत्वमा छन् ।
सन २००२ मा अमेरिकी पत्रकार डेनियल पर्लको अपहरण र हत्यामा यो संगठनको संलग्नता पाइएको छ ।
मसुद अजहरले २००२ मा स्थापना जैस ए मोहम्मद कश्मीरको राजनीतिक दल जमाइत उलेमा ई इस्लाम्स फज्लुर रहमान समूहसँग आवद्ध छ । यसले सन् २००३ र ०४ मा दुई पटक पाकिस्तानी राष्ट्रपति मुस्ररफको हत्या प्रयास गरिसकेको छ । यसले सन् २००१ मा श्रीनगरस्थित जम्मू कश्मीर विधानसभामा आत्मघाती आक्रमण गरेर ३० को ज्यान लिएको थियो । यसले लस्कर ए तोएवासँग मिलेर सन् २००१ मा भारतको संसदमा आक्रमण गरेको थियो ।
हर्कत उल जिहाद इ इस्लामी हुजी सुन्नी समूदायको खतरनाक संगठन हो । सन् १९८० मा तत्कालीन सोभियत संघलाई अफगानिस्तानबाट लखेट्न स्थापित यो संगठनलाई अहिले कारी सैफुल्लाह अख्तर र सैन्य कमान्डर अमिन रब्बानीले नेतृत्व दिएका छन् । यो पनि अफगानिस्तान कश्मीर र पाकिस्तानमा कि्रयाशील छ ।
हुजी बी का नामबाट बंगलादेशमा पनि यो संगठन कि्रयाशील छ । बंगलादेशमा इस्लामिक कानुन लागू गर्नुपर्ने यसको प्रमुख माग छ । लादेनको उपस्थितिमा सन् १९९८ मा हुजी बी र हुजीबीच अमेरिकाविरुद्ध जेहाद साचालन गर्ने लिखित सहमतिसमेत भइसकेको छ । हुजी बीले सन् २००० मा बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई हत्याको प्रयास गरेको थियो ।
कश्मीरमा कि्रयाशील िहंसात्मक संगठनमध्ये हिज्बुल मुजाहिद्धिन सबैभन्दा ठुलो हो । जम्मू-कश्मीरलाई छुट्टै राज्य बनाइनुपर्ने मागसहित सन् १९८९ मा स्थापना गरिएको यो संगठन पाकिस्तानको प्रमुख राजनीतिक दलमध्येको एक जमात इ इस्लामीको शाखा संगठन पनि हो ।

बंगलादेश
हरकत उल जेहाद अल इस्लामी हुजी बी
जाग्रता मुस्लिम जनता बंगलादेश जेएमजेबी
जमाअतुल मुजाहिद्धिन बंगलादेश जेएमबी
पूर्व बांगला कम्युनिष्ट पार्टी पीबीसीपी
इस्लामी छत्र शिविर आईसीएस

भारत
यूनाइटेड लिबरेसन प्रुन्ट अफ आसम उल्फा
नेश्नल डेमोक्र्याटिक प्रुन्ट अफ बोडोल्याण्ड एनडीएफबी
यूनाइटेड पिपुल्स डेमोक्र्याटिक सोलिडारिटी यूपीडीएस
कामतापुर लिबरेसन अर्गनाइजेसन कैएलओ
बोडो लिबरेसन टाइगर फोस्र बीएलटीएफ
दिमा हालिम दाओगाह डीएचडी
कार्बी नेश्नल भोलेन्टियर केएनभी
राभा नेश्नल सेकुरिटी फोस्र आरएनएसएफ
कोच-राजवंशी लिबरेसन अर्गनाइजेसन केआरएलओ
हमार पिपुल्स कन्भेन्सन एचपीसीडी
कार्बी पिपल्स प्रुन्ट केपीएफ
टिवा नेश्नल रिभोलुसनरी फोस्र टीएनआरएफ
बिर्चा कमाण्डो फोस्र बीसीएफ
बेंगाली टाइगर फोस्र बीटीएफ
आदिवासी सेक्यूरिटी फोस्र एएसएफ
अल आसाम आदिवासी समिति एएएएसएस
गोर्खा टाइगर फोस्र जीटीएफ
बराक भ्याली यूथ लिवरेसन प्रुन्ट बीभीवाईएलएफ
मुस्लिम यूनाइटेड लिवरेसन टाइगस्र अफ आसाम मूल्टा
यूनाइटेड लिवरेसन प्रुन्ट अफ बराक भ्याली
मुस्लिम यूनाइटेड लिवरेसन प्रुन्ट अफ आसाम मूल्फा
मुस्लिम सेक्यूरिटी काउ_िन्सल अफ आसाम मस्का
यूनाइटेड लिवरेसन मिलिसिया अफ आसाम उल्मा
इस्लामिक लिवरेसन आर्मी अफ आसाम इला
मुस्लिम भोलेन्टियर फोस्र एमभीएफ
मुस्लिम लिबरेसन आर्मी मला
मुस्लिम सेक्यूरिटी फोस्र एमएसएफ
इस्लामिक सेवक संघ आईएसएस
इस्लामिक यूनाइटेड रिफर्मेसन प्रोटेस्ट अफ इन्डिया आईयूआरपीआई
रिभोलुसनरी मुस्लिम कमान्डोज् आरएमसी
मुस्लिम टाइगर फोस्र एमटीएफ
पिपल्स यूनाइटेड लिवरेसन प्रुन्ट पुल्फ
आदम सेना एएस
हर्कत उल मुजाहिद्धिन
हर्कत उल जेहाद
तमील नेशनल रिटि्रभल ट्रुप्स
अखिल भारत नेपाली एकता समाज
तमिलनाडु लिबरेसन आर्मी
लिबरेसन टाइगर अफ तमिल इलम एलटीटीई
रणबीर सेना


जम्मू-कश्मीर
लस्कर ए ओमार लियो
हिज्बुल मुजाहिद्धिन एचएम
लस्कर-ए-तोएवा
जैस ए मोहम्मद
हर्कत उल अन्सार अल बदर
जमाइत उल मुजाहिद्धिन जुम
लस्कर ए जबर लेज
हर्कत उल जेहाद इस्लामी अल बर्क
तेहरिक उल मुजाहिद्धिन अल जेहाद
जम्मू-कश्मीर नेश्नल लिबरेसन आर्मी
पिपल्स लिग
मुस्लिम जंगबाज फोस्र
कश्मीर जेहाद फोस्र
अल जेहाद फोस्र
अल उमर मुजाहिद्धिन
महज ए आजादी
इस्लामी जमाते टुल्बा
जम्मू-कश्मीर स्टुडेन्ट लिवरेसन प्रुन्ट
इखवान उल मुजाहिद्धिन
इस्लामी स्टुडेन्ट लिग
तेहरिक ए हर्रियत ए कश्मीर
तेहरिक ए निफाज ए फिकर जफारी
अल मुस्तफा लिवरेसन फाइटस्र
तेहरिक ए जेहाद ए इस्लामी
मुस्लिम मुजाहिद्धिन
अल मुजाहिद फोस्र
तेहरिक ए जेहाद
इस्लामी इन्क्लाबी महज
मुत्ताहिद जेहाद काउ_िन्सल एमजेसी
जम्मू-कश्मीर लिवरेसन प्रुन्ट जेकेएलएफ
अल पार्टी हुर्रियत कन्प्रुेन्स एपीएचसी
दुखतरान ए मिलट डीईएम


मणिपुर
यूनाइटेड नेश्नल लिवरेसन प्रुन्ट यूएनएलएफ
पिपल्स लिवरेसन आर्मी पीएलए
दि मनिपुर लिवरेसन प्रुन्ट एमपीएलएफ
कांगेलिपक कम्यूनिष्ट पार्टी केसीपी
कांगेली यावल कन्न्ालुप केवाईकेएल
मणिपुर लिवरेसन टाइगर आर्मी मल्टा
आइरिपाक कन्बा लुप आईकेएल
पिपल्स रिपब्लिक आर्मी पीआरए
कांगेलिपक काङ्गबा कांगलुप केकेके
कांगेलिपक लिवरेसन अर्गनाइजेसन केएलओ
रिभोलुसनरी जोइन्ट कमिटि आरजेसीलगायत ३९ वटा


मेघालय
हाइनीत्रेप नेशनल लिबरेसन काउ_िन्सल एचएनएलसी
अचिक नेशनल भोलेन्टियर काउ_िन्सल एएनभीसी
पिपुल लिबरेसन प्रुन्ट अफ मेघालय पीएलईएम
हाजोङ यूनाइटेड लिबरेसन आर्मी हुला


नागालैण्ड
नेश्नल सोसलिष्ट काउ_िन्सल अफ नागालैण्ड एनएससीएन-आईएम
नेश्नल सोसलिष्ट काउ_िन्सल अफ नागालैण्ड एनएससीएन-के
नागा नेश्नल काउ_िन्सल एनएनसी


पाजाब
बबर खाल्सा इन्टरनेशनल बीकेआई
खालिस्तान जिन्दावाद फोस्र केजेडएफ
इन्टरनेशनल सिख यूथ फेडरेसन आईएसवाईएफ
खालिस्तान कमाण्डो फोस्र केसीएफ
अल इन्डिया सिख स्टुडेन्ट फेडरेसन एआईएसएसएफ
भीन्डरवाला टाइगर फोस्र अफ खालिस्तान बीटीएफके
खालिस्तान लिबरेसन आर्मी केएलए
खालिस्तान लिबरेसन प्रुन्ट केएलएफ
खालिस्तान आम्र्ड फोस्र केएएफ
देशमेश रेजिमेन्ट
खालिस्तान लिबरेसन अर्गनाइजेसन केएलओ
खालिस्तान नेशनल आर्मी केएनए


त्रिपुरा
नेशनल लिबरेसन प्रुन्ट अफ त्रिपुरा एनएलएफटी
अल त्रिपुरा टाइगर फोस्र एटीटीएफ
त्रिपुरा लिबरेसन अर्गनाइजेसन प्रुन्ट टीएलओएफ
यूनाइटेड बेंगाली लिबरेसन प्रुन्ट यूबीएलएफ
त्रिपुरा टि्रबल भोलेन्टियर फोस्र टीटीभीएफ
त्रिपुरा अम्र्ड टि्रबल कमान्डो फोस्र टीएटीसीएफ
त्रिपुरा टि्रबल डेमोक्रेटिक फोस्र टीटीडीएफ
त्रिपुरा टि्रबल यूथ फोस्र टीटीवाईएफ
त्रिपुरा लिबरेसन फोस्र टीएलएफ
त्रिपुरा डिफेन्स फोस्र टीडीएफ
अल त्रिपुरा भोलेन्टियर फोस्र एटीभीएफ
टि्रबल कमान्डो फोस्र टीसीएफ
त्रिपुरा टि्रबल यूथ फोस्र टीटीवाईएफ
अल त्रिपुरा भारत सुरक्षा फोस्र एटीबीएसएफ
त्रिपुरा टि्रबल एक्सन कमिटी फोस्र टीटीएसीएफ
सोसलिस्ट डेमोक्रेटिक प्रुन्ट अफ त्रिपुरा एसडीएफटी
अल त्रिपुरा नेश्नल फोस्र एटीएनएफ
त्रिपुरा टि्रबल सेन्ग्क्राक फोस्र टीटीएसएफ
टाइगर कमान्डो फोस्र टीसीएफ
त्रिपुरा मुक्ति पुलिस टीएमएफ
त्रिपुरा राज्य रक्षा बाहिनी टीआरआरबी
त्रिपुरा स्टेट भोलेन्टियस्र टीएसभी
त्रिपुरा नेशनल डेमोक्रेटिक टि्रबल फोस्र टीएनडिटीएफ
नेशनल मिलिसिया अफ त्रिपुरा एनएमटी
अल त्रिपुरा बंगाली रेजिमेन्ट एटीबीआर
बंगला मुक्ति सेना बीएमएस
अल त्रिपुरा लिबरेसन अर्गनाइजेसन एटीएलओ
त्रिपुरा नेशनल आर्मी टीएनए
बोरोक नेशनल काउ_िन्सल अफ त्रिपुरा बीएनसीटी


मिजोरम
ब्रु नेशनल लिबरेसन प्रुन्ट
हमार पिपुल्स कन्भेन्सन-डमोक्रेटिक एचपीसी-डी


अरुणाचल प्रदेश÷बिहार÷झारखण्ड÷उप्र
उल्फा
अरुणाचल ड्रयागन फोस्र
भारतका बामपन्थी सशस्त्र समूह
पिपुल्स गुरिल्ला आर्मी
पिपुल्स वार ग्रुप
माओइस्ट कम्यूनिष्ट सेन्टर
कम्यूनिस्ट पार्टी अफ इन्डिया-माओइस्ट
कम्यूनिस्ट पार्टी अफ इन्डिया-माले जनशक्ति



पाकिस्तान
अल कायदा
लस्कर ए तोएवा
सिपा ए सहबा पाकिस्तान एसएसपी
तहेरेक ए जफरिया पाकिस्तान टीजेएफ
तहेरिक ए नजाफ ए मोहमदी
लस्कर ए जंगबी लेज
सिपा ए मोहम्मद पाकिस्तान
जमात उल फुक्र
नदिम कमान्डो
पपुलर प्रुन्ट फर आम्र्ड रेसिस्टेन्ट
मुस्लिम यूनाइटेड आर्मी
हर्कत उल मुजाहिद्धिन अल अलामी
ट्रन्स नेशनल अर्गनाइजेसन
हिजब उल मुजाहिद्धिन
हर्कत उल मुजाहिद्धिन
जैस ए मोहम्मद मुजाहिद्धिन ई तन्जिम
हर्कत उल अन्सार अल बदर
जमाइत उल मुजाहिद्धिन
लस्कर ए जबर
हर्कत उल जेहाद ई इस्लामी
मुत्ताहिदा जेहाद काउ_िन्सल अल बर्क
तेहरिक उल मुजाहिद्धिन अल जेहाद
जम्मू-काश्मीर नेशनल लिबरेसन आर्मी
पिपुल्स लिग
मुस्लिम जाँबाज फोस्र
काश्मीर जेहाद फोस्र
अल जेहाद फोस्र एकीकृत भएर
अल उमर मुजाहिद्धिन
महज ए आजादी
इस्लामी जमात ए तुल्वा
जम्मू-कश्मीर स्टुडेन्ट लिबरेसन प्रुन्ट
इख्वान उल मुजाहिद्धिन
इस्लामिक स्टुडेन्ट लिग
तेहरिक ए हर्रियत ए कश्मीर
तेहरिक ए निजाफ ए फिकर जाफरिया
अल मुस्तफा लिबरेसन फाइटर
तेहरिक ए जेहाद ए इस्लामी
मुस्लिम मुजाहिद्धिन
अल मुजाहिद फोस्र
तेहरिक ए जेहाद
इस्लामी इन्क्लाबी महज
अल रसिद ट्रस्ट
अल अख्तर ट्रस्ट
रबिता ट्रस्ट
उम्माह तमीर ए नाउ
बालुच पिपल्स लिबरेसन प्रुन्ट
बालुच स्टूडेन्ट अर्गनाइजेसन

अफगानिस्तान
अलकायदा
तालिवान
हिज्ब ई इस्लामी गुल्बुद्धिन

श्रीलंका
लिबरेसन टाइगस्र अफ तमिल इलम लिट्टे
पिपल्स लिबरेसन अर्गनाइजेसन अफ तमील इलम
तमील इलम लिबरेसन अर्गनाइजेसन
इलम पिपल्स रिभोलुसनरी लिबरेसन प्रुन्ट
तमील इलम आर्मी
तमिल इलम लिबरेसन आर्मी
तमिल इलम लिबरेसन एक्ट्रीमिस्ट
तमिल इलम रिभोलुसनरी अर्गनाइजेसन
तमिल इलम रिभोलुसनरी पिपल्स लिबरेसन आर्मी
रेड प्रुन्ट अफ तमिल इलमिस्ट
तमिल इलम लिबरेसन गुरिल्ला
नेशनल लिबरेसन प्रुन्ट अफ तमिल इलम
लंकाई पि्रुडम तमिल आर्मी
तमिल इलम डिफेन्स प्रुन्ट
तमिल इलम नेशनल आर्मी
तमिल पिपल्स सेक्यूरिटी अर्गनाइजेसन
तमिल पिपल्स सेक्यूरिटी प्रुन्ट
तमिल इलम कमान्डो
तमिल इलम लिबरेसन प्रुन्ट
तमिल इलम इगल्स प्रुन्ट
रिभोलुसनरी वरियस्र
गुरिल्ला आर्मी अफ तमिल इलम
रेड गुरिल्ला
इगल मुभमेन्ट
सोसलिस्ट रिभोलुसनरी सोसल लिबरेसन
तमिल इलम ब्लड मुभमेन्ट
तमिल पिपल्स कमान्ड यूनिट
इलम लिबरेसन टाइगर
इलम लिबरेसन डिफेन्स प्रुन्ट
रिभोलुसनरी इलम लिबरेसन अर्गनाइजेसन
तमिल इलम सेक्यूरिटी सर्भिस
पिपल्स लिबरेसन पार्टी
तमिल पिपल्स डेमोक्रेटिक प्रुन्ट
तमिल इलम लिबरेसन कोब्राज्
थ्री स्टार
इलम नेशनल डेमोक्रेटिक लिबरेसन प्रुन्ट

No comments:

Post a Comment