Monday, March 30, 2009

दौरा-सुरुवाल जोगाउन शिखरतिर




मोहन ढुंगेल

पोहोर साल रहरै-रहरमा लाक्पाले दौरा-सुरुवाल लगाएर सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमे । उनको सो सफलताले उनलाई लोकतान्त्रिक गणतान्त्रिक नेपालमा राष्ट्रिय पोसाक लगाएर सगरमाथाको सफल आराहण गर्ने पहिलो नागरिकको उपाधि पनि दिलायो । तर यसपटक भने उनले दौरा-सुरुवाल जोगाउन विशेष अभियान नै थालेका छन् ।
४१ वर्षीय लाक्पा रंडु शेर्पाको सो अभियान बिहीबारबाटै सुरु भएको छ । बिहीबार नै दौरा-सुरुवालमा ठाँटिएर उनी जन्मघर सोलु हानिए । यसपटक भने एकै सिजनमा दौरा-सुरुवालमा दुईपटक सगरमाथाको शिखर आरोहण गरेर नयाँ कीर्तिमान बनाउने उनको लक्ष्य छ । दुई छोरा र एक छोरीका पिता लाक्पाले राजधानीसँग भने ुनेपाली राष्ट्रिय पोसाक लोप हुन लाग्यो त्यसैले दौरा-सुरुवाल जोगाउने अभियान मनमा आयो ।ु
सोलुखुम्बुको सोताङ-६ तालाखर्कामा जन्मिएका लाक्पालाई उपराष्ट्रपति परमानन्द झाले शपथ लिँदा दौरा-सुरुवाल नलगाएकोमा त्यति नै बेला दिक्क लागेको थियो । उनले त्यसबेला उपराष्ट्रपतिविरुद्धको अभियानलाई आफ्नो तहबाट साथ पनि दिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले दौरा-सुरुवाल नलगाई शपथ लिए । उनको असन्तोष झनै चुलियो ।
ुहुँदा-हुँदा दौरा-सुरुवाललाई राष्ट्रिय पहिचान बनाउने कार्यमा सहयोगी बन्दै आएको नेपालको राजघरानाले समेत त्यो पहिरन त्यागेको देखियोु केही साताअघि भारतको निजी भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्रप्रति लक्षित उनको टिप्पणी थियो । पूर्वराजा टाइसुटमा ठाँटिएर भारततर्फ गएको तस्बिर पत्रपत्रिकामा छापिएको देखेपछि लाक्पाको मन झनै कुँडिएर आयो रे †
ुअब चाहिँ राष्ट्रिय पोसाक जोगाउने काम हाम्रै पो हो कि जस्तो भयोु सगरमाथा जाने अघिल्लो दिन बुधबार उनले भने ुत्यसैले त्यही दिनदेखि मैले अठोट गरेँ सगरमाथालाई जितेँ भने दौरा-सुरुवालमै फर्कन्छु हारेँ भनेँ दौरा-सुरुवालमै निदाउँछु ।ु
आफ्नो अभियान साचालन गर्नका लागि उनले करिब चार हजार रुपैयाँ तिरेर सेतो रंगको दौरा-सुरुवाल र कालो इस्टकोटसमेत सिलाइसकेका छन् । नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल र भादगाउँले टोपी लगाएर यसपटक अधिकतम २४ घन्टा ४५ मिनेटमा चुचुरोमा पुग्ने उनको लक्ष्य छ । ुसाथमा राष्ट्रिय झन्डा त छँदै छु उनले भने । राष्ट्रिय झन्डा पनि साथै लैजानुपर्ने कारण खोल्दै उनले थपे ुसुन्दै छु झन्डा फेर्ने तयारी पनि कताकति हुँदै छ रे † चन्द्र सूर्य अंकित अहिलेको जस्तो राम्रो झन्डा अरु हुनै सक्दैन ।ु
दौरा-सुरुवाल र नेपाली टोपी लगाएर तीनपटक सगरमाथाको सफल आरोहण गरेर स्पिड काजीको कीर्तिमानसमेत भंग हुने दाबी उनको छ । स्पिड काजीले एकपटक मात्र दौरा-सुरुवाल लगाएर सगरमाथा आरोहण गरेका थिए ।
पहिलोपटक विदेशी आरोहीलाई चुचुरोमा पुर् याएर फर्काइसकेपछि उनले दोस्रो आरोहण गर्नेछन् । २४ घन्टा ४५ मिनेटको दोस्रो आरोहणलाई उनले दुई भागमा बाँडेका छन् । पहिलो भागअन्तर्गत आधार शिविरबाट चुचुरोसम्म पुग्न लाक्पाले १७ घन्टा छुट्टुएका छन् भने त्यहाँबाट पुनः आधार शिविर आइपुग्न सात घन्टा १५ मिनेट लगाउने लक्ष्य राखेका छन् । यो समयभित्र शिखरमा ३० मिनेट बिताउने योजना पनि उनको छ ।

No comments:

Post a Comment